सहयात्री साकोस गुणस्तर सुनिश्चितता सम्बन्धी ’प्रोबेसन’ कार्यक्रममा आवद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहयात्री साकोस गुणस्तर सुनिश्चितता सम्बन्धी ’प्रोबेसन’ कार्यक्रममा आवद्ध

काठमाडौं । सहयात्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड गुणस्तर सुनिश्चितता सम्बन्धी प्रोबेसन कार्यक्रममा आवद्ध भएको छ । आज विहान संस्थामा आयोजित एक कार्यक्रमबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सहयात्री  साकोसको प्रनिधित्व गदै नेफ्स्कूनको सञ्चालक समिति सदस्यमा रहनुभएका खेम सुवेदी साकोसको अध्यक्ष हुनुहुन्छ ।

नेफ्स्कूनलाई प्राविधिक परामर्श प्रदान गर्न गत केही दिनदेखि निरन्तर नेफ्स्कूनसँगको कार्यक्रममा रहनुभएका एशियाली ऋण महासंघका सिइओ लेनी र प्रमुख प्राविधिक अधिकृत रञ्जित हिताराची सहित संघका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापाकोटा, नेफ्स्कूनका सञ्चालक एवं साकोसका अध्यक्ष खेम सुवदी, संघका विभागीय प्रमुख दुर्गा प्रसाद ढकाल, बरिष्ठ कार्यक्रम अधिकृत भरत न्यौपाने, साकोसका व्यवस्थापक जुना डाँगी सहित साकोस व्यवस्थापन कर्मचारीहरुको उपस्थितिकाबिच कार्यक्रम सम्झौता भएको थियो ।

क्वालिटी एसुरेन्स कार्यक्रम मार्फत साकोसको बृद्धि विकास गरि सबल र दिगो साकोस अभियान निर्माणका लागि नेफ्स्कूनको बोर्ड प्रतिनिधित्व गर्ने सम्पूर्ण सञ्चालक आबद्ध साकोसलाई अनिवार्य रुपमा कार्यक्रममा जोडिन बोर्ड परामर्श बैठकका अवसरमा बुधबार अकू प्राविधिक टीमले विशेष अनुरोध समेत गरेको थियो ।  

अकूकी सिइओ लेनीले प्रोवेसन स्तरको क्वालिटी एसुरेन्स कार्यक्रममा जोडिएर बलियो साकोस निर्माणको काममा अगाडि बढेको प्रति खुसी व्यक्त गर्दै साकोस र सम्पूर्ण सञ्चालक तथा कर्मचारी परिवारमा बधाई ज्ञापन गर्नुभएको थियो । 

पहिलोपटक साकोसको भिजिटमा पुग्नुभएका अकूका सिईओ र प्रमुख प्राविधिक अधिकृतलाई अध्यक्ष सुवेदी र कर्मचारीहरुले स्वागत तथा सम्मानभाव प्रकट गर्नुभएको थियो । 

नियमित अनुगमन तथा सुपरिवेक्षणमार्फत संस्थाको वित्तीय स्वास्थ्य सबल बनाउँदै संस्थागत विकास गर्न प्रोबेसन कार्यक्रममा सहभागी भएको अध्यक्ष सुवेदीले जानकारी गराउनुभयो । करिब ३५ करोडको कुल कारोबार गरिरहेको साकोसले ४ हजार ४ सय २० भन्दा बढी सदस्यहरुमा वित्तीय सेवा उपलब्ध गराईरहेको छ । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१ दिन अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

३ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

३ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

९ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१६ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप