काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल मंगलबारबाट सेवा निवृत्त हुनुभएको छ । सचिवको ५ वर्षे सेवा अवधिका कारण उहाँको अनिवार्य अवकाश भएको हो । २०७७ वैशाख २ गते प्रशासन सेवाको विशिष्ट श्रेणी सचिवमा पोखरेलको बढुवा भएको थियो ।
उमेरहदका कारण अवकाश लिनुभएका सचिव पोखरेल राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष समेत हुनुहुन्थ्यो । सहकारी क्षेत्र सुधारका लागि प्रभावकारी नियमन संयन्त्र निर्माण गर्ने भूमिकामा पोखरेलले स्पष्ट धारणा राख्दै आउनुभएको थियो । उहाँले यस अघि राष्ट्रिय योजना आयोग, गृह मन्त्रालय र अन्य मन्त्रालयमा दीर्घकालीन सेवा अनुभव बटुल्नुभएको थियो ।
१ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
२ दिन अगाडि
६ दिन अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
१४ दिन अगाडि
५ दिन अगाडि
३ दिन अगाडि
१२ दिन अगाडि