काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका सचिव रविन ढकाललाई नेफ्स्कूनमा स्वागत गरिएको छ । प्राधिकरणका सचिव ढकाललाई आज दिउसो नेफ्स्कून केन्द्रीय कार्यालय, नयाँ बानेश्वरमा आयोजित एक संक्षिप्त कार्यक्रमकाबीच स्वागत गरिएको हो । कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटा उपस्थित हुनुहुन्थ्यो । स्वागत तथा छलफल कार्यक्रममा सचिव ढकाल र नेफ्स्कूनबिच नेपाल राष्ट्र बैंकद्वारा जारी नयाँ निर्देशन तथा मापदण्डको विषय केन्द्रित कुराकानी भएको संघका सिईओ सापकोटाले साकोस आवाजलाई जानकारी गराउनुभयो । छलफलका क्रममा सचिव ढकालले बचत तथा ऋण सहकारी संघहरुका क्रियाकलापलाई संशोधित सहकारी ऐनमा भएको व्यवस्था बमोजिम प्राथमिकता दिने गरि प्राधिकरणले आफ्ना कार्यगतिविधिहरु अगाडि बढाएको विश्वास दिलाउनुभएको सिइओ सापकोटाले जानकारी गराउनुभयो ।
नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन तथा मापदण्डका केही बुँदाले बचत संघहरुको वित्तीय कारोबारमा असहजता ल्याउने भन्दै संशोधनको माग सहकारीकर्मीहरुले राख्दै आएका छन् । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको चैत्र ४ गतेको निर्णय अनुसार बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाहरूका लागि नयाँ निर्देशन तथा मापदण्ड २०८१ जारी गरेपछि सहकारी क्षेत्रमा अन्यौलता उत्पन्न भएको थियो । यसै विषयलाई लिएर नेफ्स्कून, बागमती प्रोस्कून, जिल्ला बचत संघहरु र साथमा राष्ट्रिय सहकारी महासंघ समेतको नेतृत्वमा निर्देशनको संशोधन र सहकारी ऐन बमोजिमको भूमिका संघहरुलाई दिइनुपर्ने विषयमा वहश पैरवी भईरहेको छ ।
१६ घण्टा अगाडि
१८ घण्टा अगाडि
१८ घण्टा अगाडि
१९ घण्टा अगाडि
१९ घण्टा अगाडि
२१ घण्टा अगाडि
२२ घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
१९ घण्टा अगाडि
२१ घण्टा अगाडि
४ दिन अगाडि
१८ घण्टा अगाडि
११ दिन अगाडि