किसान साकोसद्वारा सदस्यहरुका लागि २ हजार २ वटा कुरिलोको बिरुवा वितरण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
किसान साकोसद्वारा सदस्यहरुका लागि २ हजार २ वटा कुरिलोको बिरुवा वितरण

नविन सुवेदी 

गैँडाकोट । किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चैत्र २७ गते, बिहिबार सदस्यहरुका लागि कुरिलोको बिरुवा वितरण गरेको छ । किसान पूर्ण सदस्य वडा कार्यक्रम अन्तर्गत विजयनगर सेवा केन्द्रको सभाहलमा एक कार्यक्रमका बीच गैंडाकोट  नगरपालिका वार्ड नं ८ मा रहेका ११ वटा टोलका १ हजार १ घरधुरीलाई २ हजार २ वटा कुरिलोको बिरुवा वितरण गरेको हो ।

विजयनगर सेवा केन्द्र संयोजक डिलाराम सापकोटाले सदस्यहरूलाई रोगव्याधि लागेर धेरै अस्पताल गइरहने हुँदा त्यसलाई आहार विहारमा केही सुधार गर्न सकिन्छ कि भनेर कुरिलो वितरण गरिएको जानकारी दिनुभयो। कुरिलोले रोगसँग लड्न सक्ने क्षमता बढाउने भएकोले सदस्यहरुलाई कुरिलो नै वितरण गरिएको सापकोटाले बताउनुभयो । किसान किचनसम्म पुग्ने अभियान स्वरुप यो कार्यक्रम गरी कुरिलो वितरण गरिएको सापकोटाको भनाइ छ । 

कार्यक्रममा गैँडाकोट नगरपालिका वार्ड नं ८ का वडाध्यक्ष प्रेम सापकोटाले सबै सदस्यहरूलाई कुरिलो वितरण गरेसँगै सबै सदस्यको भान्सामा स्वस्थ तरकारी हुने र कसले दिएको भन्दा किसानले दिएको भन्दा सबै सदस्यहरुले किसानलाई सम्झने बताउनुभयो । सापकोटाले किसानले अहिले कुरिलो वितरण गरेको छ भने अर्को वर्ष गिठा वितरण गरोस भन्ने सुझाव दिनुभएको छ ।

त्यस्तै कार्यक्रममा गैडाकोट नगरपालिकाका सहकारी शाखा प्रमुख देवेन्द्र गौतमले किसानले किसानसँग जोडिनु राम्रो भएको बताउनुभएको छ । उहाँले यस्ता कार्यक्रमहरुले संस्था सदस्यसँगै जोडिने माध्यम बन्ने बताउँदै यसरी सदस्यसँग संस्था सधैं केही न केही गरेर जोडिँदै जाने र सदस्यको विश्वास आर्जन गर्ने बताउनुभयो । 

त्यस्तै कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष श्रीहरि चालिसेले समुदायसँग किसान र समुदाय प्रतिको चासोको सिद्धान्तबाट अभिप्रेरित भएर विभिन्न स्तरका कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताउनुभयो । 

करिब ५२ हजार रुपैयाँ बराबरको कुरिलोका बिरुवा संस्थाले टोल विकास मार्फत सदस्यहरुलाई उपलब्ध गराएको हो। कार्यक्रममा गैंडाकोट नगरपालिका वडा नम्बर ८ का सञ्जाल संयोजक एवं विजयनगर टोल विकास संस्थाका अध्यक्ष शशीधर न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको सहजीकरण समूह संरचना तथा बजार प्रावधान विभाग प्रमुख प्रेमप्रसाद अधिकारीले गर्नुभएको थियो।

विजयखबर पत्रिकाबाट साभार ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

७ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

८ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

९ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

९ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१५ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२४ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३२ दिन अगाडि

पाठकबाट थप