सहकारी प्रति सकारात्मक सन्देश प्रवाह गर्नु आवश्यक छ : रामपुर नगरप्रमुख थापा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी प्रति सकारात्मक सन्देश प्रवाह गर्नु आवश्यक छ : रामपुर नगरप्रमुख थापा

पाल्पा । पाल्पाको रामपुर नगरपालिकाले नगर भित्र सञ्चालित सहकारी संस्थाहरुलाई  सुशासन सम्बन्धि अभिमुखिकरण प्रदान गरेको छ । ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर शुक्रबार नगरपालिकाले नगर भित्र सञ्चालनमा रहेका सहकारीका सञ्चालक समिति र कर्मचारीहरुलाई अभिमुखिकरण प्रदान गरेको हो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)  र लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडको प्राविधिक सहयोग, जिल्ला बचत तथा ऋण सहकारी संघ, अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था र रामपुर बचत तथा ऋण सहकारी संस्थाको समन्वयमा कार्यक्रम गरी अभिमुखिकरण प्रदान गरेको होे । लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष कृष्ण प्रसाद नेपालको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको थियो ।

प्रमुख अतिथि थापाले कार्यक्रमको उट्घाटन गर्दै सहकारी प्रति सकारात्मक सन्देश प्रवाह गर्नु आवश्यक रहेको बताउनुभयो । ऋण लगानीको क्रममा ख्याल नगर्दा सहकारीहरुमा समस्या देखिएको भन्दै थापाले विशेष ख्याल गरेर जुन उद्देश्यका लागि ऋण प्रदान गरिएको हो सोही अनुसार अनुगमन पनि गर्नु आवश्यक रहेको बताउनुभयो । बजार क्षेत्रमा सिमित व्यक्तिहरुले सञ्चालन गरेका सहकारीमा समस्या देखिएकाले अन्य स्थानका सहकारीलाई समेत असर गरेको बताउनुभयो । रामपुर नगरपालिकाले युवा स्वरोजगार कार्यक्रम मार्फत उद्यमीहरुलाई व्याज अनुदान प्रदान गर्दै आएको जानकारी दिदै नगरपालिका सहकारीसँग सहकार्य गरेर अघि बढ्न तप्पर रहेको बताउनुभयो ।

नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले बैंक र सहकारी बिचको फरक के हो भन्ने विषयमा बहस हुनु आवश्यक रहेको बताउनुभयो । सहकारीको विकल्प सहकारी नै भएको बताउँदै राज्यले व्यवस्था गरेको नीति नियममा रहेर सुशासन कायम गर्न सके सहकारीलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सकिने बताउनुभयो । सरकारले जारी गरेको ऐन लागु भएमा सहकारी भित्रको विकृति अन्त्य हुने बताउनुभयो । पछिल्लो पटक भएको सहकारी ऐन तथा प्रतिस्थापन विद्येयक सहकारीको विकासको पक्षमा रहेको स्पष्ट पार्नुभयो । 

रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले नीति नियम र व्यवस्था अनुसार सहकारी कसरी चलेको छ भन्ने विषयमा स्वमुल्याङ्कन गर्ने समय आएको बताउनुभयो । नगर भित्र सञ्चालनमा रहेका सहकारीहरुलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि पहल गर्दै आएको बताउनुभयो भने विशेष ख्याल गरेर मात्र ऋण लगानी गर्न आग्रह गर्नुभयो । लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष कृष्ण प्रसाद नेपालले संघमा आवद्ध हुन आग्रह समेत गर्नुभयो । कार्यक्रममा नेफ्स्कूनकी सञ्चालक ज्ञानु पौड्यालको पनि आतिथ्यता रहेको थियो ।                                   

कार्यक्रममा नेफ्स्कूनका वरिष्ठ अधिकृत नवीनराज दहालले सहकारी सञ्चालनको लागि गरिएको व्यवस्था, व्यवस्थित रुपमा सहकारी सञ्चालन गर्ने तरिका, संशोधन सहितको सहकारी ऐन, प्रतिष्ठापन विद्येयक लगायतका विषयमा प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. पाल्पाका अध्यक्ष जगदीश भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । अन्धकारमुक्ति साकोसका अध्यक्ष सागर प्रसाद देवकोटाले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सञ्चालन महासचिव वसन्त प्रसाद ढकालले गर्नु भएको थियो । नमस्ते पाल्पा होटलको सभाहलमा भएको कार्यक्रममा रामपुर नगर भित्र रहेका सहकारी संस्थाका अध्यक्ष तथा पदाधिकारी र व्यवस्थापकहरुको उपस्थिति रहेको थियो ।


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

९ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

११ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

११ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३३ दिन अगाडि

पाठकबाट थप