नवलपरासीको शुभलक्ष्मी साकोस ‘कर्ब्स’ कार्यक्रममा आवद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नवलपरासीको शुभलक्ष्मी साकोस ‘कर्ब्स’ कार्यक्रममा आवद्ध

सुनवल नगरपालिका - ५, बनकट्टीमा रहेको शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. ले नेफ्स्कूनद्वारा सञ्चालित जोखिममा आधारित साकोस सुपरिवेक्षण (कर्ब्स) कार्यक्रममा आबद्धता जनाएको छ । आज,  चैत्र २९ गते साकोस कक्षमा आयोजित एक कार्यक्रमका बीच साकोसका अध्यक्ष गंगा बहादुर गुरुङ र नेफ्स्कून रुपन्देही सदस्य सेवा कार्यालयका बरिष्ठ सहायक नेत्र प्रसाद सापकोटाले कार्यक्रम सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले विकास गरेको जोखिममा आधारित साकोस सुरपरिवेक्षण कार्यक्रम ‘कर्ब्स’ ले साकोसको वित्तीय एवम् सामाजिक सुरक्षाको प्रत्याभूतिका लागि साकोस सञ्चालनमा विद्यमान वित्तीय एवं गैरवित्तीय जोखिमको पूर्वानुमान र व्यवस्थापनको काम गर्दछ । बचत तथा ऋण सहकारीको अनुगमन एवं सुधारात्मक पहलकदमीका लागि विकास गरिएको सुपरिवेक्षण औजारमा वित्तीय र सुशासन व्यवस्थापनका गरि ७५ वटा सूचकहरुको परीक्षण मार्फत जोखिम वर्गीकरण, मूल्यांकन र आवश्यक पृष्ठपोषणहरु प्रदान गरि जोखिम न्यूनिकरणका उपायहरुको खोजी र समाधान अवलम्बन गरिन्छ । पछिल्लो समय नेफ्स्कूनमा आबद्ध सदस्यहरु संघद्वारा सञ्चालित जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम ‘कर्ब्स’ मा सहभागी हुने क्रम बढ्दो छ ।   

कार्यक्रम सम्झौतापत्र हस्ताक्षर कार्यक्रमका अवसरमा उपस्थित साकोसका उपाध्यक्ष यम प्रसाद पाण्डे, सचिव घनश्याम ज्ञवाली, कोषाध्यक्ष निम बहादुर शाही, सञ्चालक समिति सदस्यहरु, शिव प्रसाद भट्टराई, बिमला खरेल मनमाया गुरुङ, दधिराम सुनार, लेखा सुपरिवेक्षण समिति सदस्यहरु, मिलन कुमार गुरुङ, ज्योती पौडेल क्षेत्री, व्यवस्थापक अस्मिता श्रेष्ठ लाकौल र नेफ्स्कून भूमहि सेवा केन्द्रकी बरिष्ठ सहायक कल्पना भण्डारीले सम्झौताको रोहबरमा हस्ताक्षर गर्नुभएको छ । 

१ हजार ३ सय सदस्यहरुमा वित्तीय सेवा प्रदान गरेको शुभलक्ष्मी साकोसको कुल सम्पत्ती रु. १७ करोड २५ लाख पुगेको छ । साकोसको शेयरपुँजी र. १ करोड १४ लाख ७४ हजार ८ सय, कुल बचत रु. १४ करोड ३७ लाख र ऋण लगानी रु. १३ करोड ५७ लाख रहेको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप