पाँच बुँदे साझा प्रतिबद्धता पत्र कार्यान्वयनमा सहमती सहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशस्तरीय साकोस गोष्ठी सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पाँच बुँदे साझा प्रतिबद्धता पत्र कार्यान्वयनमा सहमती सहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशस्तरीय साकोस गोष्ठी सम्पन्न

बाँके । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उत्साहपूर्ण सहभागिताकाबीच  प्रदेशस्तरीय साकोस गोष्ठी आज नेपालगञ्जमा भव्य रुपमा सम्पन्न भएको छ । गोष्ठीले पाँच बुँदे साझा प्रतिबद्धता पत्र कार्यान्वयनमा सहमती जनाएको छ । 

नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा आयोजित गोष्ठीको उद्घाटन प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गर्नुभएको थियो ।  

“सञ्जाल सबलीकरणका लागि एकता र सहकार्य”  विषयवस्तुको मुख्य थिम सहित आयोजना भएको गोष्ठीले सहकारीहरुबीच सुदृढ सञ्जाल निर्माण गरि साझा समस्याहरुको समाधानका विषयवस्तु सहित पाँच बुँदे साझा प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो । तीनवटै प्रदेशका सहकारी संघ/संस्थाहरुका सञ्चालक समिति एवम् व्यवस्थापनको प्रतिनिधित्व सहित जारी गरिएको पत्रिवद्धता पत्र संघका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी वाचन गरेर सुनाउनुभएको थियो । प्रतिबद्धता पत्र कार्यान्वयनमा सहमति जनाउँदै तीनवटै प्रदेशका २ सय ४१ जना प्रतिनिधिहरुले गडगडाहट ताली मार्फत अभियान र जारी प्रत्रिवद्धता पत्र कार्यान्वयनमा ऐक्यबद्धता जनाउनुभएको थियो । 

प्रतिबद्धता पत्र 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कून) ले मिति २०८२ वैशाख ३१ गते संघमा आवद्ध हामी तिनै प्रदेशका २४१ जना संघ/संस्थाहरुका सञ्चालक समिति एवम् व्यवस्थापनको प्रतिनिधित्वमा नेपालगञ्जमा अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को वृहत लक्ष्य अनुरुप आयोजित बचत तथा ऋण सहकारी संघ/संस्थामा सुशासन प्रवर्द्धन, नियामकीय सन्दर्भ र अभियानको आगामी मार्गचित्रका विषयमा विषयविज्ञहरुद्वारा प्रस्तुत भएका कार्यपत्रहरु, विज्ञहरुबाट टिप्पणी र सहभागीहरु बीच साझा बुझाई निर्माण गरी गोष्ठीका हामी सहभागीहरु हाम्रो आफ्नो संघ/संस्थामा लागू गर्ने र अभियानमा एकाकार भई प्रस्तुत विषयहरुमा सहमत भई यो प्रतिवद्धता पत्र २०८२ लागू गर्न प्रतिबद्ध भएका छौ।

१) हामी हाम्रो संघ/संस्थाले अभियान मार्फत मार्गदर्शन गरिएका चरणवद्ध रणनीतिहरुलाई प्राप्त उपलब्धीहरुका आधारमा आगामी दिनहरुमा पनि अनुशरण गर्दै अघिबढ्न प्रतिवद्ध छौं ।

२) हामी हाम्रो संघ/संस्थाहरु भित्र आन्तरिक नियन्त्रण प्रणालीलाई सशक्त बनाउन जोखिम सुपरिवेक्षण गराई लेखा सुपरिवेक्षण समितिको भूमिकालाई सुपरिवेक्षकको रुपमा, आन्तरिक नियन्त्रकको रुपमा, आन्तरिक लेखा परीक्षण गर्ने गराउने अङ्गको रुपमा एबम् संगठनको समग्र मार्गदर्शकको रुपमा खेलेको भूमिकालाई अझ प्रभावकारी बनाई संस्थागत सुशासन कायम राख्न प्रतिबद्ध छौ।
३) हामी संघ/संस्थामा नेपालको बचत तथा ऋण सहकारीको प्रवर्द्धन, विकास व्यावसायिकीकरण, गुणस्तर विकास र सञ्जाल व्यवस्थापनको हरेक चरणहरुमा सहभागिता जनाउने र संघ मार्फत स्थानीय तह देखि संघीय तह सम्म साकोसमैत्री कानून निर्माण तथा परिपालनाको पहलकदमीमा ऐक्यवद्ध छौं ।

४) हामी हाम्रो संघ/संस्थाहरुको वित्तीय, सदस्यता, आन्तरिक सञ्चालन र सिकाइ एवम् वृद्धिका विषयमा अभियानले विकास गरेको स्तरीकरणका कार्यक्रमहरु मार्फत साझा सञ्जालमा आवद्धभई अद्यावधिक गराउन प्रतिबद्ध छौ।

५) हामी साकोस अभियन्ताहरु सहकारी ऐन बमोजिम गठित राष्ट्रिय सहकारी नियमन प्राधिकरण, सहकारी विभाग, तहगत सरोकारवालाहरु, अन्तर्गत रही सहकारी मुल्य, मान्यता र सहकारी सिद्धान्तहरु अंगिकार गर्दै समाज परिवर्तनमा भएका क्रियाकलापहरुको निरन्तरताका लागि संघ मार्फत आफ्नो भूमिका निर्वाह गर्न प्रतिवद्ध छौं ।

सदस्यहरु माझ एउटा दरिलो जनविश्वास र वित्तीय सुरक्षाको प्रत्याभूतिका लागि आर्थिक, सामाजिक र सांस्कृतिक उत्थानमा उल्लेखनीय योगदान पुर्याउने वचत तथा ऋण सहकारी संघ/संस्थाहरुको तर्फबाट हामी सम्पूर्ण सहभागीहरु माथि उल्लेखित बूँदाहरुलाई सामुहिकरुपमा लागू गर्न गराउन प्रतिबद्ध छौ ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१९ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप