अकूका प्रमुख प्राविधिक अधिकृत हिताराचीलाई एफ डब्लु राईफाइसन अवार्ड हस्तान्तरण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अकूका प्रमुख प्राविधिक अधिकृत हिताराचीलाई एफ डब्लु राईफाइसन अवार्ड हस्तान्तरण

काठमाडौं । एशियाली ऋण महासंघका प्रमुख प्राविधिक अधिकृत रञ्जित हिताराचीलाई आज नेफ्स्कून राइफाईसन क्रेडिट युनियन पुरस्कार हस्तान्तरण गरिएको छ । काठमाडौंमा आज शुरु भएको नेफ्स्कून लिडर्स कन्सल्टेसन मिटिङका अवसरमा संघका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले हिताराचीलाई उक्त अवार्ड हस्तान्तरण गर्नुभएको हो । नेपालको बचत तथा ऋण सहकारी अभियानको विकास, पर्वद्धन, व्यावसायिकरण, सञ्जालीकरणमा हिताराचीले पुर्याएको योगदानको करद गर्दै संघले उक्त सम्मानबाट पुरस्कृत गर्ने घोषणा गरेको थियो ।

पुरस्कार ग्रहण गर्दै अकूका प्रमुख प्राविधिक अधिकृत हिताराचीले विश्व क्रेडिट युनियनका अग्रणी व्यक्तित्वका रुपमा परिचित एफ डब्लु राईफाइसनको नाममा नेफ्स्कूनले स्थापित गरेको अवार्डबाट सम्मानित हुन पाउँदा आफुलाई अत्यन्त गर्भ लागेको बताउनुभयो । एशियाली ऋण महासंघमा भएकै कारण आज यो अवार्डको लायक भएकोमा खुसि व्यक्त गर्नुभयो । सन् १८१८ मा जर्मनीको ह्याममा जन्मनुभएका राइफाइसनलाई बचत ऋण सहकारी अभियानका पिताको रुपमा चिनिन्छ । नेफ्स्कूनले लामो समयदेखि राईफाइसन पुरस्कार स्थापन गरि प्रत्येक बर्ष क्रेडिट युनियनमा योगदान गर्ने राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संस्था र व्यक्तिलाई सम्मान गर्दै आइरहेको छ ।

नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले बचत ऋण सहकारी अभियानमा लाग्दाको समयमा एफ डब्लु राईफाइसनको बारेमा हिताराचीले सोधेको विषय नबुझेको प्रशङ्ग उल्लेख गर्दै आज उहाँलाई नै नेफ्स्कूबाट यो अवार्डले सम्मान गर्न पाउँदा गर्व लागेको बताउनुभयो ।  

नेफ्स्कूनको २०८१ साउन ३२ गते ३७औं स्थापना दिवसका अवसरमा साकोस अभियानको श्रीवृद्धिमा योगदान पुर्याउने व्यक्तित्वहरुसँगै उत्कृष्ट कार्यसम्पादन गर्ने विभिन्न व्यक्ति एवम् राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संस्थाहरुलाई सम्मान पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो । यसरी घोषित सम्मान पुरस्कार संघको वार्षिक साधारणसभामा प्रदान गर्ने प्रचलन छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप