सिद्धि गणेश साकोसद्वारा सदस्यहरुका लागि नेपाल भाषा रञ्जना लिपि तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिद्धि गणेश साकोसद्वारा सदस्यहरुका लागि नेपाल भाषा रञ्जना लिपि तालिम सञ्चालन

भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्ना युवा सदस्यहरुलाई नेपाल भाषा रञ्जना लिपि तालिम प्रदान गरेको छ । साकोसमा आबद्ध प्रत्येक सदस्यहरुलाई विभिन्न सिपमुलक तालिम प्रदान गरेर दक्ष र क्षमता अभिवृद्धि गर्दै आयमुलक कामहरुमा अभिप्रेरित गर्ने उद्देश्यले तालिम आयोजना भएको साकोसले जनाएको छ । साकोसको यातु गणेश सेवाकेन्द्र व्यवस्थापन उपसमितिको आयोजनामा चैत्र २९ गते सञ्चालित तालिम कार्यक्रमका अवसरमा बोल्दै अध्यक्ष रुद्र नारायण लाखाले सदस्यहरुलाई परिवर्तित समय र अवस्था सँगै बढ्दो जिम्मेवारी व्यवस्थापनका लागि विभिन्न तालिम मार्फत दक्ष बनाउनुपर्ने आवश्यकता औल्याउनुभयो । 

अध्यक्ष लाखाले संस्था सदस्यहरुको हरेक वित्तीय समस्याको सर्वोत्कृष्ट समाधान गर्ने परिकल्पनाका साथ अघि बढि रहेको उल्लेख गर्नुहुँदै संस्था समुदायमा आधारित भई समुदायको हित र विकासका लागि निरन्तर लागि रहेको बताउनुभयो । उहाँले संस्थाका प्रत्यक सदस्यहरुलाई दक्ष बनाउन निरन्तर सिपमुलक, क्षमता अभिबृद्धि तथा आयमुलक तालिम सञ्चालन गर्दै आईएको र बढ्दो उमेर संग बढ्दो जिम्मेवारीका कारणले समय व्यवस्थापन गर्न कठिन हुने भएकोले युवा अवस्थामै विभिन्न तालिममा समावेश हुनुपर्ने विचर व्यक्त गर्नुभयो ।

कार्यक्रमका सभापति संस्थाका सञ्चालक सदस्य एवं उपसमितिका संयोजक रमेश दुमरुले यातु गणेश सेवाकेन्द्र संस्थाका पूर्वी भेगका सदस्यहरुको सेवाको लागि स्थापना भएको बताउँदै सहकारी संस्थाहरुले आर्थिक कारोवारमा मात्र सिमित नभई सदस्यहरु एवं समाजको विकास हुने कार्यमा पनि जोड दिनुपर्ने बताउनुभयो । उहाँले उपसमितिबाट नेपाल भाषा रञ्जना लिपिको प्रवद्र्धन एवं विकासको निम्ती विगतमा पनि तालिमहरु सञ्चालन गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाईले सहकारी क्षेत्रको विकासका लागि संस्थाका सञ्चालक र कर्मचारीले मात्र नभई सदस्यहरुले पनि सहकारी सम्बन्धी जारी भएका संसोधित ऐन, नियमावली, निर्देशन तथा मापदण्ड सम्बन्धी जानकार हुनुपर्ने बताउनुभयो । साथै हालै नेपाल रााष्ट्र बैंकले जारी गरेको निर्देशन तथा मापदण्ड, २०८१ विद्यमान सहकारी ऐन २०७४ र नियमावली २०७५ मा भएको व्यवस्था अनुरुप बाँझिएका केहि बुदाँहरु बारेमा जानकारी गराउनुभयो ।

कार्यक्रममा तालिमका प्रशिक्षक किशोर गोसाईले जुन सुकै तालिममा प्रशिक्षार्थीहरुको सक्रिय सहभागिता हुँदा प्रशिक्षक पनि उत्साहित र प्रेरित हुने बताउनुभयो । उहाँले शिलालेख तथा अन्य नेपाल भाषाका किताबहरुमा रञ्जना लिपि भन्दा प्रचलित लिपिको बढि प्रयोग हुने जानकारी दिनुहुँदै तालिममा सिकेका ज्ञान अरुलाई पनि सिकाए मात्र तालिम सफल हुने बताउनुभयो । उहाँले तालिममा सिकेको ज्ञानको थप अनुसन्धान गरी लिपिको प्रवद्र्धन र विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा उपसमितिका सदस्य कमल कोजु, संस्थाका कार्यक्रम तथा प्रवद्र्धन अधिकृत बिमल लवजु र प्रशिक्षार्थी अम्बिका न्याइच्याईले पनि बोल्नुभएको थियो ।
 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप