सामाजिक उत्तरदायित्वका कार्यक्रममा सहकारी, विद्यालय तहमा लागुऔषध दुर्व्यसनी सम्बन्धी सचेतना 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सामाजिक उत्तरदायित्वका कार्यक्रममा सहकारी, विद्यालय तहमा लागुऔषध दुर्व्यसनी  सम्बन्धी सचेतना 

दाङ । जनसेवा बचत तथा ऋण सहकारी संस्था लि.ले पछिल्लो समय दाङमा लागू औषधको सेवन तथा ओसारपसार बढ्दै गएपछि विद्यार्थीलाई कुलतबाट जोगाउन ‘लागूऔषध दुर्व्यसनी सम्बन्धी चेतनामूलक कार्यक्रम’ सञ्चालन गरेको छ । साकोसले तुलसीपुर ७ मा रहेको माध्यमिक विद्यालय कालाखोलामा सचेतनामूलक कार्यक्रम गरेको हो । कार्यक्रममा साकोसका अध्यक्ष जीवन भण्डारीको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिका वडा नं.७ का वडा अध्यक्ष रामबहादुर जिसीको प्रमुख आतिथ्यता रहेको थियो । दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रममा जोखिम क्षेत्रका विद्यालयमा पुगेर प्रहरीले विद्यालयमा अध्ययनरत छात्र, छात्रा र शिक्षक शिक्षिकालाई लागु औषधबाट हुने हानी र त्यसका असरबारे जानकारी गराएर सचेत पार्ने कार्य शुरु गरिएको वडा अध्यक्ष जिसीले बताउनुभयो । 

सो कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोद खत्रीले कक्षा ११ र १२ मा अध्ययनरत छात्रछात्रा र शिक्षकहरुलाई लागूऔषध दुर्व्यसन रोकथाम तथा नियन्त्रण सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । उहाँले विद्यार्थी र यूवाले लागु औषधको कुलतबाट बच्नुका साथै कतै कसैले सो प्रयोग गरेको वा ओसारपसार गरेको बारे केही जानकारी हुने बित्तिकै प्रहरीलाई जानकारी गराउन पनि आग्रह गर्नुभयो ।

कक्षा ११ र १२ का ५५ जना विद्यार्थीको सहभागिता रहेको सो कार्यक्रममा सहभागी अधिकांश छात्रछात्राले लागू औषधबाट जोगिने प्रतिबद्धता जनाउँदै अरुलाई पनि सो कुलतमा लाग्न नदिने प्रतिबद्धता जनाएको पूर्व प्रहरी निरीक्षक रामबहादुर जिसीले बताउनुभयो ।

यूवा तथा खेलकुद उप–समितिका संयोजक टेकप्रसाद भुसालको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण संस्थाका सचिव दीपक केसीले गर्नुभएको थियो ।

भर्खरै
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

८ मिनेट अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

लोकप्रिय
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

८ मिनेट अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१५ दिन अगाडि

पाठकबाट थप