प्राधिकरणद्वारा जारी गरिने निर्देशन तथा मापदण्डका लागि सुझाव पेश गर्न नेफ्स्कून र प्रोस्कूनबीच छलफल 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्राधिकरणद्वारा जारी गरिने निर्देशन तथा मापदण्डका लागि सुझाव पेश गर्न नेफ्स्कून र प्रोस्कूनबीच छलफल 

काठमाडौं । परिवर्तित नियामकीय वातावरण र राष्ट्रिय सहकारी नियमन प्राधिकरणलाई सुझाव प्रदान गर्ने सन्दर्भमा नेफ्स्कून र प्रदेश बचत संघका प्रतिनिधिहरुबीच छलफल भएको छ । नेफ्स्कूनको केन्द्रीय कार्यालयमा आज आयोजित छलफल कार्यक्रम प्राधिकरणद्वारा बचत तथा ऋणको कारोबार गर्ने संघ संस्थाहरुका लागि जारी गर्न लागिएको निर्देशन तथा मापदण्डमा सुझाव प्रदान गर्ने विषयमा केन्द्रित थियो ।  

छलफलमा संघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटा, लुम्बिनी प्रोस्कूनका अध्यक्ष कृष्ण नेपाल, सुदूरपश्चिम प्रोस्कूनका अध्यक्ष माधव जोशी, बागमती प्रोस्कूनका महासचिव गोविन्द प्रसाद काफ्ले, सचिव ठाकुर प्रसाद बाँस्कोटा, गुल्मी जिल्ला बचत संघका अध्यक्ष श्याम कुमार पाण्डे, नेफ्स्कूनका निमित्त प्रमुख कार्यकारी अधिकृत गणेश प्रसाद तिमिल्सीना, बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद दाहाल, संघका प्राचार्य बल्लभ तिमिल्सीना लगायतको उपस्थिति रहेको थियो ।  

संघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेफ्स्कूनले भर्खरै मात्र पाँच वटा प्रदेशको प्रतिनिधित्व सहित ३ वटा प्रदेशमा प्रदेशस्तरीय साकोस गोष्ठी आयोजना गरेर अभियानको धारणा समेत एकठ्ठा गरेकोले प्राधिकरणलाई सुझाव प्रदान गर्न ठोस आधार तयार भएको बताउनुभयो । उहाँले प्राधिकरणले बचत तथा ऋणको कारोबार गर्ने संघ संस्था सञ्चालनमा देखिएका कानुनी असहजताहरुका बीचमा सहजता कायम गर्ने गरि निर्देशन तथा मापदण्ड जारी गर्ने विषयमा अभियान विश्वस्त रहेको धारणा स्पष्ट पार्नुभयो । 

प्राधिकरणले बचत तथा ऋणको कारोबार गर्ने संघ संस्थाहरुका लागि निर्देशन तथा मापदण्ड जारी गर्ने तयारी गरिरहेको सन्दर्भमा नेफ्स्कून र प्रोस्कूनको प्रतिनिधि टोलीले संस्था दर्ता मापदण्ड, तलरता गणना लगायत नियमन मापदण्डका अन्तरवस्तु एवं अन्य नीतिगत कानूनी व्यवस्थाको विषयमा ठोस निश्कर्ष सहित आधिकारिक धारणा पेश गर्ने तयारी गरको प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाले जानकारी गराउनुभयो । 

लुम्बिनी र सुदूरपश्चिम प्रोस्कूनका अध्यक्ष कृष्ण नेपाल र माधाव प्रसाद जोशीले पछिल्लो समय सहकारी संघसंस्थाको व्यवस्थापन, सदस्यको सेवा प्रवाह तथा वित्तीय परिचालनमा समस्या आएको विषयलाई जोड्दै प्राधिकरणको निर्देशन समग्र समस्या समाधानको प्रमुख केन्द्र भएर आउनुपर्नेमा जोड दिनुभएको थियो । बागमती प्रोस्कूनका अध्यक्ष सापकोटाले आजै प्राधिकरणका अध्यक्ष केदारनाथ शर्मालाई निर्देशन तथा मापदण्ड तयारीका लागि अभियानको तर्फबाट सुझाव पेश गर्न लागिएको बताउनुभयो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२४ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप