सहकारी विद्येयकसँग बाझिने गरि आएको राष्ट्र बैंकको निर्देशनमा तत्काल संशोधनको पहल गरिने महासंघको प्रतिवद्धता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी विद्येयकसँग बाझिने गरि आएको राष्ट्र बैंकको निर्देशनमा तत्काल संशोधनको पहल गरिने महासंघको प्रतिवद्धता

ललितपुर । राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले नेपाल राष्ट्र बैंकद्वारा जारी बचत तथा ऋण सहकारी संस्था सम्बन्धी निर्देशन तथा मापदण्डमा समेटिएका अस्वभाविक र प्रतिस्थापन विद्येयक सँग बाझिने विषयहरुको तत्काल संशोधनका लागि पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राष्ट्र बैंकद्वारा जारी  निर्देशन तथा मापदण्डको विषयलाई लिएर आज महासंघको सभाहलमा आयोजित बचत तथा ऋण सहकारी अभियानकर्मीहरुबिचको वृहत छलफल कार्यक्रमका अवसरमा अध्यक्ष मल्लले सो विषयमा सरोकारवाला निकायहरुसँग चरणबद्ध  छलफल गरि तत्काल समाधानको निश्कर्ष निकाल्ने गरि भोलिबाटै काम शुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

छलफलमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून), बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.(बागमती प्रोस्कून), बागमती प्रदेश भित्रका जिल्ला बचत तथा ऋण सहकारी संघका प्रतिनिधिहरु, सहकारी बैंक, राष्ट्रिय सहकारी नियमन प्राधिकरण सहितको उपस्थिति रहेको थियो । 

छलफलका क्रममा नेफ्स्कूनले बचत तथा ऋण सहकारी अभियानको तर्फबाट सहकारी ऐनको व्यवस्था विपरित नेपाल राष्ट्र बैंकले निर्देशन तथा मापदण्ड जारी गरी बचत ऋण सहकारी अभियानको योगदानको अबमूल्यन गरेको विषयप्रति तत्काल संशोधन गरिनुपर्ने माग सहित अभियानको ऐक्यबद्ध सुझाव महासंघ समक्ष बुझाएको छ । 

छलफलमा सहभागी प्राधिकरणका सदस्य सचिव रविन ढकाललाई अभियानको तर्फबाट नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकाल र बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले राष्ट्र बैंकको निर्देशन तथा मापदण्ड तत्काल संशोधनको लागि पहल अगाडि बढाउन अथवा प्राधिकरण मार्फत विज्ञप्ती जारी गरेर बचत ऋण सहकारी अभियानमाझ स्पष्ट सन्देश प्रवाह गरिनुपर्नेमा समेत ध्यानाकर्षण गराउनुभएको थियो । 

अभियानको तर्फबाट नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले ऐनको व्यवस्था विपरित निर्देशन जारी भएकोले ऐन बमोजिम निर्देशन संशोधन हुनुपर्ने विषयहरु छलफलका क्रममा राख्नुभएको थियो । निर्देशनमा तत्काल संशोधन हुनुपर्ने विषयहरुमध्ये केही विषय जस्तै, संघहरुले सहकारी ऐन र नियमावली बमोजिम सदस्यता प्रदान गर्ने व्यवस्था भएकोमा निर्देशन सो व्यवस्थाको प्रतिकुल देखिएको, ऋण नोक्सानी व्यवस्था, धितो सकार गरेको सम्पत्ति सम्बन्धी व्यवस्था, सहकारी ऐन, २०७४ को दफा ५० मा उल्लेखित व्यवस्था प्रतिकुल हुने गरी निर्देशनले संघहरुले आफ्ना सदस्यहरुसँग गरेको कारोबारलाई तरलता कायम गर्न नपाउने व्यवस्था, तेश्रो पक्षको धितोमा लगानी भएको ऋण व्यवस्थापनको समयावधि सम्बन्धी व्यवस्था तथा नेपालको संविधान एवम मुलुकी देवानी संहिताले नेपाली नागरिकहरुको लागि गरेको कानुनी व्यवस्थाको समेत प्रतिकुल रहेर निर्देशन जारी भएको विषय लगायत विविध विषयहरुमाथि अभियानको धारणा प्रस्तुत गर्नुभएको थियो । 

छलफलका क्रममा उपस्थित सम्पूर्ण सहभागीहरुले बचत तथा ऋण सहकारीका लागि नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशन तथा मापदण्ड जतिसक्दो छिटो संशोधन हुनुपर्ने जोडदार माग महासंघसमक्ष राख्नुभको छ ।  


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

९ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१० दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१० दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

११ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१९ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२६ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१० दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४१ दिन अगाडि

पाठकबाट थप