सिवाईसीद्वारा विद्यार्थी, शिक्षक, अभिभावक सबैलाई वित्तीय शिक्षाः “सबै जुटौं, सदस्य भेटौं” अभियान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिवाईसीद्वारा  विद्यार्थी, शिक्षक, अभिभावक सबैलाई वित्तीय शिक्षाः “सबै जुटौं, सदस्य भेटौं” अभियान

बागलुङ । “सबै जुटौं, सदस्य भेटौं” भन्ने नाराका साथ २१ दिने अभियान सञ्चालन गरेको सिवाईसी साकोसले विद्यार्थी, शिक्षक, अभिभावक सबैलाई वित्तीय शिक्षा प्रदान गरेको छ । २१ दिने अभियानको १७ औं दिनमा विहिबार सिवाईसी साकोसले  शिक्षकसँग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । बौडेचौर माध्यामिक विद्यालय, सिगानामा कार्यरत शिक्षकहरुको उपस्थितिका बीच सिवाईसी साकोसका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले साकोसका गतिविधि र सिवाईसी साकोसमा सदस्य किन बन्ने विषयमा जानकारी गराउनु भएको थियो । 

त्यसैगरि साकोसले विहिबार नै बौडेचौर माध्यामिक विद्यालयका विद्यार्थी तथा अभिभावक लक्षित वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गरेको थियो ।   

सिवाईसीले यस अभियानको पहिलो प्राथामिकतामा विद्यालयहरुलाई राखेको बताउदै अध्यक्ष पौडेलले सबैजना वित्तीय रुपमा सक्षम हुनका लागि विद्यालय स्तरबाटै विद्यार्थीहरुमा चेतना विकास गर्नुपर्ने बताउनु भयो । साकोसले थालनी गरेको अभियान अन्तर्गत कार्यक्षेत्र भित्रका २ हजार विद्यार्थी तथा शिक्षकहरुलाई वित्तीय साक्षरता प्रदान गर्ने कार्यक्रम रहेको उहाँको भनाई थियो ।
कार्यक्रमका प्रमुख अतिथि बागलुङ नगरपालिका वडा नं. ८ का अध्यक्ष छमबहादुर खड्काले सहकारी संस्था समुदायको आर्थिक समृद्धिका लागि महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै यस्तो अभियानले आर्थिक साक्षरता अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको अध्यक्ष पौडेलले जानकारी गराउनुभयो ।  

कार्यक्रममा विद्यार्थी तथा अभिभावकहरूलाई वित्तीय ज्ञान, बचतको महत्व, लगानीका आधारभूत पक्ष, वित्तीय लक्ष्य निर्धारण, पारिवारीक बजेट र व्यक्तिगत वित्तीय योजना बनाउने तरिकाबारे संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले प्रशिक्षण गर्नुभएको थियो । कार्यक्रममा अध्यक्ष पौडेलले सहकारीको भूमिका केवल आर्थिक कारोबारमा सीमित नभई समुदायको समग्र समृद्धिमा महत्वपूर्ण हुने बताउनु भयो विद्यार्थी अवस्थामा नै वित्तीय साक्षरता आवश्यक रहेको र यस्तो अभ्यासले दीर्घकालीन आर्थिक सुरक्षा सुनिश्चित गर्न सक्ने पौडेलको भनाई थियो ।

कार्यक्रममा सिवाईसी साकोसका सञ्चालक गोपाल कुमार शर्माले विद्यार्थीहरुको दिगो भविष्यका लागि विद्यालय, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक सम्वन्ध हुुनुपर्ने बताउनु भयो । 

कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, संस्थाका पदाधिकारी, कर्मचारी तथा स्थानीयबासीको उपस्थिति रहेको थियो । सहभागीहरूले यस्ता कार्यक्रमले वित्तीय अनुशासन र व्यवहारमा सकारात्मक प्रभाव पार्ने बताएका थिए ।

कार्यक्रमका क्रममा २७ जना नयाँ शेयर सदस्यहरुलाई संस्थामा स्वागत गरिएको छ । सोही अवसरमा संस्थाले विद्यालयका कक्षा ८, ९ र १० का विद्यार्थीहरु समेटी प्रगतीशिल सिवाईसी थ्री जिरो क्लव र सिर्जनशिल सिवाईसी थ्री जिरो क्लव गठन गरिएको छ । क्लवको संयोजकमा क्रमशः सुनील काउचा र प्रमिसा क्षेत्री तथा सचिवमा झरना काउचा र अविशेक नेपाली रहेका छन् । 

चारतारे युवा क्लव, सिवाईसी नेपाल, सिवाईसी साकोस, विद्यालय र वडा कार्यालयको संयुक्त पहलमा वौडेचौर माध्यामिक विद्यालयमा गुणस्तरीय शिक्षा, सिकाई उपलब्धी कार्यक्रम, विद्यार्थीहरुलाई आय आर्जनसँग जोड्ने लगाएतका एकिकृत कार्यक्रमहरु सञ्चालन गर्ने सहमति भएको छ । 

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वेदवहादुर क्षेत्रीको अध्यक्षता सिवाईसी साकोस कल्याणकारी सदस्य सेवाकेन्द्रका संयोजक लक्ष्मण खड्का र विद्यालयका शिक्षक रुद्र जोशिको सञ्चालनमा सम्पन्न भएको थियो ।

साकोसले सदस्य सेवा केन्द्र, बेनी म्याग्दीको आयोजनामा सोमबार बेनी सामुदायिक माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत करिब १०० जना विद्यार्थीहरूको सक्रिय सहभागिताबा बीच विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम समेत सम्पन्न गरेको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

८ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

८ घण्टा अगाडि

पाठकबाट थप