'कानून सम्मत सञ्चालित संघसँग नियमित कारोबार ढुक्कले गर्नुस् '
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'कानून सम्मत सञ्चालित संघसँग नियमित कारोबार ढुक्कले गर्नुस् '

पोखरा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का कानुनी सल्लाहकार एवं अधिवक्ता शिव कुमार अधिकारीले संघले आफ्ना सम्पूर्ण गतिविधिहरु कानून सम्मत गरिरहेको र संघहरुप्रति उठेका बाह्य हल्लाको पछि लाग्नु नपर्ने बताउनुभएको छ । पोखरामा आयोजित बार्षिक कार्ययोजना तथा बजेट निर्माण तालिमको समापनका अवसरमा बोल्दै अधिवक्ता अधिकारीले संघ सहकारी ऐन बमोजिम सञ्चालन भएकोले संघले गरेका बचत र ऋणको कारोवार कानून सम्मत रहेको बताउनुभएको हो । तालिमका सहभागीहरुबाट उठेका जिज्ञासाहरुको सम्बोधन गर्दै अधिवक्ता अधिकारीले विभिन्न समाचार तथा सामाजिक सञ्जालहरुमा भेटिने सूचनाहरुको पछि नलागि संघको नियमित क्रियाकलापमा ढुक्कसँग लाग्न सकिने विषयमा सहकारीकर्मीहरुलाई सचेतना प्रदान गर्नुभएको थियो । उहाँले सहकारीकर्मीहरुलाई सुरक्षित ऋण लगानीमा ध्यान दिनुपर्ने विषयहरुबारे जानकारी गराउँदै सहकारीको नीति तथा कार्यविधि निर्माण गरी सो अनुरुप ऋण लगानी गर्नुपर्ने, सुशासन कायम गर्नुपर्ने, पारदर्शिता, सहभागिता र उत्तरदायित्वमा आधारित योजना तथा बजेट प्रणाली विकास गर्नुपर्ने विषयमा जोड दिनुभएको थियो । 

जेठ ७ र ८ गते पोखराको दिप सागर होटलमा आयोजित दुई दिवसीय बार्षिक कार्ययोजना तथा बजेट निर्माण तालिमको अध्यक्षता नेफ्स्कूनकी सञ्चालक एवं पोखरा सदस्य सेवा कार्यालय व्यवस्थापन उप समितिकी संयोजक कमला देवी गिरीले गर्नुभएको थियो । कार्यक्रममा पोखरा सदस्य सेवा कार्यालय व्यवस्थापन उप समितिका सदस्यहरु रुद्र प्रसाद पौडेल, टिकाराम आचार्य, भिमप्रसाद गौतम र इन्द्र बहादुर थापा को पनि उपस्थिति थियो । तालिममा जिल्लाका विभिन्न २६ बचत तथा ऋण सहकारी संस्थाहरुबाट सञ्चालक समिति/प्रतिनिधि र प्रमुख कार्यकारी अधिकृत/व्यवस्थापक/कर्मचारीहरु गरी जम्मा ३४ जनाको उपस्थिति रहेको थियो ।

नेफ्स्कूनकी सञ्चालक गिरीले सहकारी सञ्चालनलाई सफल र दिगो बनाउन वार्षिक कार्ययोजना तथा बजेट निर्माण तालिमको अपरिहार्यता माथि प्रकाश पार्नुभएको थियो । संघले सहकारीहरुका लागि समयसान्दर्भिक तालिमको आयोजना गरेर सहकारी सञ्चालनलाई योजनाबद्ध, पारदर्शी र प्रभावकारी बनाउने भूमिकामा महत्वपूर्ण योगदान गरेको बताउनुभयो । उहाँले वार्षिक योजना र बजेटमार्फत सहकारीले आफ्ना उद्देश्यहरु पुरा गर्न कार्यक्रम कार्यान्वयन तथा स्रोतको व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो । 

समापनका अवसरमा तालिमका सहभागीहरुले तालिमले वार्षिक कार्ययोजना र बजेट निर्माण प्रक्रियाबारे व्यवहारिक ज्ञान प्रदान गरेकोमा खुसी व्यक्त गर्नुभएको थियो । उहाँहरुले अनुमानकै भरमा बजेट बनाउने र काम गर्ने परम्परागत शैलीमा तालिमले परिवर्तन गरि योजनाबद्ध, प्राथमिकताका आधारमा र सदस्यहरुको सहभागितामा बजेट निर्माण गर्नुपर्छ भन्ने विषयमा ज्ञान दिएको बताउँदै तालिमबाट प्राप्त ज्ञान सीप कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत श्यामराजा तिमिल्सीनाले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन पोखरा सदस्य सेवा कार्यालय प्रमुख सुरज चालिसेले र स्वागत मन्तव्य सदस्य सेवा कार्यालय व्यवस्थापन उप समिति सदस्य रुद्रनाथ पौडेलले गर्नुभएको थियोे । 


भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

९ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

११ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

११ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१९ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३६ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

पाठकबाट थप