'कानून सम्मत सञ्चालित संघसँग नियमित कारोबार ढुक्कले गर्नुस् '
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'कानून सम्मत सञ्चालित संघसँग नियमित कारोबार ढुक्कले गर्नुस् '

पोखरा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का कानुनी सल्लाहकार एवं अधिवक्ता शिव कुमार अधिकारीले संघले आफ्ना सम्पूर्ण गतिविधिहरु कानून सम्मत गरिरहेको र संघहरुप्रति उठेका बाह्य हल्लाको पछि लाग्नु नपर्ने बताउनुभएको छ । पोखरामा आयोजित बार्षिक कार्ययोजना तथा बजेट निर्माण तालिमको समापनका अवसरमा बोल्दै अधिवक्ता अधिकारीले संघ सहकारी ऐन बमोजिम सञ्चालन भएकोले संघले गरेका बचत र ऋणको कारोवार कानून सम्मत रहेको बताउनुभएको हो । तालिमका सहभागीहरुबाट उठेका जिज्ञासाहरुको सम्बोधन गर्दै अधिवक्ता अधिकारीले विभिन्न समाचार तथा सामाजिक सञ्जालहरुमा भेटिने सूचनाहरुको पछि नलागि संघको नियमित क्रियाकलापमा ढुक्कसँग लाग्न सकिने विषयमा सहकारीकर्मीहरुलाई सचेतना प्रदान गर्नुभएको थियो । उहाँले सहकारीकर्मीहरुलाई सुरक्षित ऋण लगानीमा ध्यान दिनुपर्ने विषयहरुबारे जानकारी गराउँदै सहकारीको नीति तथा कार्यविधि निर्माण गरी सो अनुरुप ऋण लगानी गर्नुपर्ने, सुशासन कायम गर्नुपर्ने, पारदर्शिता, सहभागिता र उत्तरदायित्वमा आधारित योजना तथा बजेट प्रणाली विकास गर्नुपर्ने विषयमा जोड दिनुभएको थियो । 

जेठ ७ र ८ गते पोखराको दिप सागर होटलमा आयोजित दुई दिवसीय बार्षिक कार्ययोजना तथा बजेट निर्माण तालिमको अध्यक्षता नेफ्स्कूनकी सञ्चालक एवं पोखरा सदस्य सेवा कार्यालय व्यवस्थापन उप समितिकी संयोजक कमला देवी गिरीले गर्नुभएको थियो । कार्यक्रममा पोखरा सदस्य सेवा कार्यालय व्यवस्थापन उप समितिका सदस्यहरु रुद्र प्रसाद पौडेल, टिकाराम आचार्य, भिमप्रसाद गौतम र इन्द्र बहादुर थापा को पनि उपस्थिति थियो । तालिममा जिल्लाका विभिन्न २६ बचत तथा ऋण सहकारी संस्थाहरुबाट सञ्चालक समिति/प्रतिनिधि र प्रमुख कार्यकारी अधिकृत/व्यवस्थापक/कर्मचारीहरु गरी जम्मा ३४ जनाको उपस्थिति रहेको थियो ।

नेफ्स्कूनकी सञ्चालक गिरीले सहकारी सञ्चालनलाई सफल र दिगो बनाउन वार्षिक कार्ययोजना तथा बजेट निर्माण तालिमको अपरिहार्यता माथि प्रकाश पार्नुभएको थियो । संघले सहकारीहरुका लागि समयसान्दर्भिक तालिमको आयोजना गरेर सहकारी सञ्चालनलाई योजनाबद्ध, पारदर्शी र प्रभावकारी बनाउने भूमिकामा महत्वपूर्ण योगदान गरेको बताउनुभयो । उहाँले वार्षिक योजना र बजेटमार्फत सहकारीले आफ्ना उद्देश्यहरु पुरा गर्न कार्यक्रम कार्यान्वयन तथा स्रोतको व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो । 

समापनका अवसरमा तालिमका सहभागीहरुले तालिमले वार्षिक कार्ययोजना र बजेट निर्माण प्रक्रियाबारे व्यवहारिक ज्ञान प्रदान गरेकोमा खुसी व्यक्त गर्नुभएको थियो । उहाँहरुले अनुमानकै भरमा बजेट बनाउने र काम गर्ने परम्परागत शैलीमा तालिमले परिवर्तन गरि योजनाबद्ध, प्राथमिकताका आधारमा र सदस्यहरुको सहभागितामा बजेट निर्माण गर्नुपर्छ भन्ने विषयमा ज्ञान दिएको बताउँदै तालिमबाट प्राप्त ज्ञान सीप कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत श्यामराजा तिमिल्सीनाले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन पोखरा सदस्य सेवा कार्यालय प्रमुख सुरज चालिसेले र स्वागत मन्तव्य सदस्य सेवा कार्यालय व्यवस्थापन उप समिति सदस्य रुद्रनाथ पौडेलले गर्नुभएको थियोे । 

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२३ घण्टा अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

२४ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२३ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

४ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन
किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

७ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ दिन अगाडि

पाठकबाट थप