तनहुँमा सहकारीहरुका लागि ऋण व्यवस्थापन तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
तनहुँमा सहकारीहरुका लागि ऋण व्यवस्थापन तालिम सञ्चालन

तनहुँ । भानु नगरपालिकाको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को प्राविधिक सहजीकरणमा तनहुँको भानु नगरपालिका क्षेत्राधिकार भित्रका सहकारीहरुका लागि ऋण व्यवस्थापन तालिम प्रदान गरिएको छ । तालिममा भानु नगरपालिकाको नियमन क्षेत्राधिकारभित्र सञ्चालित विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट व्यवस्थापक, ऋण अधिकृत, ऋण उपसमिति र सञ्चालकरु गरि २६ जनाको सहभागिता रहेको थियो । चैत्र ६ देखि ८ गतेसम्म सञ्चालित तीन दिवसीय तालिमको सहजीकरण नेफ्स्कूनका बरिष्ठ तालिम अधिकृत कोमलराज अधिकारीले गर्नुभएको थियो । तालिममा ऋण लगानीका सिद्धान्तहरु, ऋण लगानी प्रक्रिया, ऋण विश्लेषण (मुल्यांकन) विधि, धितो निरिक्षण गर्दा ध्यान दिनुपर्ने कुराहरु, सुरक्षित ऋण लगानीका आधारहरु, भाखा नाघेको ऋण व्यवस्थापन, ऋण असुलीको कानुनी प्रक्रिया लगायतका विषयमा सहजिकरण गरिएको थियो ।

तालिमको समापन भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले भर्नुभएको थियो । समापनका क्रममा सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत भण्डारीले अर्थतन्त्रको एउटा महत्वपूर्ण पिल्लरको रुपमा रहेको सहकारीले आफुले लगानी गर्ने पूँजी आयआर्जन गर्ने क्षेत्रमा लगानी गर्न सकियो भनेमात्र देशको अर्थतन्त्रमा सुधार ल्याउन सकिने बताउँदै संस्थाले उत्पादनमुलक क्षेत्रमा ऋण लगानी गर्नुपर्ने र सदस्यहरुको वचत संकलन गरी ऋण लगानी गर्ने भएको हुँदा सदस्यहरुको वचत सुरक्षाको लागि गुणस्तरिय ऋण लगानी गर्न यस तालिमबाट सिकेका कुराहरुलाई संस्थामा व्यवहारमा कार्यान्वयन गर्न समेत आग्रह गर्नुभएको थियो । 

तालिमको व्यवस्थापन भानु नगरपालिकाका सहकारी शाखा प्रमुख भगवति शर्माले गर्नुभएको थियो ।  

तालिमको समापन पश्चात सहभागीहरुले तालिम निकै महत्वपूर्ण र व्यवहारिक रहेको बताउनुभएको थियो । सहकारीबाट ऋण लगानी गर्दा अपनाउनु पर्ने प्रक्रियागत चरणहरुमा चुकेको विषय अवगत गराउँदै तालिमबाट साकोसले गरेको ऋण लगानी, लगानी नभएर वितरण भएको उहाँहरुले महशुुस गर्नुभएको थियो । तालिम पश्चात सहभागी व्यवस्थापक र अध्यक्षहरुले ऋण लगानी पूर्वको पर्याप्त विश्लेषण र प्रक्रियाहरु पुरागरेर मात्र लगानी गर्छौ भन्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो । 


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

९ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

११ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३३ दिन अगाडि

पाठकबाट थप