६८औं राष्ट्रिय सहकारी दिवस विविध कार्यक्रम गरी मनाइँदै 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
६८औं राष्ट्रिय सहकारी दिवस विविध कार्यक्रम गरी मनाइँदै 

काठमाडौं । आज ६८औं राष्ट्रिय सहकारी दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी अभियानको संयुक्त आयोजनामा आज राष्ट्रिय सभा गृहमा ६८औं राष्ट्रिय सहकारी दिवस तथा अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को भव्य कार्यक्रम समेत आयोजना हुँदैछ । समारोहमा सहकारी गानको सार्वजनिकीकरण, सहकारी वर्ष लोगो अनावरण, उत्कृष्ट सहकारी पुरस्कार घोषणा, थिम सार्वजनिकीकरण, सांस्कृतिक कार्यक्रम लगायतका महत्वपूर्ण गतिविधिहरु तय भएका छन् ।  

सहकारी अभियानको सम्भवतः सबैभन्दा ठूलो पर्वका अवसरमा देशभर नै प्रारम्भिकदेखि केन्द्रीय निकायका साथै सरकारी सहकारी कार्यालयहरुले समेत ‘मर्यादित सहकारीः समुन्नत समाज’ को थिममा दिवसका कार्यक्रमहरुको आयोजना गरेका छन् । 

राष्ट्रिय सहकारी महासंघले चैत्र १ गते यस वर्षको सहकारी दिवसको थिम ‘मर्यादित सहकारीः समुन्नत समाज’ घोषणा गरेसँगै त्यसैलाई समग्र अभियानले आत्मसात् गर्दै सप्ताहव्यापी कार्यक्रमहरु आयोजना गरिरहेका छन् । बचत तथा ऋण सहकारीहरुको केन्द्रीय संघ नेफ्स्कूनले पनि देशभर रहेका आफ्ना कार्यालयहरुमा कार्यक्रम आयोजना गरेको छ ।

यस वर्षको सहकारी दिवसको पूर्वसन्ध्यामा सहकारी संघ संस्थाहरुले खेलकुद, मनोरञ्जनका साथै सामाजिक उत्तरदायित्वका विविध सृजनात्मक कार्यक्रमहरु आयोजना गरेका छन् भने केहीले सम्पन्न गरेका छन् । केहीले आगामी केही दिनसम्म कार्यक्रमहरु जारी राख्ने जनाएका छन् । ६८औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा रक्तदान, विचार गोष्ठी, अन्तरक्रिया, छलफल, हाजिरी जवाफ, निबन्ध, कविता, चित्रकला प्रतियोगिता, गोष्ठी, सरसफाई, प्रविधिमैत्री सेवाहरुको शुभारम्भ, वृक्षारोपण लगायत विविध प्रकृतिका कार्यक्रमहरु राखिएका छन् ।

२०१३ सालमा आजकै दिन चितवनको शारदानगरमा नेपालको पहिलो सहकारीका रुपमा बखान ऋण सहकारी समिति स्थापना भएको दिनको सम्झनामा प्रत्येक वर्ष यही दिन राष्ट्रिय सहकारी दिवस मनाउने प्रचलन छ । स्वर्गीय बखानसिंह गुरुङको संरक्षकत्वमा बखान ऋण सहकारी समिति गठन भएको थियो । सोही कारण गुरुङलाई नेपालको सहकारी अभियानको जन्मदाता तथा संस्थापकको रुपमा सम्मानभाव प्रकट गरिन्छ ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप