अघिल्लो समाचार

post
५३० दिन अगाडि
४ सय ७५ सहकारीलाई प्राविधिकीकरण गर्दै मिरा इआरपी 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
४ सय ७५ सहकारीलाई प्राविधिकीकरण गर्दै मिरा इआरपी 

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले शुरु गरेको मिरा इआरपी (MYRAERP)सफ्टवेयर सहकारी क्षेत्रको प्रविधि विकासमा प्रभावकारी सोलुसनको रुपमा रहेको छ । सदस्यहरुको आवश्यकता र चाहनालाई सम्बोधन गर्दै प्राविधिकीकरणको रणनीति मार्फत साकोसहरुमा प्रविधिको सहज पहुँच पुर्याउने उद्देश्यसहित विकास गरिएको मिरा इआरपी २०८० जेठमा कार्यान्वयन चरणमा प्रवेश गरेको हो । सहकारीको समग्र व्यवस्थापन एकै प्रविधि मार्फत गर्ने उद्देश्य अनुरुप सेवा शुरु गरेको मिरा इआरपीले हाल ४ सय ७५ सहकारीका ५ लाख बढी प्रत्यक्ष सदस्यहरुमा उच्चस्तरीय सफ्वेयर सेवा पुर्याएको छ । सफ्टवेयरको सेवा विस्तार सातै प्रदेशका ६५ जिल्लामा पुगेको छ । 
 
सुलभ र उच्चतम प्रविधिले सहकारीका सबै अवयवहरुमा प्राविधिकीकरण गर्न सफल हुने विश्वाससहित शुरु भएको मिरा इआरपीले प्रविधिको क्षेत्रमा उत्कृष्ट सेवा प्रवाह गरेको संघका महासचिव घनश्याम अधिकारीले साकोस आवाजसँगको कुराकानीमा भन्नुभयो, ‘सहकारीलाई कम शुल्कमा उच्च गुणस्तरीय प्रविधि दिनुपर्छ भन्ने मुल लक्ष्य सहित सहकारीको आवश्यता अनुसार मिरा इआरपीको सेवा विकास र विस्तार भइरहेको छ ।’ बचत तथा ऋण लगायत अन्य सहकारीहरुलाई प्रविधिमैत्री बनाउनका लागि आवश्यक सम्पूर्ण प्रविधि सेवा एकमुष्ट रुपमा दिने सोच र उद्देश्य सहित मिरा इआरपी सुरु गरिएको हो, उहाँले भन्नुभयो ।’ ‘सहकारीको सेवालाई पूर्ण प्रविधिमैत्री बनाउने र यसका लागि आवश्यक सबै सेवाहरु एकीकृत रुपमा दिने जुन सोचमा साथ काम शुरु भएको थियो, त्यसले पूर्णता पाउँदै गएको छ । थोरै सदस्य रहेका र सानो आकारमा कारोबार गर्ने सहकारीदेखि धेरै सदस्य भएका, ठूलो वित्तीय कारोबार गर्ने सहकारीहरुको लागि समेत सफ्टवेय उपयुक्त देखिएको छ ।’

सहकारीका लागि आवश्यक सम्पूर्ण प्राविधिक सेवा एकीकृत रुपमा उपलब्ध गराउने गरी कम्पनीले काम गरिरहेको नियोसिस टेक्नोलोजिका नि.कार्यकारी प्रमुख मनोज तिवारी बताउनुभयो । मुल मन्त्र भनेकै सेवाका रुपमा सफेटवेयर हो, यसमा प्राविधिक सहजीकरणको जिम्मा कम्पनीले लिएर सहकारीलाई सदस्य केन्द्रीत कारोबार गर्न प्रेरित गरेका छौं ।’ 

मिरा इआरपी रारा ल्याब प्रालिसँगको सहकार्यमा नियोसिस टेक्नोलोजीले विकास गरेको हो । क्लाउडमा आधारित र प्रोपर SaaS (Software as a Service) सिष्टममा बनेको मिरा इआरपी सहकारीका सबै किसिमका कामहरुलाई डिजिटल बनाउन सकिने टेक्नोलोजीका नि.कार्यकारी प्रमुख तिवारीले जानकारी गराउनुभयो । सफ्टवेयर मार्फत सहकारीलाई डिजिटाइज गर्न जडान, माइग्रेसन, मोबाईल बैकिङ, एसएमएस र एम आर कलेक्सन एप निःशुल्क रुपमा प्रदान गरिएको छ । 

पोडक्ट म्यानेजर सन्ध्या खड्काका अनुसार, मिरा सफ्टवेयरमा हाल सदस्य तथा शेयर व्यवस्थापन, बैंकिङ व्यवस्थापन प्रणाली, लेखा प्रणाली, मोबाइल बैंकिङ तथा ईबैंकिङ व्यवस्थापन, मौज्दात व्यवस्थापन प्रणाली लगायत सुविधाहरु उपलब्ध छन्, कम्पनीले सहकारी संस्थाका लागि आवश्यक अन्य सुविधाहरु पनि थप गर्दै लगेको छ । छिटो र सरल ग्राहक सहयताका लागि हप्ताको सातै दिन डेडिकेटेड कल सेन्टरको पनि व्यवस्थापन गरेको छ ।  

मिरा इआरपीले विभिन्न चरणमा इन्फर्मेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टमको अडिट गरी आईएसओ २७००१ः२०२२ सर्टिफिकेट समेत प्राप्त गरेको छ । कम्पनीले निरन्तर प्रविधि प्रयोगकर्ताहरुसँग सन्तुष्टी सर्वेक्षण गर्ने गरेको छ भने बार्षिक रुपमा सिस्टम अडिट पनि गरिएको कम्पनीले जनाएको छ । 

नेफ्स्कून, रारा डिजिटल ल्याव र नियोसिस टेक्नोलोजि प्रा.लि.को संयुक्त पहलमा एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधिको विकास गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको सफ्टवेयर साकोस तथा अन्य सहकारीहरुमा अत्यन्त प्रभावकारी रुपमा प्रयोगमा आइरहेको छ ।

साकोसमा प्रविधि विकासका सम्बधमा नेफस्कूनले स्वतन्त्र परामर्शदाताहरुबाट लिएको सुझावका आधारमा तीनवटा मोडेल अगाडि सारेको हो । जसअन्तर्गत केन्द्रीय वित्त प्रणाली, साकोस सञ्जालीकरण र वित्तीय कारोबारको सुरक्षा प्रणाली विकास गर्ने उद्देश्यसहित रारा डिजिटल ल्याबसँग २०७८ माघ २५ गते संघका पदाधिकारी, उच्च व्यवस्थापन, तत्कालिन विभागीय रजिष्ट्रार र उपरजिष्ट्रारहरुसँगको रोहबरमा द्धिपक्षीय सम्झौता गरेको नेफ्स्कूनले जनाएको छ ।  

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप