सदस्यहरूको सुरक्षित, भरपर्दो र समावेशी सहकारी गन्तव्य बनाउने  प्रतिबद्धता: चन्द्रागिरि साकोस
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सदस्यहरूको सुरक्षित, भरपर्दो र समावेशी सहकारी गन्तव्य बनाउने  प्रतिबद्धता: चन्द्रागिरि साकोस

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा अवस्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.ले आज विविध कार्यक्रम गरि २४ औं स्थापन दिवस मनाएको छ । वि.सं. २०५८ साल बैशाख ६ गते साविक डिभिजन सहकारी कार्यालय काठमाडौमा दर्ता गरि विभिन्न पेशामा आबद्ध २५ जना सदस्यहरुमाझ वित्तीय कारोबार प्रारम्भ गरेको साकोस आज २२ हजारभन्दा बढी सदस्यहरुको दुःख सुखको सारथी बन्न सफल भएको छ । 

स्थापना दिवसका अवसरमा साकोसका अध्यक्ष शिवशंकर मानन्धरले चन्द्रागिरि साकोसलाई सदस्यहरूको सुरक्षित, भरपर्दों र समावेशी सहकारी गन्तव्य बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । साकोससले सोही अवसरमा आज पाटन सेवाकेन्द्र ठैबको उद्घाटन साथै गोदावरी न.पा. १४, ठैब सेवाकेन्द्रमा रक्तदान कार्यक्रमको समेत आयोजना गरेको छ । 

दर्ता कायम भएसँगै वि.सं.२०५८ बैशाख १३ गतेदेखि समुदायमा आधारित रहेर चन्द्रागिरि न.पा. ७ थानकोट महादेवस्थानमा अवस्थित मुख्य कार्यालयबाट औपचारिक कारोबार प्रारम्भ गरेको थियो । साकोसले हाल चन्द्रागिरि न.पा. १२, सृजनाचोकमा दहचोक सेवाकेन्द्र, ललिपुर म.न.पा. ३. पुल्चोकमा पाटन सेवाकेन्द्र, ललितपुर म.न.पा. १४, खुमलटारमा शुभतारा सेवाकेन्द्र, बुढानिलकण्ठ न.पा. ६ मा ओमन्स क्रियसन सेवाकेन्द्र र गोदावरी न.पा. १४, टैबमा टैब सेवाकेन्द्र रहेका छन् । साकोसले स्थापनाको २४ औं वर्ष पूरा गरेको गौरवपूर्ण दिनमा सहकारी मूल्य र सिद्धान्तप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तर रुपमा आत्मसाथ गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ । 

साकोसका अध्यक्ष शिवशंकर मानन्धरद्वारा हस्ताक्षरित प्रतिवद्धता पत्रमा भनिएको छ,'वि.स. २०५८ साल वैशाख ६ गते २५ जना सदस्यहरूबाट थोरै रकम संकलन गरी सुरु भएको यस संस्था आज २२ हजारभन्दा बढी सदस्यहरूको साझा थली, ३६३ करोड रुपैयाँ भन्दा बढी सम्पति, ३०० करोड रुपैयाँ भन्दा बढी सदस्यहरुको बचत, २२० करोड भन्दा बढी ऋण लगानी र २१ करोड भन्दा बढी संस्थागत तथा अन्य पूँजी सहित एक सबल, सुरक्षित र जिम्मेवार वितीय सहकारी संस्थाको रूपमा उभिन सफल भएको छ ।'

संस्थामा ५३ जना कर्मचारी, १३ जनाको सञ्चालक समिति, ३ जनाको लेखा सुपरिवेक्षण समिति तथा विभिन्न उपसमिति सक्रिय रूपमा क्रियाशील रहेका छन् ।

देशभर सहकारी क्षेत्रप्रति विश्वासको संकट गहिरिदो अवस्थामा रहेको समयमा पनि संस्था प्रति २२ हजार सदस्यहरूको अटूट विश्वास र वित्तीय सक्षमता कायम रहनुले साकोसको पारदर्शिता, जवाफदेहिता र सदस्य केन्द्रित सेवाप्रति देखाएको प्रतिबद्धताको उदाहरण रहेको साकोसले जनाएको छ । 

सहकारीका सिद्धान्तहरूलाई मार्गदर्शन बनाएर, न्यून आय भएका, श्रमिक, साना व्यवसायी तथा सिमान्तकृत वर्गलाई वित्तीय समावेशीकरणमा जोड्ने कार्यलाई सधै संस्थाको प्राथमिकतामा राखी ससानो बचत र सानो ऋणलाई लक्षित गर्दै सदस्यहरूलाई सुरक्षित, भरपर्दो र गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेका समेत कुरा प्रतिबद्धता पत्र मार्फत व्यक्त गरेको छ । 

साकोसले मोबाईल बैंकिङ्ग, एटिएम सेवा, सामाजिक सुरक्षा योजना लगायत नविनतम प्रविधिमा आधारित फिनटेक सेवाहरू मार्फत युवा सदस्यहरुलाई डिजिटल रुपान्तरणमा जोडने प्रयास जारी राखेको छ । 

साकोसले सबै सहकारी संस्थाहरूलाई एउटै दृष्टिकोणबाट मुल्यांकन गर्नु न्यायोचित नहुने भन्दै सिद्धान्त अनुरूप सञ्चालित सहकारीहरूको पहिचान, संरक्षण र प्रवर्द्धनमा राज्यको गम्भीर भूमिका आवश्यक रहेको विषयप्रति सरकारको ध्यानाकर्षण गराएको छ । साथै सदस्यहरूको अर्थिक, सामाजिक, सांस्कृतिक र पर्यावरणीय स्तरको अभिवृद्धि गर्दै, दिगो विकास लक्ष्यहरू (SDGs) को प्राप्तिमा यथासक्य योगदान पुयाउने अठोट समेत व्यक्त गरेको छ । 

अन्तमा, साकोसले २४ औं स्थापना दिवसको अवसरमा संस्थाका सदस्यहरू, संस्थापकहरू, पूर्व सञ्चालकहरू, कर्मचारी व्यवस्थापन टोली, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून), जिल्ला तथा प्रदेश स्तरीय छाता संघहरु, राष्ट्रिय सहकारी बैंक, सञ्चार क्षेत्र, नियामक निकायहरू तथा सम्पूर्ण सरोकारवालाहरू प्रति हार्दिक कृतज्ञता प्रकट गर्दै चन्द्रागिरि साकोसलाई सदस्यहरुको सुरक्षित, भरपर्दो र समावेशी सहकारी संस्था बनाउने प्रतिवद्धता व्यक्त गरेको छ । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप