सहकारीको नियमन तथा मापदण्ड निर्माण सम्बन्धमा प्राधिकरण र सहकारी अभियन्ताहरुबीच छलफल 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीको नियमन तथा मापदण्ड निर्माण सम्बन्धमा प्राधिकरण र सहकारी अभियन्ताहरुबीच छलफल 

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरण, सहकारी विभाग र सहकारी अभियन्ताहरुबीच सहकारीको समसामयिक विषयमा आज विहान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा छलफल भएको छ । प्राधिकरणका अध्यक्ष एवं मन्त्रालयका सचिव केदारनाथ शर्माको संयोजकत्वमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाको लागि जारी गर्न लागिएको नियमन मापदण्डका अन्तरवस्तु एवं अन्य नीतिगत कानूनी व्यवस्थाको विषयमा छलफल भएको हो ।

छलफलका क्रममा महासंघकी अध्यक्ष ओमदेवी मल्ल, नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकाल, सहकारी विभागका रजिष्ट्रार उमेश ढुंगाना, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा, महासंघका महाप्रवन्धक सुरेश थापा, मन्त्रालयका उपसचिव टोलराज उपाध्यायले आ आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । प्राधिकरणका सचिव रविन ढकालले प्राधिकरणमा भएको नीतिगत व्यवस्था, कानूनी आधार लगायतको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । 

छलफलमा सहकारी दर्ता, मापदण्ड कार्यविधि, राष्ट्र बैंकवाट जारी गरिएको निर्देशन तथा मापदण्ड, सहकारी ऐन संशोेधनको लेखाजोखा लगायतका समसामयिक विषयमा छलफल भएको नेफ्स्कूनका अध्यक्ष ढकालले साकोस आवाजलाई जानकारी गराउनुभयो । प्राधिकरणले आगामी जेष्ठ महिनाभित्र बचत तथा ऋणको कारोबार गर्ने सहकारी संघ संस्थाका लागि जारी गर्न गईरहेको मापदण्ड तयारीको प्रक्रियालाई अन्तिम रुप दिन अभियानसँगको गहन छलफल प्रारम्भ भएको बताएको छ ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

९ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१० दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

११ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

२० दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२९ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१० दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

५९ दिन अगाडि

पाठकबाट थप