सिद्धि गणेश साकोसले सदस्यहरुलाई दियो मनि पर्स र व्याग बनाउने तालिम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिद्धि गणेश साकोसले सदस्यहरुलाई दियो मनि पर्स र व्याग बनाउने तालिम

भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. ले सदस्यहरुका लागि मनि पर्स र व्याग बनाउने तालिम प्रदान गरेको छ । साकोसको तेखापुखु सेवा केन्द्र व्यवस्थापन उपसमितिको आयोजनामा आईतबार  सदस्यहरुलाई कुरुश र धागो बाट तायार पार्न सकिने मनि पर्स र व्यागको तालिम दिईएको हो । तलिममा साकोसका २० जना महिला सदस्यहरु सहभागी हुनुभएको थियो ।  

कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले यस संस्थाको मुख्य उद्देश्य बचत तथा ऋण कारोवार गर्ने भएता पनि संस्थाले समुदायमा आधारित भई सदस्यहरुको आर्थिक तथा सामाजिक स्तर विकासको लागि निरन्तर कार्य गर्दै आएको बताउनुभयो । उहाँले संस्थाबाट निरन्तर सिपमुलक , आयमुलक तथा व्यक्तित्व विकास गर्ने तालिमहरु सञ्चालन गर्दै आएको बताउँदै, तालिममा मात्र सिमित नराखि उद्यमशिलता विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा संस्थाका सञ्चालक सदस्य रञ्जना प्रजापतिले सदस्यहरुलाई तालिमको सिप उपयोग घरेलु उत्पादनमा जोड दिन र विदेशी आयात घटाउन उपयोगी हुने बताउनुभयो ।

कार्यक्रममा तालिमका प्रशिक्षक एवं उपसमितिका सदस्य चम्पा खत्रीले बजारमा साधारण पर्स तथा ब्याग खरिद गर्दा निक्कै महङ्गो हुने र टिकाउ पनि नहुने बताउँदै आफु सँग भएको पर्स र ब्याग बनाउने सिप सदस्यहरुलाई पनि हस्तान्तरण गरी कम लगानीमा गुणस्तरीय एवं टिकाउ पर्स र ब्याग बनाई सदस्यहरुको सिप विकास एवं अनावश्यक खर्च कटौटी गरी बचत गर्ने बानी विकास गराउने तालिमको उद्देश्य रहेको बताउनुभयो । 

कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाईले संस्थाका सदस्यहरुलाई आर्थिक क्रियाकलापमा सक्रिय राख्न संस्थाबाट सदस्यहरुलाई विभिन्न सिपमुलक तालिम सञ्चालन गरी र आर्थिक अवसरहरु प्रदान गर्दै आएको बताउनुभयो । उहाँले संस्थाबाट प्रदान गरेको सिपमुलक तालिमको सदुपयोग गरी सानो व्यवसाय सुरु गर्नुपर्नेमा जोडदिनुभयो ।

कार्यक्रमका सभापति एवं संस्थाका सञ्चालक सदस्य राधेश्याम सैंजुले सदस्यहरु ब्याजको प्रलोभनमा परी संस्थामा रहेको बचत रकम समस्याग्रस्त सहकारीमा राख्दा बचत रकम समेत फिर्ता नपाएको उदाहरण दिनुहुँदै ब्याजको प्रलोभनमा नपर्न सचेत गर्नुभयो । उहाँले तालिममा सिकेको सिप प्रमाणपत्रमा मात्र सिमित नराखी व्यवसायको लागि अफ्नो घरायसी प्रयोगको लागि भए पनि सदुपयोग गर्दै जानुपर्ने बताउनुभयो । 

उपसमितिका सचिव पुण्यराम कर्माचार्यले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा उपसमितिका सदस्य मुतिराम स्वनेपा तथा प्रशिक्षार्थी बिना गोसाईले पनि बोल्नुभएको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४० दिन अगाडि

पाठकबाट थप