पोखरा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले पोखरा बजार क्षेत्रमा सञ्चालित केही सहकारीहरुको स्थलगत अवलोक गर्नुभएको छ । सिएमसि कास्कीको आयोजना र नेफ्स्कूनको प्राविधिक सहजीकरणमा मंगलबार आयोजित फिट एण्ड प्रपर इन कोअपरेटिभ्स् कार्यक्रममा पोखरा पुग्नुभएका सिईओ सापकोटाले संघमा आबद्ध नवीन बचत तथा ऋण सहकारी संस्था लि., मिलिजुली बचत तथा ऋण सहकारी संस्था लि., सृजना महिला बचत तथा ऋण सहकारी संस्था लि. र फेवा बचत तथा ऋण सहकारी संस्था लि.,को स्थलगत भ्रमण तथा अवलोकन गर्नुभएको हो ।
अवलोकनका क्रममा सिईओ सापकोटाले साकोसहरुको गुणस्तर सुधारको अवस्था र संस्थागत वित्तीय गतिविधिको बारेमा जानकारी लिनुभएको थियो । उहाँले साकोसका व्यवस्थापकहरुबिच उच्च तरलताको प्रभावकारी व्यवस्थापनका लागि उद्यमशिलता प्रवर्द्धनको क्षेत्रमा लगानी बढाउन अनुरोध गर्दै तरल सम्पत्तीलाई लघुवित्त तथा अन्य उत्पादनमुलक क्षेत्रहरुमा कसरी जोड्न सकिन्छ भन्ने विषयमा परामर्श प्रदान गर्नुभएको थियो । अवलोकनका क्रममा संघकी सञ्चालक एवं पोखरा सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमितिकी संयोजक कमला देबी गिरी र नेफ्स्कून पोखरा सदस्य सेवा कार्यालयका ईन्चार्ज सुरज चालिसेको पनि उपस्थिति रहेको थियो ।
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
७ दिन अगाडि
७ दिन अगाडि
४ दिन अगाडि
७ दिन अगाडि
५ दिन अगाडि
७ दिन अगाडि
१५ दिन अगाडि
७ दिन अगाडि
५ दिन अगाडि
१३ दिन अगाडि