नेफ्स्कून पदाधिकारी र रजिष्ट्रारबीच सहकारीका समसामयिक विषयमा छलफल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून पदाधिकारी र रजिष्ट्रारबीच सहकारीका समसामयिक विषयमा छलफल

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) पदाधिकारी टिम र सहकारी विभागका रजिष्ट्रार उमेश ढुंगानाबिच सहकारीका समसामयिक विषयहरुमा छलफल भएको छ । आज रजिष्ट्रारसँगको भेटका लागि विभाग पुग्नुभएका नेफ्स्कून पदाधिकारीहरुले नेफ्स्कूनले आबद्ध सहकारीहरुलाई सुशासित, सवल, गुणस्तरीय, सुरक्षित र सुदृढ बनाउने अभियानमा विगत ३७ बर्षदेखि निरन्तर कार्य गर्दै आइरहेको विषय अवगत गराउनुभएको थियो ।  

छलफलका क्रममा संघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालको वित्तीय सहकारी संस्थाहरुको प्रवर्धन, विकास, व्यावसायिककीकरण, गुणस्तर सुनिश्चितता हुँदै सञ्जाल व्यवस्थापनको चरणमा क्रियाशील यस संघले एमआईएस सिस्टममार्फत आवद्ध संस्थाहरुको लाइभ मनिटरिङ गर्दै आएको विषय नवनियुक्त रजिष्ट्रार ढुंगानालाई जानकारी गराउनुभयो । संघले तीनवटा क्याटागोरिमा संस्थाको मोनिटरिङ गरिरहेको छ, जसमा २५ करोड भन्दा माथि व्यालेन्ससिट भएका संस्था, ५ करोडदेखि २५ करोडसम्म व्यालेन्ससिट भएका २५ सय संस्था र ५ करोड भन्दा तलका, समुदायमा क्रियाशिल रुपमा सञ्चालनरत साकोसहरुको दैनिक वित्तीय गतिविधिबारे प्रत्यक्ष मोनिटरिङ गरिरहेको विषय अवगत गराउनुभयो । 

संघले साकोसको गुणस्तर सुनिश्चितताका लागि विभागसँगको समन्वयमा पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम प्रोवेसन सञ्चालन गरि प्रमाणीकरण को कार्य समेत गर्दै आएको छ । नेफ्स्कूनको स्प्रिट र वास्तविकता बारे जानकारी गराएसँगै अध्यक्ष ढकालले पछिल्लो पटक संशोधित सहकारी ऐन र त्यसपछि जारी भएको नेपाल राष्ट्र बैंकको निर्देशन तथा मापदण्डले संघहरुमा केही द्विविधा सृजना गरेको विषयलाई प्रष्ट्याउनुभएको थियो । निर्देशन जारी गर्यौं, अव सहकारीको विषयलाई प्राधिकरणले हेर्छ भन्ने आशय राष्ट्र बैंकले राखेको पनि उहाँले बताउनुभयो । सहकारी नियमन प्राधिकरण फुल फङ्सनमा नआइसकेको वर्तमान सन्दर्भमा जसरी हिजो सहकारी ऐन, २०७४ र नियमावली, २०७५ बाट यो संरचना विकासमा इट्टा थप्ने काम गर्यो, यसको संरक्षण, सुरक्षण गर्ने विषयमा पनि विभागले आफूलाई अग्रस्थानमा ल्याउँछ भन्ने विश्वास संघको रहेको स्पष्ट पार्नुभयो । 

रजिष्ट्रार ढुंगानाले विभाग छिट्टै नै सबैं बचत संघहरुसँग क्रमबद्ध छलफलमा बस्ने विषय अगाडि बढाएको विचार राख्दै पहिलो चरणमा नेफ्स्कून टीम सँग बस्नेगरि कार्यक्रम तय भएको बताउनुभयो । पछिल्लो संशोधित ऐनले पनि विभागको भूमिका कहि कतै हेरफेर नगरेका कारण विभाग आफ्नो दायित्वबाट विमुख नहुने विषय प्रष्ट पार्नुभयो ।  

सिद्धान्तत बचत तथा ऋण सहकारी अभियानको स्रोत अभियानले परिचालन गर्ने हो । बचत तथा ऋण सहकारी अभियान स्वाभिमान र आत्मसम्मानको अभियान भएकोले सुरक्षित परिचालनको नीतिगत व्यवस्था गरी अभियानको स्रोत अभियानमा नै परिचालन  गर्न संघले आफ्ना नियमित कार्यक्रम निरन्तर सञ्चालन गर्ने पनि अध्यक्ष ढकालले प्रष्ट पार्नुभएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप