नेफ्स्कून पदाधिकारी र रजिष्ट्रारबीच सहकारीका समसामयिक विषयमा छलफल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून पदाधिकारी र रजिष्ट्रारबीच सहकारीका समसामयिक विषयमा छलफल

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) पदाधिकारी टिम र सहकारी विभागका रजिष्ट्रार उमेश ढुंगानाबिच सहकारीका समसामयिक विषयहरुमा छलफल भएको छ । आज रजिष्ट्रारसँगको भेटका लागि विभाग पुग्नुभएका नेफ्स्कून पदाधिकारीहरुले नेफ्स्कूनले आबद्ध सहकारीहरुलाई सुशासित, सवल, गुणस्तरीय, सुरक्षित र सुदृढ बनाउने अभियानमा विगत ३७ बर्षदेखि निरन्तर कार्य गर्दै आइरहेको विषय अवगत गराउनुभएको थियो ।  

छलफलका क्रममा संघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालको वित्तीय सहकारी संस्थाहरुको प्रवर्धन, विकास, व्यावसायिककीकरण, गुणस्तर सुनिश्चितता हुँदै सञ्जाल व्यवस्थापनको चरणमा क्रियाशील यस संघले एमआईएस सिस्टममार्फत आवद्ध संस्थाहरुको लाइभ मनिटरिङ गर्दै आएको विषय नवनियुक्त रजिष्ट्रार ढुंगानालाई जानकारी गराउनुभयो । संघले तीनवटा क्याटागोरिमा संस्थाको मोनिटरिङ गरिरहेको छ, जसमा २५ करोड भन्दा माथि व्यालेन्ससिट भएका संस्था, ५ करोडदेखि २५ करोडसम्म व्यालेन्ससिट भएका २५ सय संस्था र ५ करोड भन्दा तलका, समुदायमा क्रियाशिल रुपमा सञ्चालनरत साकोसहरुको दैनिक वित्तीय गतिविधिबारे प्रत्यक्ष मोनिटरिङ गरिरहेको विषय अवगत गराउनुभयो । 

संघले साकोसको गुणस्तर सुनिश्चितताका लागि विभागसँगको समन्वयमा पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम प्रोवेसन सञ्चालन गरि प्रमाणीकरण को कार्य समेत गर्दै आएको छ । नेफ्स्कूनको स्प्रिट र वास्तविकता बारे जानकारी गराएसँगै अध्यक्ष ढकालले पछिल्लो पटक संशोधित सहकारी ऐन र त्यसपछि जारी भएको नेपाल राष्ट्र बैंकको निर्देशन तथा मापदण्डले संघहरुमा केही द्विविधा सृजना गरेको विषयलाई प्रष्ट्याउनुभएको थियो । निर्देशन जारी गर्यौं, अव सहकारीको विषयलाई प्राधिकरणले हेर्छ भन्ने आशय राष्ट्र बैंकले राखेको पनि उहाँले बताउनुभयो । सहकारी नियमन प्राधिकरण फुल फङ्सनमा नआइसकेको वर्तमान सन्दर्भमा जसरी हिजो सहकारी ऐन, २०७४ र नियमावली, २०७५ बाट यो संरचना विकासमा इट्टा थप्ने काम गर्यो, यसको संरक्षण, सुरक्षण गर्ने विषयमा पनि विभागले आफूलाई अग्रस्थानमा ल्याउँछ भन्ने विश्वास संघको रहेको स्पष्ट पार्नुभयो । 

रजिष्ट्रार ढुंगानाले विभाग छिट्टै नै सबैं बचत संघहरुसँग क्रमबद्ध छलफलमा बस्ने विषय अगाडि बढाएको विचार राख्दै पहिलो चरणमा नेफ्स्कून टीम सँग बस्नेगरि कार्यक्रम तय भएको बताउनुभयो । पछिल्लो संशोधित ऐनले पनि विभागको भूमिका कहि कतै हेरफेर नगरेका कारण विभाग आफ्नो दायित्वबाट विमुख नहुने विषय प्रष्ट पार्नुभयो ।  

सिद्धान्तत बचत तथा ऋण सहकारी अभियानको स्रोत अभियानले परिचालन गर्ने हो । बचत तथा ऋण सहकारी अभियान स्वाभिमान र आत्मसम्मानको अभियान भएकोले सुरक्षित परिचालनको नीतिगत व्यवस्था गरी अभियानको स्रोत अभियानमा नै परिचालन  गर्न संघले आफ्ना नियमित कार्यक्रम निरन्तर सञ्चालन गर्ने पनि अध्यक्ष ढकालले प्रष्ट पार्नुभएको थियो । 

 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

७ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

८ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

९ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

९ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१५ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२४ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३२ दिन अगाडि

पाठकबाट थप