बंगलादेश सहकारी संघको टोलिद्वारा पोखरा रोयल साकोस अवलोकन भ्रमण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बंगलादेश सहकारी संघको टोलिद्वारा पोखरा रोयल साकोस अवलोकन भ्रमण

पोखरा । बंगलादेशको बचत तथा ऋण केन्द्रीय सहकारी संघको नेतृत्वमा नेपालको सफल सहकारीहरुको अध्ययन अवलोकन गर्न आएका टोलीले पोखरा रोयल बचत तथा ऋण सहकारीमा भ्रमण गरि सहकारीले गरेका असल अभ्यासहरु र नेपाल र बंगलादेशको सहकारी अभियानको बारेमा अनुभव आदानप्रदान गरेका छन् ।

पोखरा रोयल सहकारीको उपाध्यक्ष क्या.चन्द्रप्रसाद गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम बहादुर गुरुङ्गले स्वागत गर्नुहुँदै दुई देशको सफल सहकारीहरुको भेटले सहकारी पर्यटनमा थप योगदान गरेको र एक अर्काको असल कार्य र अनुभवले दुबै देशका सहकारीकर्मीहरु लाभान्वित भएको बताउनुभयो । द कोअपरेटिभ क्रेडिट युनियन लिग अफ बंगलादेशका (सीसीयूएलबी) का कोषाध्यक्ष नोरेश चन्द्र विश्वासको नेतृत्वमा २९औं श्रृंखलाको रुपमा नेपाल आएका भ्रमण टोलीमा केन्द्रिय संघका सञ्चालकहरु, बंगलादेशका सहकारी विभागका एडिसनल रजिष्ट्रार, उपरजिष्ट्रार विभिन्न सहकारीका सञ्चालक तथा व्यवस्थापक गरि २० जनाको सहभागिता रहेको थियो ।

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.(नेफस्कून) र द कोअपरेटिभ क्रेडिट युनियन लिग अफ बंगलादेशका (सीसीयूएलबी) बीच विगत १५ वर्षदेखि निरन्तर सद्भावना भ्रमण हुँदै आईरहेको छ । कार्यक्रममा नेफस्कूनका सञ्चालक कमला देवी गिरी तथा संघका वरिष्ठ अधिकृतहरु, पोखरा रोयल सहकारीका संचालक तथा लेखा समिति, विभिन्न उपसिमितिका संयोजक तथा वरिष्ठ कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । 

पोखरा रोयल सहकारीको समग्र गतिविधीको बारेमा संस्थाका व्यवसाय विकास अधिकृत अभिषेक गुरुङ्गले प्रस्तुतिकरण गर्नुभएको कार्यक्रममा सूचना प्रविधि विभागका अधिकृत अविनाश पौडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने सहभागीहरुले सोधेका जिज्ञाशाहरुको जवाफ संस्थाका उपाध्यक्ष चन्द्रप्रसाद गुरुङ्ग, सिईओ भीम बहादुर गुरुङ्ग र संस्थाका वरिष्ठ अधिकारीहरुले दिनुभएको थियो ।

कार्यक्रममा संस्थाका कर्मचारीहरुबाट नेपाली तथा बंगाली भाषाका गीत तथा नृत्यहरु समेत प्रस्तुत गरिएको थियो । पोखरा रोयल सहकारीमा बंगलादेशका सहकारी टोलीले गरेको यो तेस्रो भ्रमण हो भने संस्थामा विभिन्न देश तथा स्वदेशभित्रका ६०० बढी सहकारी संघ संस्थाबाट १० हजार बढी सहकारीकर्मीहरुले अध्ययन अवलोकन भ्रमण गरिसकेको संस्थाका मूख्य प्रवन्धक तथा सूचना अधिकारी मीलन ढकालले बताउनुभयो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप