महासंघकी अध्यक्ष मल्ललाई पाँच तारा साकोसको राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महासंघकी अध्यक्ष मल्ललाई पाँच तारा साकोसको राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान  

काठमाडौं । काठमाडौंको पुरानो सिनामंगलमा रहेको पाँच तारा बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो १७औं स्थापना दिवसका अवसरमा राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्ललाई ‘पाँच तारा राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान २०८१’ बाट सम्मानित गरेको छ । ‘अग्रजको सम्मान सभ्यताको पहिचान’भन्ने नाराका साथ संस्थाले १७ औं बार्षिकोत्सवको अवसरमा अध्यक्ष मल्ललाई ५१ हजार १ सय ११ रुपैँयाँ नगद सहित ताम्रापत्रले सम्मान गरेको हो ।

संस्थाका अध्यक्ष भोला नाथ पाठकको अध्यक्षता तथा  राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष दिपक प्रकाश बाँस्कोटाको प्रमुख आतिथ्यतामा चैत्र ३१ गते आयोजित कार्यक्रममा  प्रमुख अतिथि बाँस्कोटाले अध्यक्ष मल्ललाई सम्मान प्रदान गर्नुभएको थियो । 

अध्यक्ष मल्लले सरकारले गर्नुपर्ने काम प्रारम्भिक सहकारी संस्थाले गरेको भन्दै सहकारी अभियानमा योगदान गर्ने अभियान्ताहरुलाई सम्मान गर्ने सोच सकरात्मक रहेको बताउनुभयो । उहाँले प्राप्त सम्मानले सहकारी अभियानमा थप जिम्मेवारी बोध भएको भनाई राख्नुभयो । 

सदस्य र समुदाय केन्द्रीत संस्थाले सहकारी मूल्य, मान्यता र सिद्धान्तमा सञ्चालित भई समाजमा राम्रो छाप छाड्न सकेका छन्, तर अहिले सहकारी क्षेत्र विषम परिस्थितिबाट गुज्रेको र वितेका केही बर्ष यो क्षेत्रले थुप्रै कुराको सामना गर्नु परेको उहाँको भनाई थियो । सहकारी क्षेत्रको समस्या समाधान गर्न सरकार र अभियानसँगै मिलेर हिडेको र क्रमश केही सुधार गर्दै लगेको समेत उहाँले बताउनुभयो । सरकारले सहकारी क्षेत्रको समस्या समाधान गर्न प्रतिस्थापन विधेयक मार्फत् ऐन संशोधन गरेको भन्दै अध्यक्ष मल्लले अभियानले उठाएका केहि  कुरा त्यस मार्फत सम्बोधन भएको उहाँको भनाई थियो । 

सहकारी क्षेत्रको नियमनको लागि सहकारी प्राधिरकण गठन भई सकेकाले बचत ऋणको कारोबार गर्ने सहकारी संस्थाहरु रि रजिष्ट्रेशन गरी नियमन तथा अनुगमन प्राधिकरण मार्फत गर्ने तयारी भएको पनि अध्यक्ष मल्लले जानकारी गराउनभुयो । सहकारी लागि कर्जा सूचना केन्द्र, ऋण असुली न्यायाधिकरण, बचत तथा कर्जा सुरक्षण कोष स्थापनाको लागि समेत पहल  भई राखेको र सरकारले छिट्टै ल्याउने जानकारी  गराउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष एवंम कार्यक्रमका प्रमुख अतिथि दिपकप्रकाश बाँस्कोटाले पवित्र र स्वायत्त सहकारी क्षेत्रलाई सरकारले हस्तक्षेप गर्न खोजेको भन्दै यसलाई राजनीतिकरण हुनुबाट जोगाउनुपर्नेमा जोड दिनुभएको थियो । सहकारी संस्थाले गरेको वित्तीय अपचलनका कारण सहकारीको स्वायत्तता र स्वःनियमनलाई मार्ने गरी सरकार अगाडि बढको भन्दै सरकारको हस्तक्षेपबाट सहकारी क्षेत्र जोगाउनुपर्नेमा सबैको ध्यानाकर्षण हुनुपर्ने बताउनुभएको थियो । 

सहकारी संस्थाले घर जग्गा खरिद र ठुलो वासलात बनाउनेतर्फ भन्दा पनि सहकारी मूल्य, मान्यता र सिद्धान्त अनुसार अगाडि लैजानु पर्नेमा उहाँको जोड थियो । सहकारीमा लागेर राजनीतिककरण, सामाजिक अपराध र भ्रष्टचार नगर्न पनि सहकारीकर्मीहरुलाई उहाँले सुझाव थियो । सहकारीले अध्यादेश मार्फत सहकारी ऐन परिमार्जन गरी राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गरेको भए पनि प्राधिकरणको अध्यक्ष मन्त्रालयका सचिव नै हुने व्यवस्थाले सहकारीको नियमन तथा अनुगमन प्रभावकारी नहुने उहाँले बताउनुभयो ।

पाँच तारा सहकारीमा महिला सहभागिता उल्लेख रहेको भन्दै उनले महिलाको संख्यालाई अझ बढाउन उहाँको सुझाव छ । महिलाहरु वित्तीय रुपमा अनुशासित हुने र उनीहरुले सञ्चालन गरेको संस्था सुरक्षित रेहको उहाँको भनाई थियो । 
पाँच तारा सहकारीले बचत ऋणको मात्र कारोबार नगरी समुदाय र समाजको लागि समेत उल्लेख योगदान गरेकोमा बाँस्कोटाले खुलेर प्रशंसा गर्नुभएको थियो ।

कार्यक्रमका विशिष्ट अथिति तथा सहकारी महासंघका निवर्तमान अध्यक्ष मिनराज कँडेलले मुलुकमा रहेका कुल सहकारी मध्ये ६५ प्रतिशत सहकारी संस्थाले वित्तीय कारोबार गर्दै आएको बताउनुभयो । उहाँले ३१ हजार सहकारी मध्ये डेढ दुई सय सहकारी संस्थामा मात्र समस्या आएको र बाँकी सहकारीले समाजमा राम्रो काम गरेको बताउनुभयो ।

२०६४ साल चैत्र २० गते संस्था दर्ता गरी बैशाख १ गतेबाट पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुमाझ वित्तीय कारोबार सुरु गरेको साकोसका अध्यक्ष पाठकले बताउनुभयो ।  संस्था स्थापना गरेको बर्षबाट नै साकोसले सहकारी अभियान्ता सम्मान कार्यको थालनी गरेको र यस पटकको सम्मान १६ औं सम्मानको रुपमा रहेको उहाँले जानकारी गराउनुभयो । संस्थाले चिनजान र सहयोग गर्नेहरुलाई नभई सहकारी अभियानमा योगदान गर्ने व्यक्तिहरुको पहिचान गरेर सम्मान गर्दै आएको अध्यक्ष पाठकले जानकारी दिनुभयो । सहकारी अभियानमा लागेर समाजको लागि योगदान गर्नेलाई सरकारले सम्मान नगरे पनि प्रारम्भिक संस्थाले भए पनि सम्मान गर्नुपर्छ भन्ने कुराको थालनी पाँच ताराले गरेको उहाँको भनाई छ । यसका साथै संस्थाले रक्तदान, सरसफाई, सहकारी शिक्षा जस्ता विविध कार्यक्रमको आयोजना गरी प्रत्येक बर्ष स्थापना दिवस मनाउने गरेको छ । 
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप