पाल्पा । पाल्पाको रामपुर नगरपालिकाले नगर भित्र सञ्चालित सहकारी संस्थाहरुलाई सुशासन सम्बन्धि अभिमुखिकरण प्रदान गरेको छ । ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर शुक्रबार नगरपालिकाले नगर भित्र सञ्चालनमा रहेका सहकारीका सञ्चालक समिति र कर्मचारीहरुलाई अभिमुखिकरण प्रदान गरेको हो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) र लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडको प्राविधिक सहयोग, जिल्ला बचत तथा ऋण सहकारी संघ, अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था र रामपुर बचत तथा ऋण सहकारी संस्थाको समन्वयमा कार्यक्रम गरी अभिमुखिकरण प्रदान गरेको होे । लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष कृष्ण प्रसाद नेपालको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको थियो ।
प्रमुख अतिथि थापाले कार्यक्रमको उट्घाटन गर्दै सहकारी प्रति सकारात्मक सन्देश प्रवाह गर्नु आवश्यक रहेको बताउनुभयो । ऋण लगानीको क्रममा ख्याल नगर्दा सहकारीहरुमा समस्या देखिएको भन्दै थापाले विशेष ख्याल गरेर जुन उद्देश्यका लागि ऋण प्रदान गरिएको हो सोही अनुसार अनुगमन पनि गर्नु आवश्यक रहेको बताउनुभयो । बजार क्षेत्रमा सिमित व्यक्तिहरुले सञ्चालन गरेका सहकारीमा समस्या देखिएकाले अन्य स्थानका सहकारीलाई समेत असर गरेको बताउनुभयो । रामपुर नगरपालिकाले युवा स्वरोजगार कार्यक्रम मार्फत उद्यमीहरुलाई व्याज अनुदान प्रदान गर्दै आएको जानकारी दिदै नगरपालिका सहकारीसँग सहकार्य गरेर अघि बढ्न तप्पर रहेको बताउनुभयो ।
नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले बैंक र सहकारी बिचको फरक के हो भन्ने विषयमा बहस हुनु आवश्यक रहेको बताउनुभयो । सहकारीको विकल्प सहकारी नै भएको बताउँदै राज्यले व्यवस्था गरेको नीति नियममा रहेर सुशासन कायम गर्न सके सहकारीलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सकिने बताउनुभयो । सरकारले जारी गरेको ऐन लागु भएमा सहकारी भित्रको विकृति अन्त्य हुने बताउनुभयो । पछिल्लो पटक भएको सहकारी ऐन तथा प्रतिस्थापन विद्येयक सहकारीको विकासको पक्षमा रहेको स्पष्ट पार्नुभयो ।
रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले नीति नियम र व्यवस्था अनुसार सहकारी कसरी चलेको छ भन्ने विषयमा स्वमुल्याङ्कन गर्ने समय आएको बताउनुभयो । नगर भित्र सञ्चालनमा रहेका सहकारीहरुलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि पहल गर्दै आएको बताउनुभयो भने विशेष ख्याल गरेर मात्र ऋण लगानी गर्न आग्रह गर्नुभयो । लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष कृष्ण प्रसाद नेपालले संघमा आवद्ध हुन आग्रह समेत गर्नुभयो । कार्यक्रममा नेफ्स्कूनकी सञ्चालक ज्ञानु पौड्यालको पनि आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेफ्स्कूनका वरिष्ठ अधिकृत नवीनराज दहालले सहकारी सञ्चालनको लागि गरिएको व्यवस्था, व्यवस्थित रुपमा सहकारी सञ्चालन गर्ने तरिका, संशोधन सहितको सहकारी ऐन, प्रतिष्ठापन विद्येयक लगायतका विषयमा प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. पाल्पाका अध्यक्ष जगदीश भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । अन्धकारमुक्ति साकोसका अध्यक्ष सागर प्रसाद देवकोटाले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सञ्चालन महासचिव वसन्त प्रसाद ढकालले गर्नु भएको थियो । नमस्ते पाल्पा होटलको सभाहलमा भएको कार्यक्रममा रामपुर नगर भित्र रहेका सहकारी संस्थाका अध्यक्ष तथा पदाधिकारी र व्यवस्थापकहरुको उपस्थिति रहेको थियो ।
१८ घण्टा अगाडि
१९ घण्टा अगाडि
१९ घण्टा अगाडि
२० घण्टा अगाडि
२० घण्टा अगाडि
२२ घण्टा अगाडि
२४ घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
२० घण्टा अगाडि
२२ घण्टा अगाडि
४ दिन अगाडि
१९ घण्टा अगाडि
११ दिन अगाडि