‘सहकारी क्षेत्रलाई उदाहरणीय बनाउने प्रयासमा सरकार लागेको छ’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘सहकारी क्षेत्रलाई उदाहरणीय बनाउने प्रयासमा सरकार लागेको छ’

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले नेपालमा सहकारीको सन्तुलन र नियन्त्रण मिलाउनुपर्ने देखिएकोले सहकारी नियम कानुनमा अध्यादेश मार्फत परिवर्तनको बाटो तय भएको बताउनुभयो । नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीको नेतृत्वमा एशियाली ऋण महासंघको प्राविधिक टीम सहित मन्त्रालयमा आयोजित संक्षिप्त छलफल कार्यक्रमका अवसरमा मन्त्री अधिकारीले सहकारीको विकासक्रमलाई हेर्दा स्थानीय आवश्यकता, अन्तर्राष्ट्रिय अनुभव र सरकारले बनाएको सोचको आधारमा नयाँ किसिमबाट अगाडि बढ्नुपरेको हुँदा कानुन परिवर्तनमा विद्यमान परिस्थिति सृजना भएको स्पष्ट पार्नुभयो । हिजो र आजको अवस्थामा केहि परिवर्तन अवश्य भएको छ, परिवर्तन ल्याउँदा असहज र अप्ठ्याराहरु आउनु स्वभाविक हो । “विगतमा सहकारी स्वनियमनको आधारमा चल्ने निकाय हो भनेर यतिकै छोडिदिएका कारण अप्ठ्यारा परिणाम विकसित भए भन्ने विषयलाई सरकारले गम्भिरतापूर्वक हेरेको मात्र हो, उहाँले भन्नुभयो ।”  

सहकारी क्षेत्रका कतिपय विषयहरु बाह्य देशको तुलनामा राम्रा पनि छन् र कतिपय बाह्य देशबाट सिक्नुपर्ने पनि छन्, उहाँले भन्नुभयो । नियन्त्रण, सन्तुलन र कार्यान्वयन तीनवटै परिपाटीको विकास गर्नुको निम्ति सरकारले सुधार गर्नुपर्ने विषयलाई सुधारेर सहकारीलाई एउटा आधारस्तम्भको रुपमा सरकारले विकास गर्न खोजेको उहाँले बताउनुभयो । सहकारी वास्तवमा जनतासँग जोडिएको विषय हो, यसलाई व्यवस्थित गर्ने र बाह्य मुलुकलाई समेत नेपालले सहकारी क्षेत्रमा गरेको उपलब्धी उदाहरणीय बन्नुपर्छ भन्ने विषयमा परिणाम दिने गरि काम शुरु गरिसकेको उहाँले बताउनुभयो । त्यसमा एशियाली ऋण महासंघको अनुभव र अभ्यासलाई अनुसरण गरेर अझ परिष्कृत गर्दै कसरी लान सकिन्छ भन्ने विषयमा सक्रिय सहयोग र सुझावको अपेक्षा रहेने विश्वास उहाँले व्यक्त गर्नुभयो ।  

छलफलका क्रममा अकूका प्रमुख प्राविधिक अधिकृत रञ्जित हिताराचीले नेपालमा सेन्ट्रल फेडेरेसनको काम सदस्य साकोसहरुलाई तालिम, शिक्षा, सशक्तिकरण गर्ने र अन्तर्राष्ट्रिय सञ्जालसँग जोड्ने रहेको बताउनुभयो । साथै नेफ्स्कूनले २०५४ सालदेखि बचत तथा ऋण सहकारी संस्थाहरुलाई फेडेरेसनको नेटवर्कमा जोडेर सेन्ट्रल फाइनान्स फ्यासिलिटी सेवाको काम गरिरहेको समेत मन्त्रीसमक्ष जानकारी गराउनुभयो । नेफ्स्कूनले गरिरहेको काममा सुपरभिजन जरुरी थियो, नेपाल सरकारले सही समयमा नियमन प्राधिकरण गठन गरेको छ । यस मार्फत मोनिटरिङ गरेर नेफ्स्कूनलाई दिगो बनाएर लान सकिने विचार उहाँले व्यक्त गर्नुभयो । 

नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटाले एशियाली ऋण महासंघ (अकू) सँगको प्राविधिक सहजीकरणमा नेफ्स्कूनले साकोसहरुमा एक तहको क्वालिटी एसुरेन्सको कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गराउनुभयो । अकूको प्राविधिक टीमसँग बसेर गत ५ दिनदेखि नेफ्स्कूनले साकोसहरुमा प्रदान गर्ने अन्तरलगानी सेवाको स्तरमा बृद्धि, बोर्डको भूमिका, साकोसको गुणस्तर सुधार, बस्तु तथा सेवा विकासका उपकरणहरु निर्माण, एक्सेस ब्राण्ड विकास लगायतका विषयहरुमा बोर्ड, कर्मचारी र एक्सेस ब्राण्ड कार्यक्रममा सहभागी सिइओहरुसँग परामर्श गरि साकोसको सेवा विकास तथा गुणस्तर सुधारका लागि उपयुक्त सोलुसन निर्माणमा सहजीकरण गर्नुभएको जानकारी गराउनुभयो । 

कार्यक्रममा अकूकी सिइओ एलिनिता भि स्यान रोके (लेनी), नेफ्स्कूनका पूर्व अध्यक्ष एवं सल्लाहकार मिनराज कंडेल, कोषाध्यक्ष दिपक थापा लगायत सञ्चालक समिति र लेखा समिति सदस्यहरुको उपस्थिति थियो ।  


 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप