रजत बर्षका अवसरमा २५ कार्यक्रम सार्वजनिक
संकल्प स्वेक साकोसको ‘नेतृत्व क्षमता विकास तालिम’ सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
संकल्प स्वेक साकोसको ‘नेतृत्व क्षमता विकास तालिम’ सम्पन्न

काभ्रेपलान्चोक । मण्डनदेउपुर नगरपालिका ७, कुन्तावेशीस्थित संकल्प स्वेक बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्री सहकारी संघ लि. (नेफ्स्कूनको) को प्राविधिक सहजीकरणमा वैशाख  ११ देखि १३ गतेसम्म काभ्रेपलान्चोकको धुलिखेलमा ‘नेतृत्व क्षमता विकास तालिम’ सञ्चालन भएको छ । संकल्प स्वेक बचत तथा ऋण सहकारीको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमितिहरु र कर्मचारीहरुको क्षमता विकासका लागि तालिम आयोजना गरिएको हो । नेफ्स्कूनले साकोस सञ्चालनका आधारभूत सिद्धान्त, मूल्य, मान्यता, सुशासनका सवाल तथा संस्थागत सक्षमता विकासको बहुआयामिक विषयवस्तु सेमेटेर तीन दिने नेतृत्व क्षमता विकास तालिम सञ्चालन गरेको हो ।

तालिममा सहकारी तथा बचत ऋण सहकारीको परिभाषा, बचत ऋण सहकारीका वस्तु तथा सेवा बारे जानकारी, सहकारीका उद्देश्यहरु, सहकारीको मूल्य मान्यता र सिद्धान्तहरु, संञ्चालक समितिको परिभाषा र भूमिका, योग्यता, काम कर्तब्य र अधिकार, लेखा सूपरिवेक्षण समिति संयोजकको जिम्वेवारी र भूमिका र आन्तरिक नियन्त्रण प्रणाली जस्ता आधारभूत विषयवस्तुबारे नेफ्स्कूनका बरिष्ठ तालिम अधिकृत कोमलराज अधिकारी र तालिम अधिकृत श्यामराजा तिमल्सिनाले सहजीकरण गर्नु भएको थियो ।

तालिम समापन पश्चात सहभागीहरुले तालिम अत्यन्त प्रभावकारी रहेको तर तालिम सञ्चालनका लागि तीन दिनको अवधि अझ छोटो भएको बताएका थिए । तालिमबाट प्राप्त ज्ञानलाई कार्ययोजना बनाई संस्थालाई सवल र सक्षम बनाउन लागि पर्ने सहभागीहरुले प्रतिबद्धता जनाएका थिए । 

साकोसले संस्था स्थापनाको २५औं बर्ष अर्थात रजय जयन्ती मनाईरहेको अवसर पारेका बार्षिक २५ कार्यक्रम अन्तर्गत एउटा कार्यक्रम नेतृत्व क्षमता विकास तालिम आयोजना गरिएको जनाएको छ । 

साकोसले स्थापनाको २५औं बर्ष उत्सव मनाईरहेको अवसरमा तपशिल बमोजिममा बर्षभर आयोजना हुने २५ कार्यक्रमहरु तय गरेको जनाएको छ । 

  • सदस्यहरुको लागि सहकारी शिक्षा, बित्तिय साक्षरता तथा सदस्यता बृध्दि कार्यक्रम ।
  • भित्तेपात्रो प्रकाशन कार्यक्रम ।
  • बाल सदस्यहरुको बिचमा चित्रकला, हाजिरीजवाफ, बक्तृत्वकला तथा निवन्ध लेखन प्रतियोगिता कार्यक्रम ।
  • खुल्ला रक्तदान कार्यक्रम ।
  • पुर्व संचालक तथा संस्थापक सदस्य सम्मान, कर्मचारी सम्मान तथा बृध्द सम्मान कार्यक्रम ।
  • असाहय बालबालिकाको लागि भौतिक सामग्री हस्तानतरण कार्यक्रम । 
  • सरसफाई तथा प्रभातफेरी कार्यक्रम । 
  • बृक्षारोपण (कृषिबन/फलफुलका बिरुवा) कार्यक्रम ।
  • रजत स्मारिका प्रकाशन तथा बिमोचन कार्यक्रम ।
  • उत्कृष्ठ बचत, ऋणी तथा शेयर सदस्य सम्मान कार्यक्रम ।
  • उद्यमशिलता बिकास कार्यक्रम । 
  • संचालकहरुको तथा कर्मचारीहरुको क्षमता बिकास कार्यक्रम ।
  • भावि संचालक हरुको नेतृत्व बिकास कार्यक्रम ।
  • सदस्यहरुलाई अबलोकन भ्रमण तथा जेष्ठ सदस्य तिर्थाटन कार्यक्रम । 
  • भाखा नाघेको ऋण असुलि तथा ऋण सदुपयोगिता निरिक्षण कार्यक्रमम ।
  • बृहत महिला सदस्य भेला तथा तिज बिशेष कार्यक्रम ।
  • सुत्केरी भेटघाट कार्यक्रम ।
  • मृतक सदस्यतको परिवार भेटघाट तथा राहत बितरण कार्यक्रम ।
  • वातावरण मैत्रि झोला बिकास कार्यक्रम ।
  • स्वास्थ्य शिविर कार्यक्रम ।
  • सामाजिक तथा संस्कृति बिकास कार्यक्रम ।
  • संस्थाको भवन निर्माण कार्यक्रम ।
  • अर्ध बार्षिक समिक्षा कार्यक्रम ।
  • सहकारी दिवस कार्यक्रम ।
  • स्थापना दिवस संचालन कार्यक्रम (आगामी बर्षको) ।
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप