भक्तपुरमा साकोसहरुका लागि Credit Union Risk Based Supervision-CURBS अभिमुखिकरण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भक्तपुरमा साकोसहरुका लागि Credit Union Risk Based Supervision-CURBS अभिमुखिकरण 

भक्तपुर । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. भक्तपुरको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को साझेदारी कार्यक्रम अन्र्तगत आज जोखिममा आधारित साकोस सुपरिवेक्षण (Credit Union Risk Based Supervision-CURBS) सम्बन्धी अभिमुखीकरण कार्यक्रम रोयल थाई हस्पिटालिटी, राधेराधेमा सम्पन्न भएको छ । 

कार्यक्रममा उद्घाटन मन्तव्य राख्दै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का कोषाध्यक्ष कान्छाभक्त घजुले सहकारी संस्था स्तरीकरण कार्यक्रममा आवद्ध हुँदा संस्थालाई नीति, नियम विपरीत जान दिदैन र संस्थाको वित्तीय पाटोको बारेमा सुक्ष्म विश्लेषण हुने कुरा बताउनुभयो । उहाँले संस्थाको सञ्चालक समितिको नियमित बैठकमा मासिक रुपमा पर्ल्स सहीत वित्तीय विवरण पेश गरी सोको बारेमा गहन छलफल गर्नुपर्ने बताउनुभयो । साथै नेपाल सरकारले जारी गरेको सहकारी ऐन र नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन तथा मापदण्डमा फरक फरक व्यवस्था हुुँदा सहकारी संस्थामा अन्यौलता रहेको बताउनुभयो । 

कार्यक्रममा संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजूले संघले कर्ब्स सम्बन्धी अभिमुखीकरण कार्यक्रम दोस्रो पटक आयोजना गरिएको र कर्ब्स, प्रोवेसन, एक्सेस जस्ता स्तरीकरण कार्यक्रमले संस्थाको स्तरोन्नति हुनुको साथै सदस्य, कर्मचारी, सञ्चालकको समेत सुरक्षण हुने विचार राख्नुभयो । 

नेफ्स्कूनका कार्यक्रम अधिकृत विदुर खड्काले साकोसमा हुने सम्भावित जोखिमको बारेमा प्रशिक्षण गर्नुहुँदै जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रमको बारेमा प्रस्तुतीकरण गर्नुभयो । कार्यक्रममा संघमा आवद्ध २२ वटा  संस्थाहरुका पदाधिकारी, व्यवस्थापक तथा उच्च तहका कर्मचारीहरु र संघका पदाधिकारी, कर्मचारी समेत गरी ३८ जनाको सहभागिता रहेको थियो । कार्यक्रमको औपचारिक कार्यक्रम संघका अधिकृत कृष्णश्वरी ह्यौंमिखाले सञ्चालन गर्नुभयो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

पाठकबाट थप