मार्च ३०, सहकारी अभियानमा F.W. RAIFFEISEN को योगदानको स्मरण गर्दै रूपन्देही जिल्ला बचत तथा ऋण सहकारी संघ लि.(रूस्कून) ले आइतबार सम्मानको कार्यक्रम आयोजना गरेको छ । विश्व बचत तथा ऋण सहकारीका पिता राइफेसनको २०७ औं जन्मजयन्तीको अवसर पारेर सम्मानको कार्यक्रम आयोजना गरेको रुस्कूनले सहकारी अभियानमा उहाँको योगदान र आदर्शलाई स्मरण गर्दै उनका मार्गदर्शनलाई सहकारीमा अनुसरण गर्नुपर्ने जनाएको छ । कार्यक्रममा रुस्कूनका अध्यक्ष बसन्त प्रसाद ढकालको अध्यक्षता र नेफ्स्कूनकी सञ्चालक ज्ञानु पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा रुस्कूनका पदाधिकारी, सञ्चालक समिति, व्यवस्थापनका कर्मचारी साथै नेफ्स्कून कर्मचारीको पनि उपस्थिति थियो ।
बचत तथा ऋण सहकारी संस्था सञ्चालनमा फ्रेडरिक विल्हेम राइफाइसनले देखाएको मार्ग पछ्याउन अनुरोध गर्दै कार्यक्रमकी प्रमुख अतिथि ज्ञानु पौड्यालले प्रत्येक व्यक्ति सबैका लागि र सबै प्रत्येकका लागि सहकारी मार्फत मात्रै सम्भव हुने बताउनुभयो । उहाँले सहकारीको मुल मर्म नै सहकार्य भएकोले सहकार्यबाटै सहकारिताको जन्म भएको बताउनुभयो । सहकारीको मुल्य मान्यता र सिद्धान्तलाई व्यवहारमा उतार्न सक्ने हो भने सहकारीमा सुशासन कायम हुने र सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यावरणीय पक्षमा सुधार ल्याउन सकिने साथै गुणस्तरयुक्त जीवन निर्माण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
६ घण्टा अगाडि
७ घण्टा अगाडि
७ घण्टा अगाडि
८ घण्टा अगाडि
९ घण्टा अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
३ दिन अगाडि
६ घण्टा अगाडि
७ घण्टा अगाडि
९ घण्टा अगाडि
७ घण्टा अगाडि
८ घण्टा अगाडि
३८ दिन अगाडि
३८ दिन अगाडि