दिपज्योती साकोस तिलोत्तमाद्वारा निःशुल्क आँखा शिविर सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दिपज्योती साकोस तिलोत्तमाद्वारा निःशुल्क आँखा शिविर सञ्चालन

तिलोत्तमा । तिलोत्तमा नगरपालिका–१ मा सञ्चालित श्री दिपज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारी दिवसको अवसरमा निःशुल्क आँखा परिक्षण शिविर सञ्चालन गरेको छ । साकोसको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सदस्य स्वास्थ्य सेवामा सहयोग पुर्याउने उद्देश्यसहित जेष्ठ सदस्यहरुलाई बिशेष लक्षित गरि आँखा शिविर कार्यक्रम सञ्चालन गरिएको साकोसका अध्यक्ष हुमनाथ पाण्डेले जानकारी गराउनुभयो । तिलोत्तमा नगरपालिकाका वडा नम्बर १ र २ वडाबाट सहभागिता रहेको शिविरमा ३ सय ३५ भन्दा बढी सदस्यहरुले आँखाको स्वास्थ्य जाँच गराएका थिए ।

शिविरमा आँखा तथा चस्मा जाँच, मधुमेह भएका बिरामीको आँखाको पर्दा रेटिनाको जाँच, निःशुल्क औषधिक वितरण, मोतीबिन्दु छनौंट र ४० बर्ष माथि उमेरका आँखाका विरामीहरुको सुगर तथा ब्लड प्रेसरको जाँच गराईएको थियो । श्री दिपज्योती साकोसको आयोजनामा गरिएको उक्त शिविरमा लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्था रण अम्बिका शाह अस्पताल भैरहवाको प्राविधिक सहयोगमा सो शिविर सञ्चालन भएको सचिव ललिता क्षेत्रीले बताउनुभयो । सदस्यहरुको स्वस्थ आँखाका लागि श्री दिपज्योती साकोसको आयोजनामा हातेमालो गरि लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्था रण अम्बिका शाह अस्पताल भैरहवाले प्रदान गर्नुभएको सेवा सहयोगप्रति साकोसले आभार प्रकट गरेको थियो ।

स्वास्थ्य उपसमिति संयोजक झुम प्रसाद थापाको अध्यक्षतामा भएको सो शिविर कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिलोत्तमा वडा नम्बर १ का अध्यक्ष फर्सुराम गिरीले सहकारीले सामाजिक दायित्व मार्फत समाजमा रहेका व्यक्तिहरुको आँखा जस्तो संबेदनशील अंग परिक्षण गर्ने, औषधी बितरण गर्ने जस्ता क्रियाकलाप गरेको प्रति धन्यबाद दिंदै सहकारीको प्रगतिको कामना गर्नुभएको थियो । कार्यक्रममा संस्थाको तर्फबाट उपाध्यक्ष सन्दिप भट्टराई, शिक्षा उपसमिति संयोजक कृष्ण कंडेल तथा प्राबिधिक तर्फ नेत्र अधिकृत अमर गौतम, सुसन नकर्मी, जेपी कुर्मी, सुनिल श्रीवास्तव, विश्वराज थापा, झरना रायमाझी, शुसिला ओली, सब्बिर हुसैन, भाग्यश्री यादवको सहभागिता रहेको थियो । 

सकोसले आफ्नो सामजिक दायित्व अनुसार अनाथ आश्रममा खाद्यान्न सामाग्री सहयोग, किसान तथा सदस्यहरुलाई करेसाबारी तथा कौसीखेती तालिम, सहकारी शिक्षा तालिम, स्वास्थ्य शिविर, रक्तदान, सामुदायिक स्कुलका विद्यार्थीलाई छात्रवृत्ति, सामाग्री तथा झोला बितरण आदि कार्यहरु निरन्तर गर्दै आएको छ । कार्यक्रमको सञ्चालन सचिव ललिता क्षेत्रीले गर्नुभएको थियो ।
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप