किसान साकोसद्वारा सदस्यहरुका लागि २ हजार २ वटा कुरिलोको बिरुवा वितरण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
किसान साकोसद्वारा सदस्यहरुका लागि २ हजार २ वटा कुरिलोको बिरुवा वितरण

नविन सुवेदी 

गैँडाकोट । किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चैत्र २७ गते, बिहिबार सदस्यहरुका लागि कुरिलोको बिरुवा वितरण गरेको छ । किसान पूर्ण सदस्य वडा कार्यक्रम अन्तर्गत विजयनगर सेवा केन्द्रको सभाहलमा एक कार्यक्रमका बीच गैंडाकोट  नगरपालिका वार्ड नं ८ मा रहेका ११ वटा टोलका १ हजार १ घरधुरीलाई २ हजार २ वटा कुरिलोको बिरुवा वितरण गरेको हो ।

विजयनगर सेवा केन्द्र संयोजक डिलाराम सापकोटाले सदस्यहरूलाई रोगव्याधि लागेर धेरै अस्पताल गइरहने हुँदा त्यसलाई आहार विहारमा केही सुधार गर्न सकिन्छ कि भनेर कुरिलो वितरण गरिएको जानकारी दिनुभयो। कुरिलोले रोगसँग लड्न सक्ने क्षमता बढाउने भएकोले सदस्यहरुलाई कुरिलो नै वितरण गरिएको सापकोटाले बताउनुभयो । किसान किचनसम्म पुग्ने अभियान स्वरुप यो कार्यक्रम गरी कुरिलो वितरण गरिएको सापकोटाको भनाइ छ । 

कार्यक्रममा गैँडाकोट नगरपालिका वार्ड नं ८ का वडाध्यक्ष प्रेम सापकोटाले सबै सदस्यहरूलाई कुरिलो वितरण गरेसँगै सबै सदस्यको भान्सामा स्वस्थ तरकारी हुने र कसले दिएको भन्दा किसानले दिएको भन्दा सबै सदस्यहरुले किसानलाई सम्झने बताउनुभयो । सापकोटाले किसानले अहिले कुरिलो वितरण गरेको छ भने अर्को वर्ष गिठा वितरण गरोस भन्ने सुझाव दिनुभएको छ ।

त्यस्तै कार्यक्रममा गैडाकोट नगरपालिकाका सहकारी शाखा प्रमुख देवेन्द्र गौतमले किसानले किसानसँग जोडिनु राम्रो भएको बताउनुभएको छ । उहाँले यस्ता कार्यक्रमहरुले संस्था सदस्यसँगै जोडिने माध्यम बन्ने बताउँदै यसरी सदस्यसँग संस्था सधैं केही न केही गरेर जोडिँदै जाने र सदस्यको विश्वास आर्जन गर्ने बताउनुभयो । 

त्यस्तै कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष श्रीहरि चालिसेले समुदायसँग किसान र समुदाय प्रतिको चासोको सिद्धान्तबाट अभिप्रेरित भएर विभिन्न स्तरका कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताउनुभयो । 

करिब ५२ हजार रुपैयाँ बराबरको कुरिलोका बिरुवा संस्थाले टोल विकास मार्फत सदस्यहरुलाई उपलब्ध गराएको हो। कार्यक्रममा गैंडाकोट नगरपालिका वडा नम्बर ८ का सञ्जाल संयोजक एवं विजयनगर टोल विकास संस्थाका अध्यक्ष शशीधर न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको सहजीकरण समूह संरचना तथा बजार प्रावधान विभाग प्रमुख प्रेमप्रसाद अधिकारीले गर्नुभएको थियो।

विजयखबर पत्रिकाबाट साभार ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप