सिद्धि गणेश साकोसले सदस्यहरुलाई दियो मनि पर्स र व्याग बनाउने तालिम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिद्धि गणेश साकोसले सदस्यहरुलाई दियो मनि पर्स र व्याग बनाउने तालिम

भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. ले सदस्यहरुका लागि मनि पर्स र व्याग बनाउने तालिम प्रदान गरेको छ । साकोसको तेखापुखु सेवा केन्द्र व्यवस्थापन उपसमितिको आयोजनामा आईतबार  सदस्यहरुलाई कुरुश र धागो बाट तायार पार्न सकिने मनि पर्स र व्यागको तालिम दिईएको हो । तलिममा साकोसका २० जना महिला सदस्यहरु सहभागी हुनुभएको थियो ।  

कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले यस संस्थाको मुख्य उद्देश्य बचत तथा ऋण कारोवार गर्ने भएता पनि संस्थाले समुदायमा आधारित भई सदस्यहरुको आर्थिक तथा सामाजिक स्तर विकासको लागि निरन्तर कार्य गर्दै आएको बताउनुभयो । उहाँले संस्थाबाट निरन्तर सिपमुलक , आयमुलक तथा व्यक्तित्व विकास गर्ने तालिमहरु सञ्चालन गर्दै आएको बताउँदै, तालिममा मात्र सिमित नराखि उद्यमशिलता विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा संस्थाका सञ्चालक सदस्य रञ्जना प्रजापतिले सदस्यहरुलाई तालिमको सिप उपयोग घरेलु उत्पादनमा जोड दिन र विदेशी आयात घटाउन उपयोगी हुने बताउनुभयो ।

कार्यक्रममा तालिमका प्रशिक्षक एवं उपसमितिका सदस्य चम्पा खत्रीले बजारमा साधारण पर्स तथा ब्याग खरिद गर्दा निक्कै महङ्गो हुने र टिकाउ पनि नहुने बताउँदै आफु सँग भएको पर्स र ब्याग बनाउने सिप सदस्यहरुलाई पनि हस्तान्तरण गरी कम लगानीमा गुणस्तरीय एवं टिकाउ पर्स र ब्याग बनाई सदस्यहरुको सिप विकास एवं अनावश्यक खर्च कटौटी गरी बचत गर्ने बानी विकास गराउने तालिमको उद्देश्य रहेको बताउनुभयो । 

कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाईले संस्थाका सदस्यहरुलाई आर्थिक क्रियाकलापमा सक्रिय राख्न संस्थाबाट सदस्यहरुलाई विभिन्न सिपमुलक तालिम सञ्चालन गरी र आर्थिक अवसरहरु प्रदान गर्दै आएको बताउनुभयो । उहाँले संस्थाबाट प्रदान गरेको सिपमुलक तालिमको सदुपयोग गरी सानो व्यवसाय सुरु गर्नुपर्नेमा जोडदिनुभयो ।

कार्यक्रमका सभापति एवं संस्थाका सञ्चालक सदस्य राधेश्याम सैंजुले सदस्यहरु ब्याजको प्रलोभनमा परी संस्थामा रहेको बचत रकम समस्याग्रस्त सहकारीमा राख्दा बचत रकम समेत फिर्ता नपाएको उदाहरण दिनुहुँदै ब्याजको प्रलोभनमा नपर्न सचेत गर्नुभयो । उहाँले तालिममा सिकेको सिप प्रमाणपत्रमा मात्र सिमित नराखी व्यवसायको लागि अफ्नो घरायसी प्रयोगको लागि भए पनि सदुपयोग गर्दै जानुपर्ने बताउनुभयो । 

उपसमितिका सचिव पुण्यराम कर्माचार्यले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा उपसमितिका सदस्य मुतिराम स्वनेपा तथा प्रशिक्षार्थी बिना गोसाईले पनि बोल्नुभएको थियो । 

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१४ घण्टा अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१५ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१४ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

४ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन
किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

७ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ दिन अगाडि

पाठकबाट थप