नेफ्स्कून एशियाली स्तरको ब्राण्डिङ कार्यक्रम एक्सेसमा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून एशियाली स्तरको ब्राण्डिङ कार्यक्रम एक्सेसमा आबद्ध

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) एशियाली स्तरको गुणस्तर सुनिश्चितताको कार्यक्रम एक्सेसमा आवद्ध भएको छ । एशियाली ऋण महासंघकी प्रमुख कार्यकारी अधिकृत एलिनिता भि स्यान रोके (लेनी) र नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले आज एक कार्यक्रमकाबिच एक्सेस आबद्धता सम्बन्धी सम्झौतापत्र (MOU) मा हस्ताक्षर गर्नुभएको छ । 

सम्झौतापत्रमा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी र अकूका प्रमुख प्राविधिक अधिकृत रञ्जित हिताराचीले समेत हस्ताक्षर गर्नुभएको छ ।

अकू को प्राविधिक सहजीकरणमा संघमा आबद्ध सदस्य संस्थाहरुलाई क्वालिटी एसुरेन्सको कार्यक्रममा आबद्धता गराउँदै आएको संघले आफू स्वयं स्वनियमनमा रहन एक्सेस कार्यक्रमको आवद्धतालाई अगाडि बढाएको हो । 

एमओयु कार्यक्रममा संम्वोधन गर्दै संघका बरिष्ठ उपाध्यक्ष अधिकारीले नेफ्स्कून एशियाली ऋण महासंघको सुपरभिजनमा छ, संघका आफ्नै वित्तिय मापदण्डहरु छन्, त्यसको पालनामा संघ सँधै कटिबद्ध छ भन्ने विषयलाई आबद्धताले थप पुष्टी गरेको बताउनुभयो । अकूको सिइओ लेनी र रञ्जित लगायत सिङ्गो एशियाली ऋण महासंघबाट संघको वित्तीय मापदण्ड पालनामा अझ बढी रणनीतिक सुझावहरुको अपेक्षा गर्दै नेफ्स्कूनको ब्राण्ड विकासमा थप योगदान पुर्याउनुहुन अनुरोध गर्नुभयो ।  

अकूकी प्रमुख कार्यकारी अधिकृत लेनीले एक्सेस ब्राडिङ कार्यक्रममा सहभागी हुनु  नेफ्स्कूनको महत्वपूर्ण कदम रहेको बताउनुभयो । “साहसपूर्ण रुपमा नेफ्स्कूनले काम गरोस् भन्ने इच्छा जाहेर गर्दै समय ठूलो कुरा होइन, नेफ्स्कून सबल बन्ने कुरा सबैभन्दा महत्वपूर्ण हो, उहाँले भन्नुभयो ।” ब्राण्डिङ कार्यक्रममा आबद्ध भएकोमा उहाँले सम्पूर्ण नेफ्स्कून परिवारलाई बधाई दिनुभयो । 

नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले संघले गरेका महत्वपूर्ण कार्य प्रारम्भिक साकोसम्म उदाहरणीय बन्ने हुँदा संघ र प्रारम्भिक साकोससम्मलाई सबल बनाउने जिम्मेवारी कर्मचारीको हातमा रहेको बताउनुभयो । संघको सवलताका लागि एक्सेस आबद्धताले महत्वपूर्ण रंग भरेको छ, यो हामी पूर्ण गछौं नै, त्यसमा कर्मचारीहरुको साथ सहयोग आवश्यक हुन्छ भन्दै कर्मचारीहरुलाई कार्यसम्पादन सबलताका लागि उत्प्रेरित गर्नुभयो ।  

एक्सेस ब्राण्डिङ बचत तथा ऋण सहकारीहरुमा स्वःनियमन मार्फत गुणस्तर कायम गर्न अकूद्वारा विकास गरिएको गुणस्तर सुनिश्चितता एवं अन्तर्राष्ट्रिय प्रतिकीकरण कार्यक्रम हो । अकूको प्राविधिक सहजीकरणमा नेफ्स्कूनले वि.सं.२०६३ सालदेखि नेपालमा साकोसको गुणस्तर विकासका लागि प्रयोगमा ल्याएको हो । हाल देशभरबाट ७३ बचत तथा ऋण सहकारी संस्थाहरु एक्सेस कार्यक्रममा आबद्ध छन् ।  

भर्खरै
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

वारा स्थित उपलब्धी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
वारा स्थित उपलब्धी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

५ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

४ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

पाठकबाट थप