सहकारी नियमन प्राधिकरणले जेठको पहिलो साताभित्र निर्देशन जारी गर्छ : मन्त्री अधिकारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी नियमन प्राधिकरणले जेठको पहिलो साताभित्र निर्देशन जारी गर्छ : मन्त्री अधिकारी

नेपालगञ्ज । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जेठको पहिलो साताभित्र निर्देशन जारी गर्ने बताउनुभएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) द्वारा बुधबार नेपालगञ्जमा आयोजित प्रदेशस्तरीय साकोस गोष्ठी उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा मन्त्री अधिकारीले जेठको पहिलो साताभित्रै निर्देशन जारी हुने र प्राधिकरणले सहकारी नियमनको काम शुरु गर्ने बताउनुभएको हो । “नेपाल राष्ट्र बैंकले सम्बन्धित मन्त्रालयसँग समन्वय नै नगरी मापदण्ड जारी गर्ने काम गर्यो, त्यो विषयमा मैले राष्ट्र बैंकलाई जानकारी समेत गराईसकेको छु , सहकारीको नियमन राष्ट्र बैंकले होइन राष्ट्रिय सहकारी नियमन प्राधिकरणले गर्ने हो, त्यसमा सहकारीकर्मीहरु कत्तिपनि आत्तिनुपर्दैन ।” उहाँले भन्नुभयो ।

सहकारीभित्रका अनियमितताका विषयलाई नियमनमा ल्याएर विधिसम्मत रुपले सञ्चालन गर्न गराउन अव प्राधिकरण मार्फत काम शुरु हुने उहाँको भनाई  थियो । मन्त्री अधिकारीले सहकारी नियम, विधिको आधारमा चलेनन् र आफ्नै मनोपोली विकास हुँदा अनियमितता बढेको विचार व्यक्त गर्नुभएको थियो । सहकारीलाई विधिसम्मत रुपले सञ्चालन गर्ने भन्नेमा हाम्रो ध्यान छ । सहकारी राम्रा छन्, एकादुई सहकारीले गलत गरेको आधारमा सहकारी गलत छन् भन्ने भाष्य उत्पन्न गरिएको छ, यसको अन्त्य गर्नुपर्छ, त्यसका लागि तपाई हामी जागरुक हुन जरुरी छ । अब हामीले गाउँ गाउँमा सहकारी सफल रुपमा सञ्चालन भईरहेका छन् भन्ने कुराको उदाहरण देखाएर पुष्टि गर्नुपर्ने समय भएको छ, उहाँले भन्नुभयो ।

मन्त्री अधिकारीले सहकारी अध्यादेश ल्याउने क्रममा सामान्य कमजोरी भएको, केही विषयहरु छुटेको कुरा राख्दै अभियानको मर्म बमोजिम अझै पनि सुधार गरेर जान सकिने र आवश्यकता परेमा ऐन नै पनि परिवर्तन गर्न सकिने बताउनुभयो ।

मन्त्री अधिकारीले सहकारी चाहिन्न भन्ने केही व्यक्तिका कारण सबै सहकारीहरु गलत हुन भन्ने भाष्य निर्माण गर्न खोजिएको बताउनुभयो । निम्न बर्गसम्म वित्तीय सेवा पुर्याउन सहकारी बाहेक अर्को विकल्प नरहेको भन्दै सहकारीको विकास, प्रवर्द्धन र संरक्षणमा सरकारसँगै हातेमालो गरेर अगाडि बढ्न अभियानलाई अनुरोध गर्नुभयो । सहकारीलाई राम्रो बनाउने उद्देश्यका साथ सरकार अगाडि बढेको छ, यसमा गलत गर्नेलाई कारबाही र राम्रोलाई प्रोत्साहन गर्ने काम हुन्छ, उहाँले भन्नुभयो । यसकारण सहकारी प्रवर्दनमा सरकार संगै अभियानले पनि हातेमालो गरौं । गलत लाई कार्वाही  र राम्रालाई प्रोत्साहन सरकाले गर्छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप