एकीकृत फ्रेण्डसिप साकोसले मनायो ३३औं स्थापना दिवस
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एकीकृत फ्रेण्डसिप साकोसले मनायो ३३औं स्थापना दिवस

दोलखा । जिरीमा सञ्चालित एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकरी संस्था लिमिटेडले ३३औं स्थापना दिवस आईतबार भव्य समारोहकाबिच सम्पन्न गरेको छ । साकोसका अध्यक्ष भूमिराज खड्काको अध्यक्षतामा आयोजित कार्यक्रममा नेफ्स्कूनका पूर्व अध्यक्ष एवं राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डि.बी. बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो ।

विशिष्ट आतिथिहरुमा जिल्ला समन्वय समिति दोलखाका उपाध्यक्ष दोर्जी शेर्पा, जिरी नगरपालिका उपप्रमुख कृष्णमाया बुढाथोकी, जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष देवीप्रसाद शर्मा फुयाल, दोलखा जिल्ला बचत संघका कोषाध्यक्ष पर्शुराम कार्की हुनुहुन्थ्यो । 

कार्यक्रममा जिल्ला सहकारी संघ दोलखाका महासचिव दिलबहादुर के.सी. लगायत विभिन्न सहकारीका अध्यक्ष, पदाधिकारी, प्रतिनिधि, जिरी न.पा का वडाअध्यक्षहरु, विभिन्न वित्तीय तथा विद्यालय, संघसंस्थाका प्रतिनिधिहरु, सल्लाहकारहरुरुको आतिथ्यता थियो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण रायक्षेत्रीले सञ्चालन गरेको कार्यक्रममा संस्थाको विगतदेखि वर्तमानसम्मको अवस्था र संस्थाले सञ्चालन गरेका विभिन्न क्रियाकलापहरुको बारेमा नायव प्रमुख कार्यकारी अधिकृत रामबहादुर खत्रीले प्रस्तुतीकरण गर्नुभएको थियो ।

स्थापना दिवसको अवसर पारेर फागुन २८ गते आयोजित अन्तर माध्यामिक विद्यालयस्तरीय सहकारी निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको थियो । उक्त प्रतियोगितामा चण्डेश्वरी मा.वि., उमाकुण्ड–४, प्रितिका आकाश सुनुवार प्रथम भएका थिए । त्यस्तै शारदा मा.वि., गोकुलगंगा–२, ठोसेकी रिया बस्नेत द्धितिय भएकी थिईन । जिरी मा.वि., जिरी–६ का मिन्टु शेर्पा तृतिय भएका थिए भने कास्थेम मा.वि., उमाकुण्ड–७, भुजीकी लक्ष्मी थापाले सान्त्वना स्थान हासिल गरेकी थिईन । विजेताहरुलाई समारोहमा नगदसहित पुरस्कार प्रदान गरिएको थियो ।

समारोहमा आ.व. २०८०/०८१ मा उत्कृष्ट नियमित बचतकर्ता, उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट कारोबारकर्ता, असल ऋणी, उच्चतम् प्रविधि प्रयोगकर्ता, उच्चतम शेयर खरिदकर्ता, उत्कृष्ट सुझावकर्ता जस्ता विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने सदस्यहरुलाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी मानबहादुर जिरेललाई पुरस्कृत समेत गरिएको थियो ।

संस्थाका कोषाध्यक्ष उद्धवकुमार कार्कीले स्वागतमन्तव्य, सल्लाहकार ईन्द्रबहादुर खड्काले सल्लाहकारको मन्तव्य र चारैजना विशिष्ट अतिथिहरुले सहकारीका विविध आयाममा चर्चा गर्दै संस्थाको स्थापना दिवसको शुभकामना मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि बस्नेतले संस्था स्थापनाकालमा संस्थापक अध्यक्ष स्व. गोकुलध्वज कार्कीसँगको सहकार्य स्मरण गर्दै संस्था दोलखा जिल्लाको सहकारी अभियानमा अग्रपंक्तिमा उभिन र सदस्यहरुलाई गुणस्तरीय सेवा दिन सफल भएकोमा गर्व अनुभव भएको भनाईसहित शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमका सभाध्यक्ष खड्काले धन्यवाद ज्ञापन गर्नुभएको थियो । स्थापना दिवसकै अवसर पारेर एम बैंकसँगको सहकार्यमा साकोसले सञ्चालन गरिरहेको मोबाईल एपमा क्युआर भुक्तानी अन्तर्गत नेपाल पे क्यूआर र स्मार्ट क्यूआर थप गरिएको थियो भने मिस्डकल बैकिंङ सेवा शुभारम्भ गरिएको थियो ।


 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप