बौदीकाली गाउँपालिकासँग आधारशिला कार्यक्रम सम्झौता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बौदीकाली गाउँपालिकासँग आधारशिला कार्यक्रम सम्झौता

नवलपरासी । जिल्लाको बौदीकाली गाउँपालिकासँग आधारशिला कार्यक्रम सम्झौता भएको छ । नेफ्स्कूनले स्थानीय तहसँगको समन्वयमा सबै प्रकृतिका सहकारीहरुको सुशासन, वित्तीय स्थिरता, संस्थागत सक्षमता विकास आदिमा सहयोग पुर्याउने उद्देश्यले सञ्चालन गरेको कार्यक्रम हो आधारशिला । गाउँपालिकाको कार्यालयमा शुक्रबार भएको एक संक्षिप्त कार्यक्रमकाबिच पालिकाका अध्यक्ष प्रकाश ओझा र नेफ्स्कूनका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल र बरिष्ठ अधिकृत नविन राज दाहालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । 

कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सहकारीको संस्थागत विकास र प्रबद्र्धनका लागि नेफ्स्कूनले स्थानीय तहसँगको समन्वयमा शुरु गरेको आधारशिला कार्यक्रम सम्झौता भएका सबै तहहरुसँग दिगो र प्रभावकारी रुपमा अगाडि बढेको बताउनुभयो । 

उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष ओझाले नेफ्स्कूनले सञ्चालन गरेको आधारशिला कार्यक्रमले पालिकाका सहकारीहरुको संस्थागत विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

आधारशिला कार्यक्रम अन्तर्गत नेफ्स्कूनले स्थानीय निकायसँगको सहकार्यमा सहकारीका प्रबद्र्धनात्मक कार्यक्रम, नीति निर्माण, आवश्यकता अनुसार समन्वय तथा अनुगमन, संघमा आबद्ध सहकारीहरुमा सहुलियत व्याजदरमा उद्यम विकास तथा उत्पादन क्षेत्रमा लगानी प्रबद्र्धन, सहकारीको वित्तीय सक्षमता, पूँजी बृद्धि लगायतका क्षेत्रमा कार्य गर्दै आइरहेको छ । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१४ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप