सिको साकोस लुम्बिनी प्रदेश सरकारबाट 'उत्कृट पुरस्कार' प्राप्त गर्न सफल 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिको साकोस लुम्बिनी प्रदेश सरकारबाट 'उत्कृट पुरस्कार' प्राप्त गर्न सफल 

बर्दिया । ठाकुरबाबार नगरपालिका १, भुरिगाउँ बर्दियामा रहेको सिको बचत तथा ऋण सहकारी संस्था लि.ले लुम्बिनी प्रदेश सरकारबाट उत्कृष्ट सहकारी पुरस्कार २०८१ प्राप्त गरेको छ । बुधबार ६८ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा लुम्बिनी प्रदेश कृषि, भूमि ब्यवस्था तथा सहकारी मन्त्रालयले आयोजना गरेको कार्यक्रममा सिको साकोस यस बर्षको उत्कृष्ट सहकारी पुरस्कार प्राप्त गर्न सफल भएको हो ।

नेफ्स्कूनको स्तरीकरण कार्यक्रममा आबद्ध रहेको सिको साकोसको कार्यसम्पादन र स्थलगत मुल्यांकनका आधारमा विभिन्न सूचकहरुमा गरिएको परीक्षणबाट साकोस उत्कृष्ट भएको साकोसको प्रतिनिधित्व गर्दै नेफ्स्कूनको बरिष्ठ उपाध्यक्ष समेत रहनुभएका साकोसका अध्यक्ष दामोदर अधिकारीले साकोस आवाजलाई जानकारी गराउनुभयो । बचत तथा ऋणको माध्यमबाट वित्तीय सेवा प्रवाह गरी सहकारी व्यवसाय मार्फत सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा उल्लेख्य योगदान पुर्याए वापत प्रदेश सरकारको नियमन क्षेत्राधिकार भित्र रहेका सहकारी संस्था मध्ये बचत तथा ऋणको सेवा तर्फबाट सिको साकोसलाई उत्कृष्ट सहकारी पुरस्कार प्रदान गरिएको सम्मानपत्रमा उल्लेख छ । 

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै मुख्य मन्त्री चेतनारायण आचार्यले समाजिक सेवाको व्यवसाय मार्फत सदस्यहरुको आर्थिक, सामाजिक जीवनस्तर सुधारमा लागेको सहकारी क्षेत्रमा बाहिरबाट गलत र छद्मभेषी व्यक्तिहरु प्रवेश गरेर सहकारीको बदनाम गराउने र सहकारीको बचतको दुरुपयोग समेत गर्ने गरेको पाइएको बताउनुभयो । 

कार्यक्रममा कृषि भूमि ब्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले सहकारीलाई प्रदेश सरकारले कार्यसम्पादन मूल्यांकनले असल सहकारी र कमसल सहकारीको वर्गिकरण गर्न सकिने र कमसललाई सच्याउन अवसर मिल्ने बताउनुभएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै साकोसका अध्यक्ष एवं नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले प्रदेश सरकारले सहकारीहरुको कार्यसम्पादन स्तरलाई मुख्य आधार बनाएर अनुगमन अगाडि बढाएको विषय प्रशंसायोग्य रहेको विचार व्यक्त गर्नुभएको थियो । उहाँले नियत बस रिण नतिरी भाखा नाघाएर बस्ने सदस्यहरुलाई सरकार मातहत प्रदान गरिने सेवा सुविधामा कटौति गरेर ऋण असुली सहजताका लागि समन्वय गरिदिन समेत सरकारलाई अनुरोध गर्नुभएको थियो ।

लुम्बिनी प्रदेश मातहत ८ सय ४८ सहकारी छन् । प्रदेशले सहकारीमा वित्तीय व्यवस्थापन, सदस्य केन्द्रीयता, सुशासन, कार्यसम्पादन स्तर, आन्तरिक व्यवसायिक प्रक्रिया, सिकाई र बृद्धि लगायत विविध ८० वटा सूचकका आधारमा बचत तथा ऋण सहकारीको स्थलगत अनुगमन शुरु गरेको छ । जस अन्तर्गत बचत तथा ऋण सहकारी मध्येबाट दुई सहकारी र अन्यबाट दुई सहकारी गरि ४ वटा सहकारीलाई पुरस्कृत गरेको हो । हिजो चैत्र २० गते, नेपालमा सहकारी स्थापना भएको दिनलाई स्मरण गर्दै मर्यादित सहकारीः समुन्नत समाज भन्ने आदर्श वाक्यलाई मुल थिम मानेर देशव्यापी रुपमा ६८औं राष्ट्रिय सहकारी दिवस मनाइएको थियो । 


 


 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप