सहकारीको नियमन तथा अनुगमन सम्बन्धमा अकू र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबिच  छलफल 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीको नियमन तथा अनुगमन सम्बन्धमा अकू र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबिच  छलफल 

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरण, नेफ्स्कून र एशियाली ऋण महासंघ (अकू) को प्राविधिक टीमबिच वित्तिय सहकारीहरुको नियमन र अनुगमन सम्बन्धी छलफल भएको छ ।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को संयोजनमा चैत्र १ गते, शुक्रबार राष्ट्रिय सहकारी नियमन प्राधिकरणको सभाहलमा आयोजित संक्षिप्त अन्तरक्रिया कार्यक्रममा प्राधिकरणका अध्यक्ष अर्जुन प्रसाद पोखरेलले अकूका प्रतिनिधिहरुलाई स्वागत गर्दै नेपालमा सहकारी क्षेत्रमा नयाँ परिवेश सिर्जना हुन लागेको सन्दर्भमा हामीसँग १२ हजार भन्दा बढि रहेको मुख्य रुमा वित्तिय कारोबार गर्ने सहकारीको नियमन र अनुगमन गर्नु चुनौति रहेको, यसका लागि प्राधिकरणले योजना र मापदण्डहरु बनाइरहेको अवस्थाबारे जानकारी गराउनुभयो । हामीसँग नियमनका लागि राष्ट्र बैंकको टिम हुनेछ भने अडिटका लागि हामीसँग सि।ए। हुनेछ, यसरी हामी बचत ऋणको कारोबार गर्ने सहकारीलाई सक्षम र विश्विसलो बनाउनका लागि काम गर्नेछौं, उहाँले भन्नुभयो । अध्यक्ष पोखरेलले प्राधिकरण नयाँ गठित संस्था हो,  हामीले सिक्नुपर्ने कुराहरु धेरै छन्, यसका लागि हामी अन्तर्राष्ट्रिय सम्बन्धमा रहने छौ । हामी निमयन र अनुगमनका लागि अन्तर्राष्ट्रिय मापदण्डहरु, प्राविधिक system र tools अपनाउने छौ र यसैको आधारमा निर्माण गर्नेछौ। यसका लागि ACCU सँग समन्वय गर्ने विचार व्यक्त गर्नुभयो ।   

छलफलका क्रममा अकूकी सिईओ लेनी र प्रमुख प्राविधिक अधिकृत रञ्जित हिताराचीले Asian Credit Union Cooperatives Regulator Alliance (ACCRA) मा नेपालले नेतृत्व पाएकोमा खुशी र शुमकामना व्यक्त गर्नुभयो। अव सहकारी नियमनका System डिजिटलमा जानुपर्छ । सहकारीले हरेक कारोबारहरु System मा अपडेट गर्नुपर्छ, त्यसको मुल्याङ्कन नियमनकारी निकायले गर्नुपर्ने विचार उहाँहरुले व्यक्त गर्नुभयो । अकूले नेपालको साकोस अभियालाई बिल्डअप गर्न विगत लामो समयदेखि नेफ्स्कूनसँग सहकार्य गर्दै आईरहेको बताउनुभयो । सेन्ट्रल  फेडेरेसन बलियो भएमात्रै बचत तथा ऋण सहकारी संस्था बलियो हुनेहुँदा प्राधिकरणले गर्ने अनुगमन तथा सुपरीवेक्षण प्रभावकारी रहनेमा आफूहरु विश्वस्त रहेको भन्दै प्राधिकरण गठनप्रति खुसी व्यक्त गर्नुभयो । उहाँहरुले नियमन र अनुगमनका Frame र System तयार गर्नका लागि प्राधिकरणलाई सहयोग गर्ने प्रतिवद्धता समेत जायर गर्नुभयो ।  

नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी र प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले नेफ्स्कून र आबद्ध सदस्य साकोसको गुणस्तर बृद्धिका लागि विगत लामो समयदेखि एशियाली ऋण महासंघ सँगको सहकार्यमा काम भइरहेको जानकारी गराउनुभयो । नेफ्स्कूनलाई फागुन २६ देखि २९ गतेसम्म लगातार अकूको प्राविधिक टीमले नेफ्स्कूनद्वारा साकोसहरुमा प्रदान गर्ने अन्तरलगानी सेवाको स्तरमा बृद्धि, बोर्डको भूमिका, साकोसको गुणस्तर सुधार, बस्तु तथा सेवा विकासका उपकरणहरु निर्माण, एक्सेस ब्राण्ड विकास लगायतका विषयहरुमा बोर्ड, कर्मचारी र एक्सेस ब्राण्ड कार्यक्रममा सहभागी सिइओहरुसँग परामर्श गरि साकोसको सेवा विकास तथा गुणस्तर सुधारका लागि उपयुक्त सोलुसन निर्माणमा परामर्श प्रदान भएको विषय स्पष्ट पार्नुभयो । 

प्राधिकरणका सचिव रविन ढकालले प्राधिकरणको संक्षिप्त जानकारी राख्नुभएको थियो भने छलफलमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सह सचिव तथा प्राधिकरणका सदस्य मदन कोइराला, नेफ्स्कूनका कोषाध्यक्ष दिपक थापा, सञ्चालक समिति सदस्यहरु र लेखा समिति सदस्य साथै प्राधिकरणका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

भर्खरै
साकोसको सुशासन र दिगोपनामा जोड, नेफ्स्कूनद्वारा स्थलगत अनुगमन
साकोसको सुशासन र दिगोपनामा जोड, नेफ्स्कूनद्वारा स्थलगत अनुगमन

२१ घण्टा अगाडि

सहकारी सुशासन सुदृढीकरणका लागि सिर्जना महिला साकोसमा नेफ्स्कूनको अनुगमन
सहकारी सुशासन सुदृढीकरणका लागि सिर्जना महिला साकोसमा नेफ्स्कूनको अनुगमन

२२ घण्टा अगाडि

सहकारी सुदृढीकरण अभियान अन्तर्गत प्यासिफिक साकोसको सुपरिवेक्षण
सहकारी सुदृढीकरण अभियान अन्तर्गत प्यासिफिक साकोसको सुपरिवेक्षण

२ दिन अगाडि

प्यूठान स्थित जुम्री बाँहाजोरी साकोसमा नेफ्स्कूनको स्थलगत सुपरीवेक्षण
प्यूठान स्थित जुम्री बाँहाजोरी साकोसमा नेफ्स्कूनको स्थलगत सुपरीवेक्षण

२ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

३ दिन अगाडि

२५ वर्षको यात्रा सम्झिँदै वीरेन्द्रनगर साकोसद्वारा स्मारिका विमोचन, योगदानकर्तालाई रजत सम्मान
२५ वर्षको यात्रा सम्झिँदै वीरेन्द्रनगर साकोसद्वारा स्मारिका विमोचन, योगदानकर्तालाई रजत सम्मान

३ दिन अगाडि

स्याङजा स्थित श्री देउराली साकोसको स्थलगत सुपरिवेक्षण 
स्याङजा स्थित श्री देउराली साकोसको स्थलगत सुपरिवेक्षण 

३ दिन अगाडि

महिला एकता साकोसमा नेफ्स्कूनको नियमित स्थलगत सुपरिवेक्षण
महिला एकता साकोसमा नेफ्स्कूनको नियमित स्थलगत सुपरिवेक्षण

३ दिन अगाडि

लोकप्रिय
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

३ दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

५ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

नेफ्स्कूनद्वारा महिला अभियान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा महिला अभियान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१३ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

१३ दिन अगाडि

साकोसको सुशासन र दिगोपनामा जोड, नेफ्स्कूनद्वारा स्थलगत अनुगमन
साकोसको सुशासन र दिगोपनामा जोड, नेफ्स्कूनद्वारा स्थलगत अनुगमन

२१ घण्टा अगाडि

चन्द्रागिरि साकोसद्वारा ६२ विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति, साइबर सुरक्षाबारे सचेतना
चन्द्रागिरि साकोसद्वारा ६२ विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति, साइबर सुरक्षाबारे सचेतना

१० दिन अगाडि

पाठकबाट थप