बंगलादेशको सीसीयूएलबी टोलीद्वारा कास्कीको जनसेवा साकोस भ्रमण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बंगलादेशको सीसीयूएलबी टोलीद्वारा कास्कीको जनसेवा साकोस भ्रमण 

पोखरा । बंगलादेश बचत तथा ऋण केन्द्रीय सहकारी संघ सीसीयूएलबीको नेपाल भ्रमण टोलीलाई पोखरा महानगरपालिका १९, पुरुन्चौरस्थित जनसेवा साकोसले स्वागत गरेको छ । 

जनसेवा साकोसका कार्यबाहक अध्यक्ष बिष्णुप्रसाद अधिकारीको अध्यक्षतामा आयोजित अतिथि सत्कार तथा अन्तरक्रिया कार्यक्रममा सीसीयूएलबीको भ्रमण टोली, साकोसका पुर्व अध्यक्षहरु, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, नेफ्स्कूनका सञ्चालक र कर्मचारी सहित साकोसका कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

वैशाख २३ गते विहान साकोसको सभाहलमा आयोजित कार्यक्रममा साकोसका निवर्तमान अध्यक्ष लिलाधर अधिकारीले स्वागत मन्तब्य राख्न्नु भएको थियो भने व्यवस्थापक प्रेमसागर अधिकारीले संस्थाको संस्थागत प्रस्तुती राख्नु भएको थियो । 

नेफ्स्कूनका सञ्चालक कमलादेवी गिरीले जनसेवा साकोस समुदायमा आधारीत रहेर सदस्यको मनमनमा बस्न सफल भएको र यसले विभिन्न समयमा विभिन्न राष्ट्रिय तथा क्षेत्रीय पुरस्कारहरु साथै नेफ्स्कूनद्वारा प्रवर्द्धित गुणस्तर प्रमाणीकरण कार्यक्रम प्रोवेसन ब्राण्ड समेत प्राप्त गर्न सफल भएको जानकारी गराउनुभएको थियो । साथै सीसीयूएलबी टोलीलाई स्वागत गरेकोमा जनसेवा साकोस परिवारलाई नेफ्स्कूनको तर्फबाट धन्यवाद ब्यक्त गर्नुभएको थियो । कार्यक्रम सञ्चालन संस्थाका सचिव दानबहादुर भुजेलले गर्नु भएको थियो ।

बंगलादेशका सहकारीकर्मीहरुद्वारा जनसेवा साकोसमा तेस्रो अवलोकन भ्रमण भएको जानकारी गराउँदै निवर्तमान अध्यक्ष लिलाधर अधिकारीले दुई देशबिचको सिकाई आदानप्रदानका लागि नेफ्स्कून र सीसीयूएलबी बीचको सद्भाव भ्रमण अत्यन्त महत्वपूर्ण भ्रमणका रुपमा रहको प्रष्ट पार्नुभएको थियो ।  

कार्यक्रममा सीसीयूएलबीका प्रतिनिधिहरु द कोअपरोटिभ क्रेडिट युनियन लिग अफ बंगालादेश ढाका, अहसान कविर, अतिरिक्त रजिस्ट्रार सहकारी विभाग ढाका, अब्दुल आहेव सह रजिस्ट्रार सहकारी कार्यालय लगायतका प्रतिनिधिहरुले धन्यवाद ब्यक्त गर्नुभएको थियो । 

संस्थाका कार्यवाहक अध्यक्ष विष्णुप्रसाद अधिकारीले बंगालादेशका सहकारीकर्मीहरु लगायत नेफ्स्कून परिवार र उपस्थितत सम्पूर्णमा धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा पनी निरन्तर साथ र सहयोगको अपेक्षा सहित यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिवद्धता ब्यक्त गर्नूभएको थियो । 

जनसेवा साकोस कास्की जिल्लाकै पुरानो र समुदायमा आधारीत संस्था हो । साकोसले समुदायमा आधारीत रहेर आफ्ना कार्यक्षेत्र भित्रका सदस्यहरुलाई वित्तिय सेवाहरु प्रदान गदैै आईरहेको छ । पोखरा १९ पुरुन्चौरमा मुख्य कार्यालय रहेको साकोसको पोखरा १ बगरमा सेवा केन्द्र रहेको छ । हाल साकोसमा २ हजार ४ सय ७१ सेयर सदस्य, रु. ४३ करोड ४३ लाख कुल सम्पत्ती, रु.३४ करोड ७० लाख संस्थागत पूँजी र रु. ३२ करोड ५० लाख ऋण लगानी रहेको साकोसका व्यवस्थापक प्रेमसागर अधिकारीले साकोस आवाजलाई जानकारी गराउनुभयो । 


 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप