मध्य नेपाल साकोसले बाल बचतकर्ता सदस्यहरुलाई दियो AI तथा Robotics सम्बन्धी अभिमुखिकरण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मध्य नेपाल साकोसले बाल बचतकर्ता सदस्यहरुलाई दियो AI तथा Robotics सम्बन्धी अभिमुखिकरण 

नवलपरासी । देवचुली-१४, प्रगतिनगरमा सञ्चालित मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि. ले साकोसका बाल बचतकर्ताहरुलाई एआई (AI) तथा रोबोटिक्स् (Robotics) र उद्घोषणकला सम्बन्धी अभिमुखिकरण गरेको छ । आज, वैशाख ५ गते शुक्रबारका दिन साकोसको सहभाहलमा आयोजित अभिमुखिरण कार्यक्रममा ७५ जना बाच बचतकर्ता सदस्यहरु सहभागी भएका थिए । 

सूचना प्रविधिको तीव्र विकासले नयाँ युगतर्फ प्रवेश गरिरहेको वर्तमान सन्दर्भमा एआई तथा रोबोटिक्स् प्रणालीतर्फ विश्वको ध्यान खिचिरहेको अवसरमा अवका नयाँ पुस्तालाई पनि त्यससम्बन्धी आधारभूत ज्ञानको आवश्यकता महशुस गर्दै साकोसले आफ्ना बाल बचतकर्ता सदस्यहरुलाई प्रविधि र कला क्षेत्रमा दक्ष बनाउने उद्देश्यसहित कार्यक्रम आयोजना गरेको जनाएको छ । साथै उद्घोषण कला व्यक्तिगत क्षमता विकासको महत्वपूर्ण पक्ष रहेकाले यी दुबै विषयलाई मध्यनजर गर्दै संस्थाले अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा सहभागीहरूलाई ब्क्ष् तथा च्यदयतष्अक सम्बन्धी आधारभूत जानकारी, उद्घोषण कलाले मासमा बोल्ने अभ्यास र आत्मविश्वास विकासमा सहयोग पुगेको विश्वास गरिएको छ ।

कार्यक्रमको अध्यक्षता साकोसका अध्यक्ष तुलमणी पौडेलले गर्नुभएको थियो भने कार्यक्रममा संस्थाका पदाधिकारी, सेवाकेन्द्र ब्यवस्थापन उप समिति, शिक्षा उप समिति, कर्मचारीहरूको उपस्थिति थियो । 

साकोसले आफ्नो २७औं वार्षिकोत्सवको पुर्वसन्ध्यामा कार्यक्रम आयोजना गरेको जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै साकोसका अध्यक्ष तुलामणी पौडेलले प्रविधिको युगमा अत्याधुनिक प्रविधिको आवश्यकतामा आधारित यस्ता कार्यक्रमहरूको आवश्यकता र महत्वका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रम सहजीकरण साकोसका सचिव डिलाराम पाण्डेले गर्नुभएको थियो भने उपाध्यक्ष तथा शिक्षा उप समिति संयोजक प्रेमाकुमारी खनालले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो । प्रमुख कार्यकारी अधिकृत नरभुपाल भुसालले संस्थागत गतिविधिबारे जानकारी दिनुभएको थियो ।

प्रशिक्षणको पहिलो सत्रमा प्रशिक्षक सौर्य पौडेलले एआई तथा रोबोटिक्स् को परिचय, विकासक्रम, वर्तमान प्रयोगका क्षेत्रहरू र विद्यार्थी जीवनमा यसको सम्भावित प्रयोगबारे सहज र प्रभावकारी तरिकाले प्रशिक्षण दिनुभएको थियो ।  सहभागीहरूले अत्यन्त उत्सुकताका साथ सहभागी भई विषयवस्तुको गहिरो अध्ययन गरेका थिए ।

दोस्रो सत्रमा उद्घोषण कला सम्बन्धी प्रशिक्षणका लागि प्रशिक्षक तथा शिक्षा उप समिति सदस्य सत्यराज अधिकारीले उद्घोषणमा आवश्यक प्रस्तुतीकरण कौशल, स्वर संयोजन, उच्चारण सुधार, आत्मविश्वास अभिवृद्धि र कार्यक्रम सञ्चालनका आधारभूत पक्षहरूमा प्रशिक्षण दिनुभएको थियो । 

अभिमुखिकरण कार्यक्रममा सहभागी साकोसका ७५ जना बाल बचतकर्ता सदस्यहरुले  प्रशिक्षण उपयोगी र व्यवहारिक रहेको प्रतिक्रिया दिएका छन् । धेरै सहभागीहरूले भविष्यमा यस्ता विषयगत प्रशिक्षणहरू दोहोर्याउनु पर्ने माग गरेका छन् । एआई तथा रोबोटिक्स र उद्घोषण कला जस्ता समसामयिक र व्यवहारिक विषयवस्तुमा आधारित प्रशिक्षण कार्यक्रमले सहकारी क्षेत्रलाई प्रविधिसँग जोड्दै जान महत्वपूर्ण भूमिका खेल्ने देखिएको छ । यस किसिमका कार्यक्रमहरूले संस्था, शेयर सदस्य, बाल बचतकर्ता सबैलाई सशक्त बनाउँदै लैजान सक्ने विश्वास साकोसको रहेको छ । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२४ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप