स्थिरीकरण कोष सञ्चालन समितिको २४औं बैठक सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्थिरीकरण कोष सञ्चालन समितिको २४औं बैठक सम्पन्न 

काठमाडौं । बचत तथा ऋण सहकारी संस्थासम्बन्धी स्थिरीकरण कोष सञ्चालन समितिको चौविसौं बैठक आज संघको केन्द्रीय कार्यालय काठमाडौंमा बसेको छ । कोष सञ्चालन समितिका अध्यक्ष एवं नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा बसेको बैठकले सञ्चालन समितिका रिक्त सदस्य पदहरुमा नयाँ सदस्यलाई स्वागत गरेको छ । सदस्यमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका सदस्य सचिव रविन ढकाल, राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक सुरेश थापा, आबद्ध सदस्य साकोसको तर्फबाट नारी संकल्प साकोस मोरङकी अध्यक्ष गोमा नेपाल र विन्धवासिनी साकोस, काभ्रेका अध्यक्ष शान्ता कुमार श्रेष्ठलाई स्वागत गरेको हो । 

कोषका अध्यक्ष चन्द्र प्रसाद ढकालले सरोकारवालाहरुको समन्वयमा स्थिरीकरण कोषलाई प्रभावकारी रुपमा अगाडि बढाउने विचार व्यक्त गर्नुभयो । उहाँले प्राधिकरण र नियामक निकाय अन्तर्गत स्थिरीकरण कोषलाई पनि सुररिवेक्षणमा राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेफ्स्कूनको स्तरीकरण कार्यक्रममा आबद्ध संस्थाहरुलाई कोषले प्राविधिक सहजीकरण गर्ने तथा कोषमा अनिवार्य आबद्ध गराउन थप परिष्कृत सहजीकरणका कार्यक्रमहरु ल्याएने धारणा राख्नुभएको थियो । 

कोष सञ्चालन समितिको सदस्यको प्रतिनिधित्व गर्दै वैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको तर्फबाट प्रेमराज लुइटेल, नेपाल राष्ट्र बैंकको तर्फबाट प्रमेश पोखरेल, स्थिरीकरण कोषका सदस्य सचिव एवं नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा र कोषका कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

बैठकले कोषमा योगदानकर्ता साकोसहरुको शिघ्र सुपरिवेक्षण, प्रमाणीकण सपोर्ट र साकोस सुरक्षाका लागि निरन्तर सुपरिवेक्षण र अनुगमनको पाटोलाई तीब्र बनाउने निर्णय गरेको छ । 

बचत तथा ऋण सहकारी संस्थासम्बन्धी स्थिरीकरण कोष स्थापना तथा सञ्चालन कार्यविधि २०७६ को दफा ९६० उपदफा ९२० को देहाय ९१० बमोजिम अर्थ मन्त्रालयबाट सहमती प्राप्त भएसँगै तत्कालिन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले २०७९ जेष्ठ २७ गते बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोष शुभारम्भ भएको घोषणा गर्नुभएको थियो । स्थिरीकरण कोष बचत तथा ऋण विषयगत केन्द्रीय संघमा रहने व्यवस्था सहकारी ऐन २०७४ को दफा १०३ को उपदफा ३ ले गरेको छ ।

कोषमा हालसम्म जम्मा ३२० सदस्य संघ संस्थाबाट गरि २३ करोड ४८ लाख योगदान छ । 

कोष सञ्चालन समितिमा नेफ्स्कून, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी नियमन प्राधिकरण (संशोधित), नेपाल राष्ट्र बैंक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, सहकारी विभाग र राष्ट्रिय सहकारी बैंकका प्रतिनिधि साथै कोषमा योगदान गर्ने दुई सदस्य संघ संस्थाका एक एक जना प्रतिनिधि रहने व्यवस्था छ । 

कोषको अध्यक्ष नेफ्स्कूनका अध्यक्ष र सदस्य सचिवमा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । बैठकमा कोषमा योगदान गर्ने सहकारी संघ संस्था वा निकाय र अन्य सरोकारवालाहरु सहभागी हुने व्यवस्था कार्यविधिमा उल्लेख छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप