कर्ब्स काठमाडौं तेस्रो समूहको १७औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कर्ब्स काठमाडौं तेस्रो समूहको १७औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न

काठमाडौं । कदर बचत तथा ऋण सहकारी संस्था लि.ओमबहाल काठमाडौंको आयोजना र नेफ्स्कून र कास्कूनको संयुक्त प्राविधिक सहयोगमा जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम कर्ब्स काठमाडौं तेस्रो समूहको १७औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । 

शनिबार नयाँ बानेश्वरस्थित इन्द्रेणी सुईट्स होटेलमा आयोजित कार्यशाला साकोसका अध्यक्ष बिरेन्दमान  शाक्यको अध्यक्षता  र नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीको प्रमुख आतिथ्यतामा भएको थियो । 

बरिष्ठ उपाध्यक्ष अधिकारीले नेफ्स्कूनले सदस्य संस्थाहरुको दिगो, सुरक्षित र सबल संस्था निर्माणका लागि सञ्चालन गरिरहेको गुणस्तर सुनिश्चितताका कार्यक्रमहरुबाट साकोसमा व्यवसायिकताको विकास साथै गुणस्तरमा सुधार आएको बताउनुभयो । उहाँले प्रत्येक सहकारी संस्थाले आफ्ना सदस्यहरुको सीप तथा उद्यम विकासको क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिनुभयो । नेफ्स्कूनले सहकारी क्षेत्रको संस्थागत विकास, प्रबर्द्धन र संरक्षणका क्षेत्रमा निरन्तर वहश पैरवी गरिरहेको छ, यदि संघको कार्यशैलीमा कुनै कमी कमजोरी महसुस गरेमा निरन्तर खबरदारीको समेत अपेक्षा गरेको बताउनुभयो । 

कार्यशालाको प्राविधिक सत्र सहजीकरण गर्दै नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकालले जोखिम सुपरिवेक्षण को विश्वव्यापी अभ्यास, अवधारणा र कार्यान्वयनको बिषयमा प्रस्तुतीकरण साथै साकोसको वित्तीय सूचकहरुमा सुधारका उपायहरुबारे विश्लेषण सहित अन्तरक्रिया गर्नुभएको थियो ।  

सहकारी संस्थालाई सुरक्षित, दिगो, सुशासित र व्यवस्थित सञ्चालन गर्ने उद्देश्यसहित करिब  ५ बर्ष अगाडि कर्ब्स काठमाडौं तेस्रो समूहमा आबद्ध ७ साकोस स्वस्थ वित्तीय सूचक निर्माणमा निरन्तर लागिपरेका छन् ।

कर्ब्स काठमाडौं तेस्रो समूहमा ७ वटा बचत तथा ऋण सहकारी संस्थाहरु सहभागी छन् । सहभागी साकोसहरुमध्ये कदर साकोस, धादिङ मन्डली साकोस, किपु साकोस, चौतारी साकोस, डल्लु एकता साकोस, अबिछिन्न साकोस र शुभसेवा साकोसले आ आफ्नो संस्थागत प्रस्तुती गरेका थिए । 

कार्यशाला सहजीकरण नेफ्स्कूनकी कार्यक्रम अधिकृत सोबिता मैनाली र कास्कूनकी कार्यक्रम अधिकृत सुनिता चलाउनेले गर्नु भएको थियो ।
 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

९ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

११ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

११ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३६ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

पाठकबाट थप