भव्य समारोहकाबिच ६८औं राष्ट्रिय सहकारी दिवसको कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को औपचारिक शुभारम्भ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भव्य समारोहकाबिच ६८औं राष्ट्रिय सहकारी दिवसको कार्यक्रम सम्पन्न

काठमाडौं । ६८औं राष्ट्रिय सहकारी दिवस तथा अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ का अवसरमा आज काठमाडौंको सभागृहमा आयोजित कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी अभियानको संयुक्त आयोजना रहेको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह ( उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री) ले गर्नुभएको थियो । विभागीय मन्त्रालयका मन्त्री बलराम अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रमका विशिष्ट अतिथिहरुमा राजनीतिक दलका सहकारी सल्लाहकार एवं पाटी विभागका प्रमुखहरु, सहकारी सचिव एवं राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष, राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष, पूर्व अध्यक्ष एवं सल्लाहकार, सञ्चालक समिति, विषयगत केन्द्रीय सहकारी संघका प्रतिनिधिहरु लगायत सहकारी अभियानकर्मीहरुको उत्साहजनक सहभागिता रहेको थियो । 

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि का.वा. प्रधानमन्त्री प्रकाशमान सिंहले सहकारी आर्थिक, सामाजिक जागरणको अभियान भएको र यसले गरिबी न्यूनीकरण, आत्मनिर्भर र दिगो अर्थतन्त्र निर्माणका लागि योगदान पुर्याउनुपर्ने बताउनुभयो । उहाँले नेपालमा रहेका ३१ हजार भन्दा बढी सहकारी संस्थाहरुमध्ये विगत केही समयदेखि केही सहकारीमा समस्या उत्पन्न भएको र ती संस्थाहरुले सर्वसाधारण जनताको बचत रकम फिर्ता गर्न नसकेको देखिएको प्रशंङ्ग उल्लेख गर्दै सहकारीमा सदस्यहरु नै केन्द्रीय तत्व हुने भएकोले उनीहरु पीडित बन्नुपर्ने अवस्था आउन नहुने बताउनुभयो । सर्वसाधारणको सबै बचत सहज रुपमा फिर्ता गराउन सहकारी अभियानले दायित्वबोध लिनुपर्ने उहाँको भनाई थियो । 

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै महासंघकी अध्यक्ष ओमदेवी मल्लले सहकारी ऐन, २०७४ र नियमावली २०७५ मा भएको व्यवस्था कार्यान्वयन हुन नसक्दा सहकारीमा समस्या उत्पन्न भएको बताउँदै यसमा सरकार पनि उत्तिकै जिम्मेवार रहेको भनाई राख्नुभयो । 

कार्यक्रममा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष अर्जुनप्रसाद पोखरेल, सहकारी सल्लाहकार एवं पार्टी विभागका प्रमुखहरु क्रमश लिलामणी पोखरेल, देवेन्द्रराज कडेल, खगराज अधिकारी र महासंघका पूर्व अध्यक्ष एवं सल्लाहकार दिपक प्रकास बास्कोटाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा सहकारी गानाको सार्वजनीकिकरण र अन्तर्राष्ट्रिय सहकारी बर्ष २०२५को लोगो सार्वजनिक गरिएको थियो भने महासंघले हरेक वर्ष राष्ट्रिय सहकारी दिवसको अवसरमा पुरस्कार तथा सम्मान पाउने व्यक्ति र सहकारीको नाम घोषणा गर्ने कार्यक्रम अन्तर्गत यस बर्षको पुरस्कार तथा सम्मान घोषणा गरिएको थियो । त्यसैगरि महासंघको समन्वयमा सञ्चालित सहकारी डिप्लोमा कोर्ष अध्ययन पुरा गरेका विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।  कार्यक्रमको बिचमा केही सांस्कृतिक सांगितिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । 

कार्यक्रममा महासंघका उपाध्यक्ष तथा पुरस्कार छनोट समितिका संयोजक डी.बी. बस्नेतले पुरस्कृत हुने सहकारी तथा व्यक्तिको नाम घोषणा गर्नुभएको थियो । जस अन्तर्गत पुरस्कार तथा सम्मान पाउने व्यक्ति र सहकारीहरुमा क्रमशः

राष्ट्रिय सहकारी पुरस्कार : गोविन्द प्रसाद उप्रेती
सहकारी पत्रकारिता पुरस्कार : माधब खड्का, नेपालपत्र न्यूज
उत्कृष्ट सहकारी कर्मचारी पुरस्कारः लक्ष्मी ज्ञवाली, व्यवस्थापक, जिल्ला सहकारी संघ लि. रुपन्देही
उत्कृष्ट सहकारी पुरस्कार (केन्द्रीय संघबाट) : नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.
उत्कृष्ट सहकारी पुरस्कार (जिल्ला संघबाट) : दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.

प्रदेशस्तरीय उत्कृष्ट सहकारी ब्यवसाय पुरस्कार (प्रारम्भिक संस्थाबाट)

कोशी प्रदेशः मेची कृषक बहुमुखी सहकारी संस्था लि मेचीनगर ७,झापा
मधेश प्रदेशः महिला साना किसान कृषि सहकारी संस्था लि., लक्ष्मीनियाँ गा.पा ७, धनुषा
बागमती प्रदेशः सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.,पनौति ४, काभ्रेपलाञ्चोक
गण्डकी प्रदेशः ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी संस्था लि., अर्जुन चौपारी स्याङजा
लुम्बिनी प्रदेशः इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्था लि., बुटवल ८, सुख्खानगर धर्मपथ,रुपन्देही
कर्णाली प्रदेशः चन्दननाथ बहुउद्धेश्यीय सहकारी संस्था लि., चन्दननाथ ५ जुम्ला
सुदूरपश्चिम प्रदेशः जीवनज्योति बचत तथा ऋण सहकारी संस्था लि., दशरथ चन्द न.पा, बैतडी रहेका छन् । 

भर्खरै
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

२ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

३ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

६ दिन अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन
सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

६ दिन अगाडि

व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 
व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 

६ दिन अगाडि

विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण
विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण

७ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

Notice
Notice

११ दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२६ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२४ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

पाठकबाट थप