F.W. RAIFFEISEN को जन्मदिनको स्मरणमा नेफ्स्कूनद्वारा कार्यक्रम आयोजना 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
F.W. RAIFFEISEN को जन्मदिनको स्मरणमा नेफ्स्कूनद्वारा कार्यक्रम आयोजना 

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५, ६८औं राष्ट्रिय सहकारी दिवस र विश्व बचत तथा ऋण सहकारीका प्रणेता F.W. RAIFFEISEN को जन्मदिन (मार्च ३०) को अवसर पारेर चैत्र १७ गते सहकारी अभियानमा वित्तीय सहकारीहरुको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम तय गरेको छ । क्रेडिट युनियनका अग्रगामी तथा समाज सुधारक फ्रेडरिक विल्हेम राइफिसेनका निर्देशन र मार्गदर्शक सिद्धान्तहरुको अनुशरण गर्दै नेपालको बचत तथा ऋण सहकारी अभियानको दिगो र संस्थागत विकासका लागि एउटा प्रेरक मार्गदर्शकको रुपमा राइफिसेनको स्मरण गरिने संघले जनाएको छ । 

त्यसैगरि ६८औं राष्ट्रिय सहकारी दिवसको पुर्वसन्ध्यामा ‘मर्यादित सहकारीः समुन्नत समाज’ को थिममा रहेर आयोजित सम्पूर्ण कार्यक्रमहरुमा संघको ऐक्यबद्धता सहित नेपाल लगायत विश्वव्यापी रुपमा मनाईएको अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ मा सहकारी सम्बन्धी जनचेतना, सफलताका कथा, सम्भावनाबारे शिक्षा र चेतनामूलक गतिविधिहरु सञ्चालनबारे जानकारी गराइनेछ । यससँगै बचत तथा ऋण सहकारी संस्थाहरुलाई दिगो र संस्थागत बनाउन साथै अन्तर्राष्ट्रिय सिद्धान्त र असल अभ्यासको अनुशरणका लागि दिशानिर्दिष्ट गर्ने उद्देश्य कार्यक्रमको रहेको संघले जनाएको छ । 

कार्यक्रममा संघका पूर्व अध्यक्ष एवं सल्लाहकार ऋषिराज घिमिरेले नेपालको सहकारी अभियानमा वित्तीय सहकारीहरुको आगामी मार्गचित्र विषयक कार्यपत्र प्रस्तुतीकरण गर्नुहुनेछ । कार्यक्रममा संघमा आबद्ध देशभरका बचत तथा ऋण सहकारी संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहनेछ । 

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप