एशियाली ऋण महासंघको प्राविधिक टीमद्वारा चन्द्रागिरि साकोस अवलोकन 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एशियाली ऋण महासंघको प्राविधिक टीमद्वारा चन्द्रागिरि साकोस अवलोकन 

काठमाडौं । एशियाली ऋण महासंघ (अकू) की प्रमुख कार्यकारी अधिकृत एलिनिता भि स्यान रोके (लेनी), प्रमुख प्राविधिक अधिकृत रञ्जित हिताराची र नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा सहितको समुहले चैत्र १ गते, शुक्रबार चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थलगत अवलोकन गर्नुभएको छ । 

अवलोकन भ्रमणका क्रममा आयोजित संक्षिप्त अन्तरक्रिया कार्यक्रमका अवसरमा सहकारी अभियानको प्रवर्द्धन, संस्थाको सवलीकरण, दिगो सञ्जालीकरण र सदस्यहरुलाई आर्थिक रुपले कसरी सृद्धढ बनाउने भन्ने विषयमा छलफल भएको थियो । 

साकोसका अध्यक्ष शिवशंकर मानन्धरले स्वागत मन्तव्य व्यक्त गर्दै यस भ्रमणले चन्द्रागिरिको दिगो विकास र नेपालको साकोस अभियानलाई अझ बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले सहकारी मूल्य, सिद्धान्त तथा व्यवसायिक सञ्चालनलाई प्रभावकारी बनाउन अकू र नेफ्स्कूनको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । 

अकूकी प्रमुख कार्यकारी अधिकृत लेनीले बचत तथा ऋण सहकारी संस्थाहरुको सशक्तीकरणमा एशियाली ऋण महासंघको भूमिका महत्वपूर्ण रहने कुरा दोहोर्याउदै सहकारीहरु विचको सहकार्य, संस्थाको वित्तीय सुरक्षा र सदस्य केन्द्रीत सेवाले दिगो साकोस निर्माण र वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्ने कुरामा जोड दिनुभयो । त्यसैगरी अकूका प्रमुख प्राविधिक अधिकृत रञ्जित हितारचीले सहकारीहरुलाई प्राविधि मैत्री बनाउन आवश्यक कदमहरुको बारेमा आफ्नो धारणा राख्नुभएको थियो । 

नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले नेपालमा साकोस अभियानलाई थप प्रभावकारी बनाउन केन्द्रीय संघ र प्रारम्भिक संस्थाविचको सहकार्य प्रभावकारी हुनुपर्ने र चन्द्रागिरि साकोसलाई महत्वका साथ राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थाहरुले नियालीरहेको विचार व्यक्त गर्नुभयो । 

संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले संस्थाको गतिविधि योजना र प्राथमिकताहरुको बारेमा प्रस्तुतीकरण राख्दै चन्द्रागिरि साकोसले वित्तीय स्थिरता, सदस्यहरुको समुन्नती, सुशासन र समुदायको विकास अवको प्राथमिकताको क्षेत्र रहेको विषयमा प्रकाश पार्नुभएको थियो ।  लेखा सुपरिवेक्षण समितिको संयोजक भानु प्रकाश ढकालले अतिथिहरुलाई धन्यवाद ज्ञापन गर्दै अभियानलाई मजबुत बनाउन यस भ्रमण फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा सञ्चालक समितिका पदाधिकारी र उच्च व्यवस्थापनका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

अकूको प्राविधिक टीम गत फागुन २५ देखि चैत्र १ गतेसम्म नेपालको बचत ऋण सहकारी अभियान सबलीकरणका लागि परामर्श प्रदान गर्ने उद्देश्यसहित नेपाल आएका थिए । सो अवसरमा नेफ्स्कून, नेफ्स्कूनका कर्मचारी, बोर्ड, एक्सेसमा आबद्ध साकोसका सिइओसँग परामर्श वैठक सञ्चालन भएका थिए भने सहकारी मन्त्री र राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्षसँग पनि संक्षिप्त भेट तथा अन्तरक्रिया कार्यक्रम भएको थियो । अकू प्राविधिक टीमले काठमाडौंमा रहेको सहयात्री साकोसको पनि अवलोकन भ्रमण गरेको थियो ।  


लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप