वार्षिकोत्सवका अवसरमा साकोसको बृहत रक्तदान कार्यक्रम 
पाँचतारा साकोसले चैत्र २० मा मनायो १७औं वार्षिकोत्सव
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पाँचतारा साकोसले चैत्र २० मा मनायो १७औं वार्षिकोत्सव

काठमाडौं । २०६४ साल चैत्र २० गते विधिवत औपचारिकता प्राप्त (दर्ता) गरि काठमाडौंको पुरानो सिनामंगलमा स्थापना भएको पाँच तारा बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो १७औं स्थापना दिवसका अवसरमा बुधबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । साकोसले ६८औं राष्ट्रिय सहकारी दिवस तथा १७ औं वार्षिकोत्सवको अवसर पारेर हरेक बर्ष जस्तै यस बर्ष पनि रक्तदान कार्यक्रम आयोजना गरेको हो । साकोसकोआयोजनामा भएको रक्तदान कार्यक्रममा १ सय १७ जना रक्तदाताले रक्तदान गरेका थिए । 

रक्तदान कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्र ढकाल, ब्लड डोनर्स एशोसिएसन नेपाल, काठमाडौंका जिल्ला शाखा अध्यक्ष तिलक अधिकारी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । साकोसका अध्यक्ष भोला नाथ पाठकले साकोसमार्फत सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारी दिवसको अवसरमा हरेक बर्ष रक्तदान गर्दै आएको बताउनुभयो ।
रक्तदान कार्यक्रममा भक्तपुर रेडक्रस सोसाइटीकोे प्राविधिक सहयोग रहेको थियो । साकोसले हरेका बर्ष ‘रक्तदान जीवन दान’ भन्ने नारालाई सार्थक बनाउन रक्तदान कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा रक्तदाताहरुलाई अतिथिहरुद्वारा प्रमाण पत्र र अध्यक्षबाट टि सट प्रदान गरिएको थियो । 

साकोसको आयोजनामा भएको मानव सेवामा समर्पित सामाजिक उत्तरदायित्वपूर्ण कार्यमा ऐक्यबद्धता जनाउँदै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) मा कार्यरत १५ जना कर्मचारीहरुले रक्तदान कार्यक्रममा सहभागी भई रक्त दान गर्नुभएको थियो । 

साकोसले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भई पाँच पटक भन्दा बढी रक्तदान गर्ने व्यक्तिहरुलाई साकोसले चाँदीको सिक्का र दोसल्ला ओढाएर सम्मान गर्ने गरेको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप