तनहुँ । भानु नगरपालिकाको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को प्राविधिक सहजीकरणमा तनहुँको भानु नगरपालिका क्षेत्राधिकार भित्रका सहकारीहरुका लागि ऋण व्यवस्थापन तालिम प्रदान गरिएको छ । तालिममा भानु नगरपालिकाको नियमन क्षेत्राधिकारभित्र सञ्चालित विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट व्यवस्थापक, ऋण अधिकृत, ऋण उपसमिति र सञ्चालकरु गरि २६ जनाको सहभागिता रहेको थियो । चैत्र ६ देखि ८ गतेसम्म सञ्चालित तीन दिवसीय तालिमको सहजीकरण नेफ्स्कूनका बरिष्ठ तालिम अधिकृत कोमलराज अधिकारीले गर्नुभएको थियो । तालिममा ऋण लगानीका सिद्धान्तहरु, ऋण लगानी प्रक्रिया, ऋण विश्लेषण (मुल्यांकन) विधि, धितो निरिक्षण गर्दा ध्यान दिनुपर्ने कुराहरु, सुरक्षित ऋण लगानीका आधारहरु, भाखा नाघेको ऋण व्यवस्थापन, ऋण असुलीको कानुनी प्रक्रिया लगायतका विषयमा सहजिकरण गरिएको थियो ।
तालिमको समापन भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले भर्नुभएको थियो । समापनका क्रममा सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत भण्डारीले अर्थतन्त्रको एउटा महत्वपूर्ण पिल्लरको रुपमा रहेको सहकारीले आफुले लगानी गर्ने पूँजी आयआर्जन गर्ने क्षेत्रमा लगानी गर्न सकियो भनेमात्र देशको अर्थतन्त्रमा सुधार ल्याउन सकिने बताउँदै संस्थाले उत्पादनमुलक क्षेत्रमा ऋण लगानी गर्नुपर्ने र सदस्यहरुको वचत संकलन गरी ऋण लगानी गर्ने भएको हुँदा सदस्यहरुको वचत सुरक्षाको लागि गुणस्तरिय ऋण लगानी गर्न यस तालिमबाट सिकेका कुराहरुलाई संस्थामा व्यवहारमा कार्यान्वयन गर्न समेत आग्रह गर्नुभएको थियो ।
तालिमको व्यवस्थापन भानु नगरपालिकाका सहकारी शाखा प्रमुख भगवति शर्माले गर्नुभएको थियो ।
तालिमको समापन पश्चात सहभागीहरुले तालिम निकै महत्वपूर्ण र व्यवहारिक रहेको बताउनुभएको थियो । सहकारीबाट ऋण लगानी गर्दा अपनाउनु पर्ने प्रक्रियागत चरणहरुमा चुकेको विषय अवगत गराउँदै तालिमबाट साकोसले गरेको ऋण लगानी, लगानी नभएर वितरण भएको उहाँहरुले महशुुस गर्नुभएको थियो । तालिम पश्चात सहभागी व्यवस्थापक र अध्यक्षहरुले ऋण लगानी पूर्वको पर्याप्त विश्लेषण र प्रक्रियाहरु पुरागरेर मात्र लगानी गर्छौ भन्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
६ दिन अगाडि
६ दिन अगाडि
६ दिन अगाडि
७ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
११ दिन अगाडि
२६ दिन अगाडि
२४ दिन अगाडि
३४ दिन अगाडि
३४ दिन अगाडि
२८ दिन अगाडि