प्रोस्कूनद्वारा सहकारी संस्था दर्ता मापदण्ड सम्बन्धी सुझाव पेश
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रोस्कूनद्वारा सहकारी संस्था दर्ता मापदण्ड सम्बन्धी सुझाव पेश

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.(प्रोस्कून) ले बचत तथा ऋणको कारोबार गर्ने संस्थाहरुलाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता सम्बन्धी आवश्यक मापदण्डका सम्बन्धमा तयार पारेका आधिकारिक धारणा सहितको सुझाव पेश गरेको छ । आज नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्र प्रसाद ढकाललाई जानकारी गराउँदै प्रोस्कूनका पदाधिकारीलहरुले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुको प्राधिकरणमा दर्ता हुनका लागि आवश्यक कागजपत्रहरुका सम्बन्धमा उपयुक्त सुझावहरु सहितको जानकारी पत्र बुझाएको हो । प्रोस्कूनले नेफ्स्कून लगायत राष्ट्रिय सहकारी महासंघ र राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा उक्त सुझाव पेश गरेको छ । 

संघका महासचिव गोविन्दप्रसाद काफ्लेको नेतृत्वमा गएको टोलिले नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्ल र राष्ट्रिय सहकारी नियमन प्राधिकरणका सचिव रविन ढकाललाई छलफल गरी आफ्नो सुझाव पेश गरेको हो । 

प्रोस्कून टीमको तर्फबाट सचिव ठाकुरप्रसाद बाँस्कोटा, सदस्यहरु कृष्ण गोविन्द लाखाजु, हेम बहादुर कार्की, शान्तालक्ष्मी खड्गी र प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद दाहाल सहभागी हुनुहुन्थ्यो ।

सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८१ र अध्यादेश प्रतिस्थापन गर्न ल्याइएका उक्त विधेयक संसदको दुवै सदनबाट सोमबार पारित भएसँगै विधेयक ऐनको रुपमा रुपान्तरित भएको छ । जसमा बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुको दर्ता तथा नियमनका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरणको व्यवस्था अनुरुप प्राधिकरण गठन भएको हो । प्राधिकरणले प्रशासनिक संगठन संरचना सँगसँगै सहकारी नियमनको कार्यप्रक्रिया अगाडि बढाउन सम्बन्धित सरोकारवालाहरुसँग छलफल अगाडि बढाईरहको छ भने उपयुक्त सुझावहरुको समेत माग गरेको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप