स्वस्तिक साकोसको रजत जयन्ती : सामाजिक उत्तरदायित्वका कार्यक्रम सार्वजनिक
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्वस्तिक साकोसको रजत जयन्ती : सामाजिक उत्तरदायित्वका कार्यक्रम सार्वजनिक

सर्लाही । इश्वरपुरस्थित स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २५औं वार्षिकोत्सव (रजत जयन्ती) विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ । 

संस्थाको २५ वर्षे यात्राको सफलताको उपलक्ष्यमा आयोजित कार्यक्रममा शिक्षा र स्वास्थ्य क्षेत्रमा केन्द्रित सामाजिक उत्तरदायित्व कार्यक्रम सार्वजनिक गरेको छ । सहकारीले नारायणी एकेडेमीसँग सहकार्य गरी आफ्ना सदस्यका बालबालिकालाई शिक्षा क्षेत्रमा विभिन्न छुट उपलब्ध गराउने जनाएको छ । विद्यालयसँगको सम्झौता अनुसार भर्ना शुल्कमा १०० प्रतिशत, मासिक शुल्कमा २५ प्रतिशत छुट दिइने साथै दलित सेयर सदस्यका १० जना बालबालिकालाई पूर्ण रूपमा मासिक शुल्क मिनाहा गरिने र आदिवासी जनजाति सदस्यका १० जना बालबालिकालाई ५० प्रतिशत छुट दिइने साकोसका व्यवस्थापक विनोद थापाले जानकारी गराउनुभयो । 

त्यसैगरि साकोसले स्वास्थ्य सेवाको पहुँच सरल बनाउने उद्देश्यले शुभ प्रिया हेल्थ केयरसँगको सहकार्यमा ओपिडी शुल्कमा ५० प्रतिशत, ल्याब परीक्षणमा ३० प्रतिशत, बेड शुल्कमा १० प्रतिशत र औषधिमा १० प्रतिशत छुट दिने व्यवस्था गरेको जनाएको छ ।

कार्यक्रममा संस्थापक अध्यक्ष बेनी बहादुर कार्कीलाई र संस्थापक उपाध्यक्ष स्व. चेतनाथ मैनालीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

साकोसका संस्थापक अध्यक्ष कार्कीले थोरै सदस्यबाट सुरु गरिएको संस्थाले हाल ३ हजार ६०० भन्दा बढी सेयर सदस्यमा वित्तीय सेवा पुर्याउन सफल भएको बताउनुभएको थियो । 

कार्यक्रममा नारायणी एकेडेमीका संचालक दुर्गानन्द झा र शुभ प्रिया हेल्थ केयरका संचालक डा. अशोक कुमार सर्राफ तथा डा. शुभ प्रिया साहलाई पनि कदरपत्र प्रदान गरिएको थियो । 

मधेस प्रदेशका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहको अध्यक्षता संस्थाका अध्यक्ष विष्णुहरि मैनालीले गर्नुभएको थियो । कार्यक्रममा सहकारीका पदाधिकारी, पत्रकार, सेयर सदस्य लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१९ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप