कोशी प्रदेशस्तरीय साकोस गोष्ठीको तयारी पुरा, अन्य प्रदेशमा तयारी तीब्र पारिंदै 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कोशी प्रदेशस्तरीय साकोस गोष्ठीको तयारी पुरा, अन्य प्रदेशमा तयारी तीब्र पारिंदै 

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को आयोजनामा वैशाख २५ गते, दुर्गा पार्टी प्यालेसको नयाँ सेमिनार हल आइतबारे, इटहरीमा हुने कोशी प्रदेशस्तरीय साकोस गोष्ठीको सम्पूर्ण तयारी पुरा भएको छ । संघले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को अवसरमा प्रदेशस्तरीय साकोस गोष्ठीको आयोजना गरेको हो । यही बैशाख २५, २८ र ३१ गते क्रमशः तीनदिन कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी (सूदुरपश्चिम र कर्णाली सहित) प्रदेशमा आयोजना हुने साकोस गोष्ठीको तयारी तीब्रतर भईरहेको छ भने कोशी प्रदेशको तयारी पुरा भएको छ ।

कोशी प्रदेशस्तरीय साकोस गोष्ठीको उद्घाटन कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामको प्रमुख आतिथ्यतामा हुनेछ । गोष्ठी सहभागिताका लागि अतिथि र सम्बन्धित सरोकारवालाहरुका लागि पत्राचार समेत गरिसकिएको र कोशी  प्रदेशस्तरीय गोष्ठीमा मात्र विभिन्न सहकारी संघ संस्थाबाट आजसम्म १७० जनाको सहभागिता सुनिश्चित भएको संघले जनाएको छ । त्यसैगरि अन्य प्रदेशहरुमा पनि गोष्ठीको तयारी समानान्तर रुपमा भईरहेको संघको भनाई छ । 

एक दिवसीय उक्त गोष्ठीको पहिलो सत्र, ‘साकोस अभियानको प्रवर्द्धन र हितका लागि आगामी कार्यदिशा’ विषयमा नेफ्स्कूनका सिईओ डा.शिवजी सापकोटाले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । 

त्यसैगरी दोस्रो सत्रमा ‘सुशासन र आन्तरिक नियन्त्रण प्रणाली प्रवर्द्धनमा लेखा सुपरिवेक्षण समितिको भूमिका’का विषयमा चार्टर्ड एकाउण्टेन्ट् (सिए) राजन अधिकारीको प्रस्तुती रहनेछ भने ‘बचत तथा ऋण सहकारीको संस्थागत विकासमा सरकार र अभियानको साझा सवाल’ विषयमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका सचिव एवं प्रवक्ता रविन ढकालको कार्यपत्र प्रस्तुत हुनेछ ।
त्यसैगरी बैशाख २८ गते बर्दिबास महोत्तरी र ३१ गते नेपालगञ्जमा हुने साकोस गोष्ठीमा पनि साकोस अभियानको प्रवर्द्धन र हितका लागि आगामी कार्यदिशा, सुशासन र आन्तरिक नियन्त्रण प्रणाली प्रवर्धनमा लेखा सुपरिवेक्षण समितिको भूमिका र बचत ऋण सहकारीको संस्थागत विकासमा सरकार र अभियानको साझा सवाल विषयक कार्यपत्र प्रस्तुत हुनेछन् ।

वित्तीय सुशासन, जोखिम व्यवस्थापन र संस्थागत दिगोपनका लागि संघद्वारा आयोजित प्रदेशस्तरीय गोष्ठीले सहकारीको पहिचान प्रवर्द्धन, नेतृत्वलाई उत्प्रेरणा र दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारीहरुलाई सचेत गराउने लक्ष्य लिएको जनाइएको छ । साथै नेपालको सहकारी अभियानको विद्यमान कानुनका द्विविधा समस्या समाधानको रूपमा गोष्ठीले बाटो पहिल्याउने संघको अपेक्षा रहेको छ ।

गोष्ठीमा सहकारी संस्थाका लेखा सुपरिवेक्षण समिति, व्यवस्थापक तथा सञ्चालक र सरोकारवाला व्यक्तिहरुको सहभागिता रहनेछ । हरेक वर्ष केन्द्रीयस्तरमा राष्ट्रिय गोष्ठी आयोजना गर्दैआएको संघले यो वर्ष प्रदेशस्तरीय गोष्ठी आयोजना गरेको हो । संघले प्रत्येक गोष्ठीमा दुई सय जनाको मात्र सहभागिता गराउने जनाएको छ । 
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

पाठकबाट थप