६८औं राष्ट्रिय सहकारी दिवसको थिम सार्वजनिक
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
६८औं राष्ट्रिय सहकारी दिवसको थिम सार्वजनिक

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ, नेपालले ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा ‘मर्यादित सहकारीः समुन्नत समाज’ भन्ने मूल थिम तय गरेको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले उक्त थिम सार्वजनिक गरेको हो । यस वर्षको थिमले सहकारी संस्थाहरूलाई पारदर्शिता, उत्तरदायित्व तथा सुशासनका आधारमा मर्यादित र अनुशासित रुपमा सञ्चालन गरी मुलुकको समुन्नत समाज निर्माणमा योगदान गर्नुपर्ने सन्देश दिने महासंघकी अध्यक्ष ओमदेवी मल्लले जानकारी गराउनुभयो ।
महासंघले मुलुकभरका सहकारी संघ/संस्थाहरू, सरोकारवालाहरू तथा सम्पूर्ण सहकारी अभियन्ताहरूलाई ६८औं राष्ट्रिय सहकारी दिवसमा तय गरिएको थिममा आधारित रहेर भव्य रूपमा मनाउन र बर्षभरिका क्रियाकलाप सम्पन्न गर्न समेत आह्वान गरेको छ ।

यस वर्षको राष्ट्रिय सहकारी दिवस विशेष रूपमा महत्वपूर्ण रहेको जनाइएको छ । अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ विश्वभर मनाइरहेको सन्दर्भमा महासंघले संघीय सरकारसँग सहकार्य गर्दै दिवसलाई भव्य र सन्देशमूलक रूपमा मनाउने योजना बनाएको जनाएको छ ।

वि.सं. २०१३ साल चैत २० गते नेपालमा सहकारी अभियानको औपचारिक थालनी भएको ऐतिहासिक दिनको स्मरण गर्दै प्रत्येक वर्ष चैत २० गते ‘राष्ट्रिय सहकारी दिवस’ मनाउने गरिन्छ । 

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
पाठकबाट थप