बचत फिर्ताका लागि पहल गरिने महासंघको प्रतिबद्धता
महासंघ  र सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानबीच छलफल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महासंघ  र सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानबीच छलफल

ललितपुर । राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले बिहीबार सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ । छलफल समस्याग्रस्त सहकारी संस्थाहरूमा अड्किएको बचत फिर्ता गराउने विषयमा केन्द्रीत थियो । अध्यक्ष मल्लले बचतकर्ताहरूको रकम फिर्ता गराउने विषयलाई महासंघले गम्भीरताका साथ लिएको बताउँदै, सरकारले यस सम्बन्धमा केही कदम चालिसकेको र महासंघले थप प्रभावकारी रूपमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

“सहकारी सदस्यहरूको बचत फिर्ता गराउनका लागि सरकार र सम्बन्धित नियमनकारी निकायहरूसँग निरन्तर समन्वय भइरहेको छ । कतिपय विषय सरकारले सम्बोधन गरिसकेको छ, तर महासंघको तर्फबाट अझै सशक्त रूपमा यो विषय उठाउने छु ।’

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलभ केसीले लामो समयदेखि समस्याग्रस्त सहकारी संस्थाहरूका कारण हजारौं बचतकर्ताले आफ्नो रकम फिर्ता पाउन नसकेको परिस्थितिमा गहिरो चिन्ता व्यक्त गर्नुभयो । उहाँले बचतकर्ताहरूको बचत सुरक्षित गर्न तथा फिर्ता पाउने अवस्था सिर्जना गर्न सरकार, महासंघ, नियमनकारी निकायहरू र सबै सरोकारवाला पक्षहरूले समन्वय गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

अभियानका पदाधिकारीहरूले राष्ट्रिय सहकारी महासंघलाई बचत फिर्ताका लागि सरकारसँग गम्भीर रूपमा पहल गरिदिन अनुरोध गरेका थिए । उनीहरूले सहकारी क्षेत्रको विश्वसनीयता जोगाउन तथा सदस्यहरूको विश्वास पुनःस्थापित गर्न समेत मिलेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष मल्लले महासंघ र अभियानबीचको छलफललाई निरन्तरता दिँदै समस्या समाधानको प्रभावकारी उपाय पहिचान गर्न आवश्यक रहेको बताउनुभयो ।

उक्त छलफल कार्यक्रममा महासंघ, कास्कून र सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका प्रतिनिधिहरु सहभागी थिए । छलफलमा सहभागी प्रतिनिधिहरुले सहकारी बचतकर्ताहरूका समस्याहरू समाधान गर्न सरकार, महासंघ तथा सम्बन्धित निकायहरूबिच थप प्रभावकारी समन्वय आवश्यक रहेको निष्कर्ष निकालेका थिए ।
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप