पोखराको सृजना महिला साकोसद्वारा सीसीयूएलबी सद्भाव भ्रमण टोलीलाई स्वागत
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पोखराको सृजना महिला साकोसद्वारा सीसीयूएलबी सद्भाव भ्रमण टोलीलाई स्वागत

पोखरा । नेफ्स्कून र सीसीयूएलबी (बंगलादेश बचत तथा ऋण केन्द्रीय सहकारी संघ-CCULB) बीचको २९औं सद्भाव भ्रमणका क्रममा आईतबार काठमाडौं आईपुगेको सिसियुएलबी टोलीले सोमबार साँझ पोखरा महानगरलिका ८, सिमलचौरस्थित सृजना महिला बचत तथा ऋण सहकारी संस्था लि.को अवलोकन भ्रमण गरेको छ । सोमबार पोखरा पुगेको सीसीयूएलबी भ्रमण टोलिलाई साँझ सृजना महिला साकोस परिवारले स्वागत गरेको हो । सृजना महिला साकोसकी अध्यक्ष शुष्मा पहारीको अध्यक्षतामा आयोजित अतिथि स्वागत तथा अन्तरक्रिया कार्यक्रममा साकोसकी पूर्व अध्यक्ष एवं नेफ्स्कून सञ्चालक कमला देवी गिरी, नेफ्स्कून सञ्चालक ज्ञानु पौड्याल, साकोसको सञ्चालक समिति, पूर्व अध्यक्षहरु, निवर्तमान अध्यक्ष र कर्मचारीहरुको उपस्थिति रहेको थियो । साकोसकी व्यवस्थापक सरस्वती कँडेलले सीसीयूएलबीको भ्रमण टोलीलाई स्वागत गर्नुभएको थियो भने ऋण व्यवस्थापन उपसमिति सदस्य सरस्वती पौडेलले साकोसको संस्थागत वस्तुस्थितिबारे प्रस्तुतीकरण मार्फत जानकारी गराउनुभएको थियो । 

नेफ्स्कूनकी सञ्चालक ज्ञानु पौडेलले लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै गण्डकी प्रदेशमा आएर सीसीयूएलबी प्रतिनिधि टोलीलाई स्वागत गर्ने अवसर जुटेकोमा गर्व लागेको बताउनुभयो । सञ्चालक कमलादेवी गिरीले सृजना महिला साकोसमा सिसियुएलबीको प्रतिनिध टोलीलाई स्वागत गर्न पाउँदा अत्यन्त खुसी लागेको भन्दै धन्यवाद ज्ञापन गर्नुभएको नेफ्स्कूनका बरिष्ठ सहायक मनोहर आचार्यले साकोस आवाजलाई जानकारी गराउनुभयो । कायक्रम सञ्चालन नेफ्स्कूनका प्रशासन अधिकृत शुभाष गौतमले गर्नुभएको थियो ।

२०५८ सालमा स्थापना भएको सृजना महिला साकोसले आफ्नो २४औं स्थापना दिवस मनाइसकेको छ । समुदायमा आधारित महिलाहरुद्वारा मात्र सञ्चालित र महिला कर्मचारीहरुद्वारा बाटै व्यवस्थापन गरिएको आफैमा पृथक पहिचान बोकेको सृजना महिला साकोसले महिला सदस्यहरुमाझ प्रभावकारी वित्तीय सेवा मार्फत सृजनात्मक कामप्रति टेवा पुर्याउँदै आएको छ । साकोसमा हाल १ हजार १ सय १७ सदस्य र करिब रु. १९ करोड ९२ लाख ५८ हजार कुल सम्पत्ति रहेको छ । सृजना महिला साकोसको प्रतिनिधित्व गर्दै साकोसकी पूर्व अध्यक्ष कमला देवी गिरी नेफ्स्कूनको सञ्चालकमा हुनुहुन्छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप