जीवन ज्योती साकोसको ५ वर्षे रणनीतिक व्यवसायिक योजना निर्माण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जीवन ज्योती साकोसको ५ वर्षे रणनीतिक व्यवसायिक योजना निर्माण 

बैतडी । जीवनज्योति बचत तथा ऋण सहकारी संस्था लि.बैतडीको रणनीति व्यवसायिक योजना निर्माण कार्याशाला सञ्चालन भएको छ । वैशाख १३ र १४ गते, दुई दिन सञ्चालन हुने कार्याशाला नेफ्स्कूनको प्राविधिक सहजीकरणमा भएको हो । साकोसका अध्यक्ष लोकेश लाल शाहको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि दशरथचन्द नगरपालिकाका नगर प्रमुख पुष्कर राज जोशी हुनुहुन्थ्यो । कार्यक्रममा दशरथचन्द नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष केशव राज लेखक, वडा नं. ८ का वडाअध्यक्ष चाभु सिंह थापा, सहकारी शाखा प्रमुख अम्बादत्त बोकटी, साकोसका निवर्तमान अध्यक्ष कैलाश कुमार कनैजिया लगायतको आतिथ्यता रहेको थियो । कार्यशालामा साकोसका पदाधिकारी, सञ्चालक समिति सदस्यहरु, लेखा सुपरिवेक्षण समितिका संयोजक एवं सदस्यहरु, विभिन्न उपसमितिका सदस्यहरु र कर्मचारीहरु गरि ४० जनाको सहभागिता रहेको छ । कार्यशालाको सजीकरण नेफ्स्कूनका प्राचार्य बल्लभ तिमिल्सीनाले गर्नुभएको छ । 

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख पुष्कर राज जोशीले सहकारीको मुख्य उद्देश्य आफ्ना सदस्यहरुको जीवनस्तर उकास्नतर्फ लक्षित हुनुपर्ने बताउनुभयो । उहाँले संस्थाका सदस्यहरुलाई उद्यमी तथा व्यवसायिक बनाएर उत्पादनसँग जोड् अभिप्रेरित गर्न र प्रविधिमैत्री सेवामा जोड दिन अनुरोध गर्नुभयो  । उहाँले व्यवसायिक रणनितिक योजना निर्माण गरेर दिगो सहकारी र सक्षम समृद्ध सदस्य निर्माणमा जोड दिएकोमा सहकारीलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले सहकारीमा अनियमितता गर्ने, सदस्यको बचत हिनामिना गर्ने जोसुकैलाई पनि कारवाहिको दायरामा ल्याईनुपर्ने बताउनुभयो । 

साकोसका निवर्तमान अध्यक्ष कैलाश कुमार कजैनियाले सहकारीले आफ्ना सेयर सदस्यहरुलाई उत्कृष्ठ र प्रतिस्पर्धी सेवा दिन सक्षम हुनुपर्नेमा जोड दिनुभयो । सहकारीले सदस्यमैत्रि उत्कृष्ठ सेवा दिनसकेमा मात्रै सहकारीप्रति सदस्यहरुको विश्वास कायम रहने बताउनुभयो । साथै दशरथचन्द नगरपालिका स्थानीय सरकार भएकोले पालिकाले नगर स्तरका सबै सहकारीको प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरी सहकारी र सहकारीकर्मीको क्षमता अभिबृद्धि गर्नुपर्ने माग राख्नुभयो ।

साकोसका अध्यक्ष लोकेश लाल शाहले सहकारीको ५ बर्षे व्यवसायिक रणनीतिक योजना निर्माण गर्न लागिएको र यसको प्रभावकारी कार्यान्वयनबाट दिगो साकोस, सक्षम र समृद्ध सदस्यको सपना साकार हुने विश्वास लिएको बताउनभुयो । 

कार्यक्रम सञ्चालन साकोसका प्रमुख कार्यकारी अधिकृत टेकराज लेखकले गर्नुभएको थियो भने व्यवस्थापन सहयोग नेफ्स्कून डडेल्धुरा सदस्य सेवा कार्यालय ईन्चार्ज योगेश बोहराले गर्नुभएको थियो । 

 


 

भर्खरै
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१० घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

१ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

२ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

३ दिन अगाडि

पाठकबाट थप